Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • चैत ५ पछि नेपाल प्रहरीको आइजिपी को?
चैत ५ पछि नेपाल प्रहरीको आइजिपी को?
Terai Report
Terai Report मंगलबार, फागुन १३, २०८१

काठमाडौं । आगामी चैत ५ गते नेपाल प्रहरीका वर्तमान प्रहरी महानिरीक्षक (आइजिपी) वसन्तबहादुर कुँवर अवकाशमा जाँदैछन्। उनी जाँदैगर्दा पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)हरू पनि अवकाशमा जान्छन्।

उनीहरू हुन् – टेकप्रसाद राई, दुर्गा सिंह, कुवेर कडायत, बुद्धिराज गुरुङ र जनक भट्टराई।

बाँकी रहन्छन् तीन जना एआइजी  दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ।

थापा, गिरी र तामाङ कुँवरका वैकल्पिक ब्याचमेट हुन्। उनीहरू २०५२ भदौ ११ गते प्रहरी निरीक्षकको रुपमा नेपाल प्रहरीमा प्रवेश गरेका थिए।

कुँवरसहित अवकाशमा जानेहरू २०५१ साल चैत ५ गतेका हुन्। थापा, गिरी र तामाङ उनीहरूभन्दा छ महिनापछाडि प्रहरी निरीक्षकमा भर्ना भएका थिए।

गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी, सशस्त्र प्रहरी सम्बन्धी विधेयक प्रतिनिधिसभामा पेश गरेका छन्। दुबै प्रहरी संगठनसँग सम्बन्धित विधेयक विचाराधीन छन्।

अहिले प्रतिनिधिसभाको हिउँदे अधिवेशन चलिरहेको छ। लेखकले पेश गरेको दुबै प्रहरी संगठनको विधेयकमाथि छलफल जारी छ।

तर, यो विधेयक कहिले पारित हुने र कार्यान्वयनमा आउने भन्ने मूल प्रश्न छ। विधेयक पारित भएर कार्यान्वयनमा आउँदा महानिरीक्षक कुँवर पदबाट बिदा भइसक्ने आँकलन प्रहरीमा छ।

विधेयकमा विद्यमान प्रहरीको सेवाअवधि हटाइने छ। अहिले प्रहरीमा ३० वर्षे सेवा अवधि छ।  यदि, मन्त्री लेखकले पेश गरेको विधेयक पारित भए कहिलेदेखि नेपाल वा सशस्त्र प्रहरी दुबै संगठनमा लागू हुने यकिन छैन। विधेयक पास भएपछि नयाँ ऐन बन्न समय लाग्ने छ।

नेपाल प्रहरीमा पहिले ३२ वर्षे सेवा अवधि थियो, पछि ३० वर्षे सेवा अवधि ल्याइयो। यो विधेयक पारित भएर कार्यान्वयनमा आए प्रहरी (नेपाल/सशस्त्र)मा सेवा अवधि रहन्न।

विधेयकमा प्रहरी महानिरीक्षकको उमेर हद ६० वर्ष र सेवा अवधि तीन वर्ष राखिएको छ। प्रहरी अतिरिक्त महानिरीक्षकको उमेर ५९ वर्ष र सेवा अवधि तीन वर्ष राखिएको छ।

यो विधेयक पास वा कार्यान्वयन नहुँदै नेपाल प्रहरीको नेतृत्वमा भने अवकाशको स्थिति सिर्जना भएको छ। कुँवरको अवकाशको मिति नजिकिँदे जाँदा  तीन जना एआइजीमध्ये एक जना नेतृत्वमा पुग्न सक्छन्।

जहाँसम्म प्रहरी विधेयक पास भएर आउँदा र कार्यान्वयनको पाटोमा जाने सन्दर्भ आर्थिक वर्ष २०८२/८३ बाट हुन सक्ने प्रहरी अधिकृतहरू बताउँछ।

यदि नेपाल प्रहरीमा यो विधेयक लागू भयो भने चैत ५ गतेपछि हुने नयाँ आइजिपीको पद केही समयसम्म लम्बिन सक्छ।

‘तर, यो विधेयक के कसरी पास भएर आउँछ भन्ने टुंगो नलाग्दै भावी दिनमा के हुन्छ भनेर अहिले किटान गरिहाल्न हतार हुन्छ,’ प्रहरी महानिरीक्षकको सचिवालयका एक अधिकृतले भने।

यदि, विधेयक पास भएर आएन र अहिलेकै अवस्था रहिरहे चैत ५ पछि हुने प्रहरी महानिरीक्षकको कार्यकाल पुग-नपुग ६ महिना रहन्छ।

कोहुन् प्रतिस्पर्धी?

नेपाल प्रहरीको महानिरीक्षकका एकल दाबेदार एआइजी दीपक थापा मानिएका छन्। उनीपछि सुदीप गिरी र टेकबहादुर तामाङ छन्। सबै राजनीतिक शक्तिसँग सुमधुर सम्बन्ध रहेका कारण थापा भावी प्रहरी महानिरीक्षकको रूपमा एकल दाबेदारले चर्चित छन्।

प्रहरीमा वरिष्ठतम् अधिकृतलाई प्रहरी महानिरीक्षकको दाबेदार मानिन्छ। तर, कहिलेकाहीँ राजनीतिक शक्तिकेन्द्रको रोजाइमा वरिष्ठतम् प्रहरी अधिकृत नपरेका उदाहरण छन्।

कनिष्ठ व्यक्ति पदमा पुग्दा वरिष्ठ प्रहरी अधिकृत जिल्लराम भएको हेर्न धीरजप्रताप सिंहको ब्याचमेटलाई हेरे पुग्छ। सिंहले आफूभन्दा वरिष्ठ अधिकृत विश्वराज पोखरेल र सहकुलबहादुर थापालाई पाखा लगाएका थिए।

एउटै मितिमा भर्ना भएका पोखरेल, थापा र सिंह एसएसपीसम्म सँगै बढुवा भए। डिआइजी हुँदा पोखरेलले एआइजी दरबन्दी नै कायम गराएर फड्को मारे। पोखरेलको पदचाप पछ्याउँदै थापाले एआइजीको अर्को दरबन्दी थपेर प्रतिस्पर्धामा आए।

तर, सिंहले अस्वाभाविक रूपमा प्रहरी महानिरीक्षकमा छलाङ मारिदिए। पहिले बढुवामा पछि परेको स्थितिलाई सिंहले नेतृत्व चयनमा ‘बदला’कै रूपमा प्रस्तुत गरिदिए।

थापा चुपचाप सेवा अवधिसम्म पदमा बसेर घर फर्किए। तर, पोखरेल आफूलाई अन्याय भएको भन्दै सर्वोच्च अदालत गए। तर, अदालतले वरिष्ठताको व्याख्या नगरीकन सरकारले चयन गर्ने विषय भन्दै पोखरेलको निवेदन खारेज गरिदिएको थियो।

सर्वोच्चको यो निर्णयपछि भने वरिष्ठताको विषय ओझेलमा छ र सरकारले रोजेको जो व्यक्ति पनि प्रहरीको सर्वोच्च पदमा पुग्ने सम्भावना बलियो बनेको छ।

थापा एआइजी गिरी र तामाङभन्दा १८ दिनअघि भएका थिए। थापा अहिले केन्द्रीय अनुसन्धान ब्युरोको प्रमुख छन्।

एआइजीमै हुँदा उनी उपत्यका प्रहरी कार्यालयको प्रमुख भए। डिआइजी हुँदा बागमती प्रदेश प्रहरी र  प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयमा काम गरेका थिए।

एसएसपी हुँदा उनले उपत्यका अपराध अनुसन्धान कार्यालय, प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन महाशाखामा काम गरे।

एसपी हुँदा चितवन जिल्ला प्रमुख, प्रहरी प्रधान कार्यालयको बजेट शाखा, अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटबलमा काम गरेका थिए।

डिएसपी हुँदा उनले जिल्ला प्रहरी कार्यालय खोटाङ, इलाका प्रहरी कार्यालय बुटवल, प्रहरी वृत्त महाराजगञ्जमा काम गरेका थिए।

गिरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा कार्यरत् छन्। यसअघि उनी प्रदेश समन्वय विभागमा थिए। डिआइजी हुँदा उनले कोशी प्रदेश र प्रहरीको विशेष ब्युरो र एसएसपी हुँदा जिल्ला प्रहरी परिसर काठमाडौंमा काम गरेका गरेका थिए।

एसपी हुँदा उनले कैलाली र पर्सा प्रहरीको नेतृत्व सम्हाले। डिएसपीमा प्रहरी वृत्त कालिमाटी र जिल्ला प्रहरी कार्यालय रसुवा पुगेका थिए।

तामाङ हाल उपत्यका प्रहरी कार्यालय प्रमुख छन्। यसअघि उनी प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा थिए। डिआइजी हुँदा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगाल, एसएसपी हुँदा विराटनगर तालिम केन्द्रमा थिए।

एसपी हुँदा उनले जिल्ला प्रहरी कार्यालय बाँके र प्रहरी पहरा गण मुख्यालय सामाखुसीमा काम गरे। डिएसपी हुँदा इलाका प्रहरी कार्यालय धरान, प्रहरी वृत्त कालिमाटी, जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र खोटाङमा काम गरेका थिए। साभार : डिसी नेपाल


प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  २१:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल मंगलबार, जेठ ५, २०८३
वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न
वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न सोमबार, जेठ ४, २०८३
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं सोमबार, जेठ ४, २०८३
नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले ISO 9001:2015 प्रमाणीकरण प्राप्त
नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले ISO 9001:2015 प्रमाणीकरण प्राप्त आइतबार, जेठ ३, २०८३
स्थानीय तहको पुनर्संरचना तयारी
स्थानीय तहको पुनर्संरचना तयारी आइतबार, जेठ ३, २०८३
सिंहदरबारकै जग्गा अतिक्रमण
सिंहदरबारकै जग्गा अतिक्रमण आइतबार, जेठ ३, २०८३
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न शनिबार, जेठ २, २०८३
लोकप्रीय
  • Week
  • Month
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
युरिया मल प्रहरीको नियन्त्रणमा
युरिया मल प्रहरीको नियन्त्रणमा
मधेशका सबै नाकामा छोटी भन्सार सञ्चालन गर्न माग
मधेशका सबै नाकामा छोटी भन्सार सञ्चालन गर्न माग
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
अवैध काठ र ट्याक्टरसहित  एक व्यक्ति पक्राउ, १५  लाख बढीको सामान बरामद
अवैध काठ र ट्याक्टरसहित एक व्यक्ति पक्राउ, १५  लाख बढीको सामान बरामद
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्