Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • अमलेखगञ्ज डिपोमा डिजेलको आयात घट्यो
अमलेखगञ्ज डिपोमा डिजेलको आयात घट्यो
Terai Report
Terai Report मंगलबार, साउन १२, २०८३

बारा । नेपाल आयल निगमको मधेश प्रदेश प्रादेशिक डिपो अमलेखगञ्जमा डिजेलको आयातमा कमी आएको छ । आर्थिक वर्ष २०८२/८३ मा अमलेखगञ्ज डिपोको डिजेल आयात अघिल्लो आर्थिक वर्षको तुलनामा ४ करोड ३४ लाख २२ हजार लिटरले घटेको हो । 

मधेश प्रदेश प्रादेशिक डिपो अमलेखगञ्जका प्रमुख अशोककुमार साहका अनुसार आर्थिक वर्ष २०८२/८३ मा ११ लाख ९ हजार ७ सय ९२ किलोलिटर डिजेल आयात भएको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा डिजेलको आयात ११ लाख ५३ हजार २ सय १४ किलोलिटर थियो ।

अघिल्लो वर्षको तुलनामा पेट्रोलको आयात भने बढेको साहले बताए । उनका अनुसार आर्थिक वर्ष २०८२/८३ मा अमलेखगञ्ज डिपोमा ४ लाख ७५ हजार ३ सय ४२ किलोलिटर पेट्रोल आयात भएको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा २ लाख ७७ हजार ३८१ किलोलिटर पेट्रोल आयात भएको थियो । 

गत आर्थिक वर्षमा अमलेखगञ्ज डिपोबाट स्टक ट्रान्सफर समेत सुरु भएकाले पेट्रोलको आयात बढेको डिपो प्रमूख साहले बताए । ‘गत आर्थिक वर्षबाट अमलेखगञ्ज डिपोले पेट्रोलको स्टक ट्रान्सफर पनि सुरु गरेकाले आयात अघिल्लो वर्षभन्दा झन्डै दोब्बर देखिएको हो,’ साहले भने । 

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पायपलाइनबाट पेट्रोल आयात हुनुअघि निगमका अन्य डिपोले छुट्टै आयात गर्ने गरेकोमा २०८१ चैतबाट पेट्रोल पनि पाइपलाइनबाटै आउन सुरु गरेपछि अमलेखगञ्जमा भण्डारण गरी निगमका अन्य डिपोमा यहाँबाटै वितरण हुने गरेको छ ।

आर्थिक वर्ष २०८२/८३ मा मट्टीतेलको आयात पनि घटेको छ । ६ हजार ५ सय ९० किलो लिटर मटितेल यस वर्ष आयात भएको देखिन्छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा मट्टीतेलको आयात ७ हजार ५ सय किलोलिटर थियो । अनलाइनखबर 


प्रकाशित मिति: मंगलबार, साउन १२, २०८३  १६:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
काङ्ग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
काङ्ग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन मंगलबार, साउन १२, २०८३
सर्वोच्च अदालतको आदेश : ‘हात्तीहरूको दर्ता र अभिलेख राख्नू’
सर्वोच्च अदालतको आदेश : ‘हात्तीहरूको दर्ता र अभिलेख राख्नू’ सोमबार, साउन ११, २०८३
सुनसरीमा प्रहरीको गोली लागेर एकको मृत्यु, पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु
सुनसरीमा प्रहरीको गोली लागेर एकको मृत्यु, पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु सोमबार, साउन ११, २०८३
पर्सामा आँपको बगैचाबाट १४० किलो गाँजा बरामद
पर्सामा आँपको बगैचाबाट १४० किलो गाँजा बरामद आइतबार, साउन १०, २०८३
अनलाइनबाटै भयो दुई सय कर्मचारीको सरुवा
अनलाइनबाटै भयो दुई सय कर्मचारीको सरुवा आइतबार, साउन १०, २०८३
मधेशका १० पालिकामा नमुना एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने : मन्त्री चौधरी
मधेशका १० पालिकामा नमुना एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने : मन्त्री चौधरी शनिबार, साउन ९, २०८३
Add Add
लोकप्रीय
  • Week
  • Month
वडाध्यक्ष पटेल पक्राउ
वडाध्यक्ष पटेल पक्राउ
पेपर लिकविरुद्ध थप कडा कदम चाल्ने मोदीको घोषणा (भिडियो सहित)
पेपर लिकविरुद्ध थप कडा कदम चाल्ने मोदीको घोषणा (भिडियो सहित)
अर्बौंका आयोजनामा हुँदैन तेस्रो पक्षको परीक्षण
अर्बौंका आयोजनामा हुँदैन तेस्रो पक्षको परीक्षण
तीन दिदीबहिनीले गरे एउटै युवकसँग गरे विवाह
तीन दिदीबहिनीले गरे एउटै युवकसँग गरे विवाह
शिक्षा र स्वास्थ्यमा ३ प्रतिशत समता शुल्क तत्काल लागू नहुने
शिक्षा र स्वास्थ्यमा ३ प्रतिशत समता शुल्क तत्काल लागू नहुने
४ महिना पुरानो भिडियोलाई सम्पादन गरी कार्यालयलाई बदनाम गरियो : यातायात कार्यालय कलैया
४ महिना पुरानो भिडियोलाई सम्पादन गरी कार्यालयलाई बदनाम गरियो : यातायात कार्यालय कलैया
पूर्वमुख्यमन्त्रीको पहलमा जयपुरबाट ल्याइयो मन्दिरका लागि मूर्ति
पूर्वमुख्यमन्त्रीको पहलमा जयपुरबाट ल्याइयो मन्दिरका लागि मूर्ति
भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता
भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता
शान्तिश्री परियारको स्वरमा तीज गीत ‘केटी पार्टी’ सार्वजनिक
शान्तिश्री परियारको स्वरमा तीज गीत ‘केटी पार्टी’ सार्वजनिक
गोदाममा मल, खेतमा हाहाकार
गोदाममा मल, खेतमा हाहाकार
24 24
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्