Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाज
  • Home
  • समाज
  • तीन सय बोरा गहुँ चोरी
तीन सय बोरा गहुँ चोरी
Terai Report
Terai Report बुधबार, कात्तिक ११, २०८३

कल्याणपुर (सप्तरी) । सप्तरीको बलानबिहुल गाउँपालिका–६ स्थित धर्मराज बाबा धान–गहुँ खरिदबिक्री केन्द्रबाट करिब तीन सय बोरा गहुँ चोरी भएको छ ।  चारैतिरबाट करिब २० फिट पर्खालले घेरिएको गोदामबाट आइतबार राति ताल्चा फुटाएर ठुलो परिमाणमा गहुँ चोरी भएपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको हो । 

केन्द्रका सञ्चालक गङ्गाराम महरानका अनुसार गोदाममा भण्डारण गरिएका ६३५ बोरा गहुँमध्ये करिब तीन सय बोरा चोरी भएको हो । केन्द्रपरिसरमा राखिएको ट्याक्टरको ब्याट्रीसमेत चोरी भएको उहाँले जानकारी दिनुभयो । 

घरमा गोसाइँ (कुलदेउता) पूजा रहेकाले आइतबार साँझ नै केन्द्र बन्द गरेर गएको र सोमबार बिहान करिब ६ बजे गोदाममा पुग्दा चोरी भएको थाहा पाएको सञ्चालक महरानले बताउनुभयो । बिहान गोदामको ढोका खुला रहेको र लगाएर गएको ताल्चा फुटाएर नजिकै फालिएको अवस्थामा भेटिएपछि प्रहरीलाई खबर गरेको उहाँले जानकारी दिनुभयो । रातिको समयमा गोदाममा कोही नभएको र गाउँका अधिकांश व्यक्ति गोसाइँपूजामा व्यस्त रहेको मौका छोपेर चोरी भएको हुन सक्ने उहाँको आशङ्का छ ।

वडाध्यक्ष सूर्यप्रसाद दासले ठुलो परिमाणमा गहुँ लगिएको घटनालाई सामान्य चोरीभन्दा गम्भीर रूपमा लिनुपर्ने बताउनुभयो । उहाँले गाउँपालिकामा सिसी क्यामरा जडानका लागि लाखौँ रुपियाँ खर्च भएको भनिए पनि समयमै क्यामरा जडान तथा सञ्चालन गर्न नसक्दा घटनामा संलग्न व्यक्तिको पहिचान गर्न समस्या हुन सक्ने बताउनुभयो । 

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक रूपक खड्काले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार सुरुमा सञ्चालक महरानले गोदामबाट १५० बोरा गहुँ र ट्याक्टरको एउटा ब्याट्री चोरी भएको जानकारी प्रहरीलाई गराउनुभएको थियो । पछि भने करिब तीन सय बोरा गहुँ चोरी भएको बताएको उहाँले जानकारी दिनुभयो । प्रहरी उपरीक्षक खड्काका अनुसार सञ्चालकले प्रतिबोरा ६० केजीका दरले गहुँ रहेको बताएका छन् । घटनाबारे इलाका प्रहरी कार्यालय कडरबोनाले थप अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो । गोरखापत्र अनलाइन


प्रकाशित मिति: बुधबार, कात्तिक ११, २०८३  १४:५४
प्रतिक्रिया दिनुहोस्
20 20
थप समाज
लोप हुने जोखिममा झिझिया परम्परा, संरक्षणमा जुट्नुपर्ने देखियो नयाँ पुस्ता
लोप हुने जोखिममा झिझिया परम्परा, संरक्षणमा जुट्नुपर्ने देखियो नयाँ पुस्ता बिहीबार, असोज २९, २०८३
ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम
ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम मंगलबार, असोज २७, २०८३
पर्सामा प्रहरी दिवसको अवसरमा रक्तदान, १११ जनाले गरे रक्तदान
पर्सामा प्रहरी दिवसको अवसरमा रक्तदान, १११ जनाले गरे रक्तदान सोमबार, असोज २६, २०८३
२ सय ३० विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण
२ सय ३० विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण बुधबार, असोज १४, २०८३
बाराको तीननम्बर पुल नजिक ट्रकको ठक्कबाट स्कुटर चालकको मृत्यु
बाराको तीननम्बर पुल नजिक ट्रकको ठक्कबाट स्कुटर चालकको मृत्यु शनिबार, असोज १०, २०८३
जनकपुरमा एक घरमा आगलागी, जलेर एक जनाको मृत्यु
जनकपुरमा एक घरमा आगलागी, जलेर एक जनाको मृत्यु आइतबार, असोज ४, २०८३
Add Add
लोकप्रीय
  • Week
  • Month
तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, चीनले आपतकालीन प्रतिक्रिया थाल्यो
तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, चीनले आपतकालीन प्रतिक्रिया थाल्यो
पर्साको राजनीतिमा नयाँ पुस्ताको उदय : २१ वर्षीय शहनवाज राकि बने जनमतका प्रवक्ता
पर्साको राजनीतिमा नयाँ पुस्ताको उदय : २१ वर्षीय शहनवाज राकि बने जनमतका प्रवक्ता
२ सय ३० विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण
२ सय ३० विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण
फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी
फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी
केन्द्रीय सदस्यमा सहराम गद्दी मैदानमा, ‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’लाई मूल आधार
केन्द्रीय सदस्यमा सहराम गद्दी मैदानमा, ‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’लाई मूल आधार
पर्साको लहावरथकरीमा मदिरा विवादपछि झडप,  आठ जना घाइते
पर्साको लहावरथकरीमा मदिरा विवादपछि झडप, आठ जना घाइते
25 25
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्