पाख्रीबास, (धनकुटा) । जिल्ला प्रशासन कार्यालय धनकुटाले जिल्लामा रहेका सुरक्षा निकायहरूलाई विपद् व्यवस्थापन सामग्री वितरण गरेको छ । प्रशासनले जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल नेपाल नं. ६ हेडक्वटार छिन्ताङ र श्री भीमदल गण सल्लेरी व्यारेक धनकुटालाई विपद् व्यवस्थान सामाग्री वितरण गरेको हो ।
धनकुटाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले तीन वटै सुरक्षा निकायका प्रमुखहरूलाई विपद् व्यवस्थान सामग्री हस्तान्तरण गर्नुभएको थियो । उहाँले जिल्ला प्रहरी कार्यालयलाई रूख काटने मेसिन (चेन–स) एक थान, फायर इस्टिनगुसर चार थान, क्लाम्बीड रोप (डाइनामिक) दुई सय मिटर, क्याराविनर दुई थान र रिङ लाईफ बोयज दुई थान हस्तान्तरण गर्नुभएको हो ।
यसैगरी सशस्त्र प्रहरीलाई लाईफ ज्याकेट चार थान, रूख काटने मेसिन एक थान, फायर इस्टिनगुसर पाँच थान, क्लाइम्बिङ्ग रोप (स्टाटीक) तीन सय मिटर, क्याराविनर दुई थान र रिङ लाईफ बोयज तीन थान हस्तान्तरण गरियो ।
यस्तै, भीमदल गणलाई रूख काटने मेसिन एक थान, फायर इस्टिनगुसर दुई थान, क्लाइम्बिङ्ग रोप (स्टाटीक) तीन सय मिटर, क्याराविनर दुई थान र रिङ लाईफ बोयज एक थान हस्तान्तरण गरिएको थियो । तीन वटै सुरक्षा निकायलाई जम्मा क्याराविन छ थान, फायर अग्नि नियन्त्रक यन्त्र सोह्र थान, लाईफ ज्याकेट चार थान, डाईनामिक डोरी छ सय मिटर, स्ट्याटिक डोरी चार सय मिटर र चेन–स मेसिन तीन थान वितरणमा गरिएको हो ।
धनकुटामा बाढीपहिरो खडेरी, आगलागनी तथा जोखिम न्यूनीकरण, प्रतिकार्य, पूर्वकार्य क्षमता अभिवृद्धि र जस्तोसुकै विपद् कार्यका लागि उद्दारमा सहयोग होस् भन्ने उदेश्यले सामाग्री हस्तान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो ।