जनकपुरधाम । मधेश प्रदेशको जलस्रोत व्यवस्थापन तथा जलवायु अनुकूलनका विषयमा प्रदेश नीति तथा योजना आयोग र संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी)बीच छलफल भएको छ । मंगलबार जनकपुरधामस्थित प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष राजकुमार सिंहको उपस्थितिमा यूएनडीपीका साझेदारी तथा सञ्चार विश्लेषक तामोई फुजीलगायतको टोलीको सहभागितामा उक्त छलफल गरिएको हो ।
छलफलमा मधेश प्रदेशका प्रमुख जलस्रोत, जल क्षेत्रको रणनीतिक व्यवस्थापन, जलस्रोतको नक्साङ्कन, सिँचाइ तथा पानीको अभाव, खडेरीजन्य समस्या, कृषि उत्पादकत्वका पछिल्ला प्रवृत्ति र यस क्षेत्रमा देखिएका प्रमुख चुनौतीका विषयमा छलफल भएको आयोगका उपाध्यक्ष सिंहले बताउनुभयो । उहाँले मधेशको चुनौती, समस्या र आवश्यकतालाय पहिचान गरी साझेदार संस्थाहरुसँगको समन्वयमा आगामी कार्य गरिने बताउनुभयो ।
उहाँले बन्नुभयो,“हामीसँग तथ्यांको कमी छ, योजना बनाउनका लागि सहि तथ्यांकको आश्यकता पर्दछ त्यसकारण तथ्यांकका लागि मन्त्रलायलाई पत्र समेत पठाइएको छ र आजै उर्जा, सिँचाइ, तथा खानपानी र भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयसँग छलफल गरी आगामी कार्य योजना तयार पारिने छ ।
विगतका दिनमा साझेदार संस्थाहरुले आफैले कार्यक्रा सञ्चालन गर्दै आइरहेका थिए । तर, अब प्रदेशसँगको समन्वयमा आवश्यकता अनुसारको कार्ययोजनातयार पारी डिपीआर तयार पारिने उपाध्याक्ष सिंहले बताउनुभयो ।
त्यसैगरी जलवायु अनुकूल प्रविधिको प्रयोग तथा सङ्घीय सरकार, विश्व बैंक, एसियाली विकास बैंक, यूएनडीपीलगायत द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदारबाट सञ्चालित र वित्तपोषित प्रमुख परियोजनाका विषयमा समेत छलफल गरिएको थियो ।
मधेश प्रदेशमा जलस्रोतको दिगो तथा प्रभावकारी व्यवस्थापन, जलवायु परिवर्तनका प्रतिकूल प्रभावको न्यूनीकरण र कृषि क्षेत्रको उत्पादकत्व अभिवृद्धिका लागि आवश्यक नीति, योजना तथा लगानीका प्राथमिकता निर्धारण गर्न छलफल उपयोगी हुने अपेक्षा गरिएको छ ।