Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • ऊर्जा क्षेत्रमा बेलायत र जापानको निरन्तर सहयोग : ऊर्जा मन्त्री खड्कासँग राजदूतहरूको भेटवार्ता
ऊर्जा क्षेत्रमा बेलायत र जापानको निरन्तर सहयोग : ऊर्जा मन्त्री खड्कासँग राजदूतहरूको भेटवार्ता
Terai Report
Terai Report शुक्रबार, फागुन ९, २०८१

काठमाडौं । नेपालका लागि बेलायतका राजदूत रोब फेन र जापानका राजदूत मायदा तोरुले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्कासँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ। दुई भिन्न अवसरमा भएको यी भेटवार्ताहरूमा ऊर्जा तथा सिँचाइ क्षेत्रको विकासका लागि नेपाल-बेलायत र नेपाल-जापान सहकार्यलाई थप विस्तार गर्ने विषयमा छलफल भएको थियो।
बेलायती राजदूतसँगको भेटवार्ता
बेलायतका राजदूत फेनसँगको भेट नेपाल नवीकरणीय ऊर्जा कार्यक्रममा सहभागी हुने क्रममा सम्पन्न भएको थियो। बैठकमा नेपाल-बेलायत ऐतिहासिक सम्बन्धलाई ऊर्जा क्षेत्रमा अझ सुदृढ बनाउने विषयमा छलफल भयो। मन्त्री खड्काले बेलायत सरकार तथा यूकेएडद्वारा नेपालमा प्रवर्द्धन गरिँदै आएको नवीकरणीय ऊर्जा सहायता कार्यक्रम, राष्ट्रिय ग्रामीण तथा नवीकरणीय ऊर्जा योजना, र भूकम्पपछिको पुनर्निर्माण लगायतका पहलहरूको प्रशंसा गर्दै निरन्तर सहकार्यको आवश्यकता औंल्याउनुभयो।

मन्त्री खड्काले हालै पारित ऊर्जा विकास मार्गचित्र, २०८१ अनुरूप नेपालले लिएको ऊर्जा उत्पादन लक्ष्य हासिल गर्न अन्तर्राष्ट्रिय साझेदारी महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले केन्द्रीय नवीकरणीय ऊर्जा कार्यक्रमलाई थप दुई वर्ष निरन्तरता दिन बेलायती पक्षलाई आग्रह गर्नुभयो। साथै, स्वच्छ ऊर्जा प्रवर्द्धन तथा ऊर्जा संक्रमण प्रक्रियामा बेलायतको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै द्विपक्षीय सहकार्यलाई थप सुदृढ गर्ने आशा व्यक्त गर्नुभयो।
जापानी राजदूतसँगको भेटवार्ता
नेपालका लागि जापानी राजदूत मायदा तोरुसँगको भेटवार्ता ऊर्जा मन्त्रालयमा सम्पन्न भएको थियो। मन्त्री खड्काले नवनियुक्त राजदूत तोरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै जापान सरकारद्वारा नेपालमा कालिगण्डकी ‘ए’, कुलेखानी जलविद्युत् आयोजना, तनहुँ जलविद्युत् आयोजना, र ग्रामीण विद्युतीकरणमा पुर्‍याएको योगदानप्रति धन्यवाद ज्ञापन गर्नुभयो।

त्यसैगरी, चन्द्रनगर सिँचाइ प्रणाली, कोशी, नारायणी, बागमती नदीहरूमा बाढी नियन्त्रणका लागि जापानले गरेको सहयोगप्रति पनि मन्त्री खड्काले आभार व्यक्त गर्नुभयो। उहाँले जापान सरकारलाई जलविद्युत्, हरित हाइड्रोजन, स्मार्ट ऊर्जा प्रविधि, तथा ठूला सिँचाइ आयोजनामा लगानी बढाउन आग्रह गर्नुभयो।

भेटमा जापानी राजदूत तोरुले माथिल्लो अरुण जलविद्युत् आयोजनाको विश्व बैंक वित्तीय व्यवस्थापन निर्माणमा जापानले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले नेपालको जलविद्युत् प्राथमिकताका आधारमा जापानले आवश्यक सहयोग जारी राख्ने बताउनुभयो।
यी दुई उच्चस्तरीय भेटवार्ताले नेपालमा नवीकरणीय ऊर्जा प्रवर्द्धन, जलविद्युत्, तथा आधुनिक ऊर्जा प्रविधिको विकासका लागि अन्तर्राष्ट्रिय साझेदारी थप विस्तार हुँदै गएको संकेत गरेका छन्।


प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  १६:१८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल मंगलबार, जेठ ५, २०८३
वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न
वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न सोमबार, जेठ ४, २०८३
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं सोमबार, जेठ ४, २०८३
नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले ISO 9001:2015 प्रमाणीकरण प्राप्त
नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले ISO 9001:2015 प्रमाणीकरण प्राप्त आइतबार, जेठ ३, २०८३
स्थानीय तहको पुनर्संरचना तयारी
स्थानीय तहको पुनर्संरचना तयारी आइतबार, जेठ ३, २०८३
सिंहदरबारकै जग्गा अतिक्रमण
सिंहदरबारकै जग्गा अतिक्रमण आइतबार, जेठ ३, २०८३
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न शनिबार, जेठ २, २०८३
लोकप्रीय
  • Week
  • Month
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
युरिया मल प्रहरीको नियन्त्रणमा
युरिया मल प्रहरीको नियन्त्रणमा
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न
मधेशमा पोषण सुधार हुनुपर्नेमा सभामुख यादवको जोड
मधेशमा पोषण सुधार हुनुपर्नेमा सभामुख यादवको जोड
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्