Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • वास सेवालाई राष्ट्रिय प्राथमिकतामा राख्न मन्त्रीपरिषद्मा प्रस्ताब लैजाने छु : मन्त्री यादव
वास सेवालाई राष्ट्रिय प्राथमिकतामा राख्न मन्त्रीपरिषद्मा प्रस्ताब लैजाने छु : मन्त्री यादव
Terai Report
Terai Report सोमबार, माघ २८, २०८१

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) सेवालाई राष्ट्रिय प्राथमिकतामा राख्न मन्त्रीपरिषद्मा प्रस्ताव लैजाने बताउनुभएको छ ।

खानेपानी मन्त्रालयले आज काठमाडौँमा आयोजना गरेको “समावेशी, जलवायु–उत्थानशील, र सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) सेवाको प्रगतिका लागि राजनीतिक प्रतिबद्धता” विषयक कार्यक्रममा बोल्नु हुँदै उहाँले सो कुरा बताउनु भएको हो ।
मन्त्री यादवले भन्नुभयो, “वास सेवाको सशक्तीकरणका लागि सबैभन्दा पहिले आफ्नै पार्टीको केन्द्रीय स्तरबाट कार्यान्वयन गराउने गरी प्रतिबद्धता व्यक्त गर्छु । साथै, राष्ट्रिय प्राथमिकतामा पार्न मन्त्रीपरिषद्मा प्रस्ताव लैजानेछु ।”

वास सेवा राष्ट्रिय प्राथमिकतामा पार्नका लागि सबै राजनीतिक दलका शीर्ष नेताहरूसँग लिखित रूपमा कार्यान्वयन हुने गरी प्रतिबद्धता सुनिश्चित गर्न पहल गरिने समेत मन्त्री यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “खानेपानी, सरसफाइ तथा स्वच्छता सेवाको महत्त्व बुझाउन राजनीतिक दलका प्रमुख नेताहरूलाई लिखित प्रतिबद्धता जनाउन आग्रह गर्नेछु ।

राजनीतिक दल, संघ, प्रदेश, र स्थानीय तहका सरकारले एकताबद्ध भएर लिखित प्रतिबद्धता जनाए वास सेवा सुधारमा ठोस उपलब्धि हासिल गर्न सकिनेछ ।” वास सेवा सुनिश्चित गर्न तीनै तहका सरकारबीच सहकार्य मजबुत बनाउन नगरपालिका संघ, राष्ट्रिय गाउँपालिका महासंघ लगायतका संस्थाहरूसँग सहकार्य गर्दै नीति तथा रणनीतिहरू परिमार्जन गर्न आवश्यक रहेको मन्त्री यादवले जोडदिनुभयो । 

उहाँले भन्नुभयो, “संघीय, प्रदेश, र स्थानीय तहले दीर्घकालीन योजना बनाएर प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ । संविधानले खानेपानी, सरसफाइ तथा स्वच्छता सेवालाई मौलिक अधिकारका रूपमा परिभाषित गरेको छ । सुरक्षित खानेपानी र सरसफाइ सुविधा दिगो विकास लक्ष्य प्राप्तिको प्रमुख आधार हो ।” हाल नेपालका केवल १७ प्रतिशत जनसङ्ख्याले मात्रै सुरक्षित खानेपानी सेवा पाएका छन् भने ६१ प्रतिशत जनसङ्ख्याले सुरक्षित सरसफाइ सुविधा प्राप्त गरेका समेत मन्त्री यादवको भनाई छ ।

१६ औँ आवधिक योजनाले ४५ प्रतिशत सुरक्षित खानेपानी, ६५ प्रतिशत सुरक्षित सरसफाइ, र ३० प्रतिशत ढल प्रणालीमार्फत फोहोर पानी प्रशोधन गर्ने लक्ष्य लिएको तथा यी लक्ष्य प्राप्त गर्न संघ, प्रदेश, र स्थानीय तहबीच सहकार्य, पर्याप्त स्रोत परिचालन, नीति सुधार, तथा प्रभावकारी कार्यान्वयन अनिवार्य रहेको मन्त्री यादवले बताउनुभयो ।

कार्यक्रममा प्रदेशका खानेपानी मन्त्रीहरू, नगरपालिका संघ, राष्ट्रिय गाउँपालिका महासंघका प्रतिनिधिहरूसँग गहन छलफल भएको थियो । छलफलका क्रममा सहभागीहरूले सुरक्षित खानेपानी तथा सरसफाइका लक्ष्यहरू हासिल गर्न सबैले एकताबद्ध भएर काम गर्नुपर्ने र वास सेवालाई सुरक्षित, सबल, तथा समावेशी बनाउन निरन्तर प्रतिबद्ध रहनुपर्ने धारणा व्यक्त गर्नु भएको थियो । कार्यक्रममा कर्णाली प्रदेशकी खानेपानी मन्त्री विजया बुढा, संघीय खानेपानी मन्त्रालयका सचिव इ. प्रमिलादेवी बज्राचार्य, सहसचिव मिना श्रेष्ठ, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इ. रामकुमार श्रेष्ठ, सातवटै प्रदेशका सचिवहरू, उपमहानिर्देशक रामचन्द्र काफ्ले लगायतको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  १९:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मनसुनजन्य विपद् न्यूनीकरणका लागि प्रतिकार्य बेस स्थापना
मनसुनजन्य विपद् न्यूनीकरणका लागि प्रतिकार्य बेस स्थापना शनिबार, जेठ २, २०८३
पच्चिस हजार दरबन्दी कटौती
पच्चिस हजार दरबन्दी कटौती शनिबार, जेठ २, २०८३
थियो लालपुर्जाको आस, भयो उठिबास
थियो लालपुर्जाको आस, भयो उठिबास शनिबार, जेठ २, २०८३
करेन्ट लगाएर गैँडा मारेको आशंका, एक पक्राउ
करेन्ट लगाएर गैँडा मारेको आशंका, एक पक्राउ शनिबार, जेठ २, २०८३
सय रुपैयाँ बढीको सामानमा भन्सार शुल्क लिने निर्णयमा सर्वोच्चको रोक
सय रुपैयाँ बढीको सामानमा भन्सार शुल्क लिने निर्णयमा सर्वोच्चको रोक शुक्रबार, जेठ १, २०८३
फ्लोर क्रसको त्रासमा मधेश सरकार, विश्वासको मत लिन मुख्यमन्त्री यादव पछि हटे
फ्लोर क्रसको त्रासमा मधेश सरकार, विश्वासको मत लिन मुख्यमन्त्री यादव पछि हटे शुक्रबार, जेठ १, २०८३
सात देशसँग श्रम सम्झौता प्रक्रिया अघि बढ्यो
सात देशसँग श्रम सम्झौता प्रक्रिया अघि बढ्यो शुक्रबार, जेठ १, २०८३
लोकप्रीय
  • Week
  • Month
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
युरिया मल प्रहरीको नियन्त्रणमा
युरिया मल प्रहरीको नियन्त्रणमा
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
पोखरिया–श्रीसिया सडक निर्माण ठप्प
पोखरिया–श्रीसिया सडक निर्माण ठप्प
पर्सा वन कार्यालय निष्क्रिय ? अवैध रुख कटान प्रकरणमा स्थानीय अख्तियारदेखि प्रधानमन्त्रीसम्म गुहार्न बाध्य
पर्सा वन कार्यालय निष्क्रिय ? अवैध रुख कटान प्रकरणमा स्थानीय अख्तियारदेखि प्रधानमन्त्रीसम्म गुहार्न बाध्य
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्