वीरगंज । वीरगंज महानगरपालिका वडा नं. ११ श्रीपुरमा आयोजीत रक्तदान कार्यक्रममा ५६ जनाले रक्तदान गरेका छन् ।
हिन्दुहरुको महान पर्व विजया दशमी, शुभ दिपावली र छठ पर्वको पावन अवसरमा र श्री दुर्गा पुजा सेवा समिति श्रीपुरको १२ औं दुर्गा पुजाको शुभ उपलक्ष्यमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५ महिला सहित ५६ जनाले रक्तदान गरेको जनाइएको छ ।
रक्तदान गर्नेहरुमा पुष्पा गिरी, रिना पटेल, अंशु पटेल, सिमरन मण्डल, जोशी मण्डल, शदाम हुसेन मियाँ, वडा नम्बर ११ का वडा सचिव उमेश शर्मा, विष्णु मण्डल, शुनिल मण्डल लगायत अन्य रक्तदाताले रक्तदान गरेका छन् ।
श्री दुर्गा पुजा सेवा समिति श्रीपुरका अध्यक्ष दिपेन्द्र महतो धानुकको अध्यक्षतामा अयोजना भएको रक्तदान कार्यक्रमका प्रमुख अतिथी वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह, विशिष्ट अतिथी वडा नं. ११ का वडाध्यक्ष अजय चौरसिया, श्री नेपला राष्ट्रिय माध्यमिक विद्यालयका व्यवस्थापन अध्यक्ष सुनदर कुर्मी, स्थानीय नेता विनोध महतो धानुक, लगायत अन्यको उपस्थिती रहेको थियो ।
ओसिस माध्यमिक विद्यालयका छात्र, छत्राहरुलाइ भोलेन्टीयरको रुपमा परिचालन गरिएको थियो भने रक्त संचार केन्द्र वीरगंजबाट अजय साहको कमाण्डमा ४ जनाको प्रविधिक टोली उक्त कार्यक्रममा खटेको थियो ।

-1726908709.jpeg)
-1726908707.jpeg)


