Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • ऊर्जा क्षेत्रको सुधार दीर्घकालीन रणनीतिबाट सम्भव, विवाद होइन समाधानमुखी सोच आवश्यक
ऊर्जा क्षेत्रको सुधार दीर्घकालीन रणनीतिबाट सम्भव, विवाद होइन समाधानमुखी सोच आवश्यक
Terai Report
Terai Report मंगलबार, फागुन ६, २०८१

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले सरकारले लिएको नीति र योजनालाई प्रभावित पार्ने गरी निराधार आरोप लगाउने प्रवृत्तिले मुलुकको स्थायित्व र विकासमा नकारात्मक असर पार्ने चेतावनी दिएका छन्।

प्रतिनिधिसभाको माघ २४ गतेको बैठकमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ऊर्जा मन्त्रालयसँग सम्बन्धित केही विषयमा प्रश्न उठाएपछि मन्त्री खड्काले स्पष्ट प्रतिक्रिया दिएका थिए। सञ्चारमाध्यमहरूमा आएका अपुष्ट समाचारकै भरमा निष्कर्ष निकाल्दा समग्र विकास प्रक्रियामा असर पर्ने उनको भनाइ छ।

संसद्को गरिमा जोगाउन जिम्मेवार अभिव्यक्ति आवश्यक

सांसदहरूले तथ्यमा आधारित र जिम्मेवार अभिव्यक्ति दिनुपर्ने उल्लेख गर्दै मन्त्री खड्काले संसद्को गरिमा कायम राख्न आग्रह गरे। उनले भने, "जगदुल्ला आयोजनाको प्रक्रिया मेरो कार्यकालभन्दा अघि नै अघि बढिसकेको थियो। कानुनी र प्रक्रियागत आधारमा ठेक्का रद्द गरियो, जसमा मेरो व्यक्तिगत संलग्नता छैन।"

उनले थपे, "ऊर्जा मन्त्रालय माओवादी नेतृत्वमा लामो समय रहँदा गरिएका निर्णयहरूको समेत समिक्षा हुनुपर्छ। यदि प्रमाणसहित आरोप लागेमा म कुनै पदमा नरहने मात्र होइन, तपाईंहरूको पछाडि झोला बोकेर हिँड्न पनि तयार छु।"

ऊर्जा विकासलाई राजनीतिकरण गर्नु अनुचित

ऊर्जा क्षेत्रमा सरकारले पारदर्शिता र सुशासनलाई प्राथमिकता दिएको बताउँदै मन्त्री खड्काले लोडसेडिङ अन्त्यलाई व्यक्तिगत जसको रूपमा हेर्नु अन्यायपूर्ण हुने उल्लेख गरे।

डेडिकेटेड र टंक लाइनसम्बन्धी विवादबारे बोल्दै उनले विगतका सरकारले समाधान नगरेको विषय उठाउँदै अहिलेको सरकारले निष्पक्ष छानबिनका लागि समिति गठन गरिसकेको बताए। "२२ अर्बको विषय उठाइन्छ, तर आठ वर्ष सरकारमा रहँदा किन समाधान गरिएन?" उनले प्रश्न गरे।

निराधार आरोप होइन, प्रमाणका आधारमा छलफल गरौँ

तथ्य प्रमाणित भए आफू कुनै पनि कानुनी प्रक्रिया भोग्न तयार रहेको बताउँदै मन्त्री खड्काले निराधार आरोपले संसद्को गरिमा खस्काउने चेतावनी दिए।

"यदि कोही प्रमाणसहित आउन चाहन्छन् भने म सामना गर्न तयार छु। तर, केवल सञ्चारमाध्यममा आएका अपुष्ट समाचारकै आधारमा आरोप लगाइनु स्वीकार्य छैन," उनले प्रष्ट पार्नुभयो।

ऊर्जा क्षेत्रको पारदर्शिता र समृद्धि हाम्रो लक्ष्य

ऊर्जा स्रोतको दीर्घकालीन व्यवस्थापन, लगानी प्रवर्द्धन, र नीति सुधारमार्फत देशलाई आत्मनिर्भर बनाउने लक्ष्य रहेको उल्लेख गर्दै मन्त्री खड्काले सबै पक्षलाई सकारात्मक भूमिका खेल्न आग्रह गरे।

"हामीले ऊर्जा स्रोतको उचित व्यवस्थापन गर्न सक्यौँ भने लाखौँलाई स्वदेशमै रोजगारी दिन सकिन्छ। निरर्थक विवादमा अल्झिनुको सट्टा समाधानमुखी सोच आवश्यक छ," उनले जोड दिए। मन्त्री खड्काले नीति-निर्माणलाई दीर्घकालीन हितमा केन्द्रित गर्न आग्रह गर्दै निराधार आरोप र आरोप-प्रत्यारोपले विकास प्रक्रियामा अवरोध मात्र ल्याउने निष्कर्ष दिए।


प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  १९:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल मंगलबार, जेठ ५, २०८३
वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न
वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न सोमबार, जेठ ४, २०८३
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं सोमबार, जेठ ४, २०८३
नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले ISO 9001:2015 प्रमाणीकरण प्राप्त
नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले ISO 9001:2015 प्रमाणीकरण प्राप्त आइतबार, जेठ ३, २०८३
स्थानीय तहको पुनर्संरचना तयारी
स्थानीय तहको पुनर्संरचना तयारी आइतबार, जेठ ३, २०८३
सिंहदरबारकै जग्गा अतिक्रमण
सिंहदरबारकै जग्गा अतिक्रमण आइतबार, जेठ ३, २०८३
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न शनिबार, जेठ २, २०८३
लोकप्रीय
  • Week
  • Month
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
युरिया मल प्रहरीको नियन्त्रणमा
युरिया मल प्रहरीको नियन्त्रणमा
मधेशका सबै नाकामा छोटी भन्सार सञ्चालन गर्न माग
मधेशका सबै नाकामा छोटी भन्सार सञ्चालन गर्न माग
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
अवैध काठ र ट्याक्टरसहित  एक व्यक्ति पक्राउ, १५  लाख बढीको सामान बरामद
अवैध काठ र ट्याक्टरसहित एक व्यक्ति पक्राउ, १५  लाख बढीको सामान बरामद
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्