Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • खानेपानी मन्त्री यादवको ऐतिहासिक निर्णय : अब प्रत्येक खानेपानी प्रणालीमा क्लोरिनेसन अनिवार्य
खानेपानी मन्त्री यादवको ऐतिहासिक निर्णय : अब प्रत्येक खानेपानी प्रणालीमा क्लोरिनेसन अनिवार्य
Terai Report
Terai Report बिहीबार, फागुन १५, २०८१

काठमाडौँ ।  अब देशभरका प्रत्येक खानेपानी प्रणालीमा गुणस्तरीय पानी वितरणका लागि क्लोरिन डोजिङ युनिट अनिवार्य रूपमा जडान गरिने भएको छ । खानेपानी मन्त्री माननीय प्रदीप यादवले आज फागुन १५ गते गर्नु भएको निर्णयअनुसार, अबदेखि कुनै पनि खानेपानी प्रणाली क्लोरिनेसन प्रक्रिया बिना सञ्चालन गर्न पाइने छैन ।

सरकारले खानेपानीको गुणस्तर सुधार गर्न दीर्घकालीन योजना बनाएकाले अब देशभरका प्रत्येक खानेपानी प्रणालीमा क्लोरिन डोजिङ युनिट अनिवार्य रूपमा जडान गर्नु पर्ने मन्त्री यादवले बताउनुभयो ।  “खानेपानी मात्र पर्याप्त हुँदैन, गुणस्तरीय र सुरक्षित हुनु पनि जरुरी छ । सुरक्षित पिउने पानी जनताको आधारभूत अधिकार हो, र सरकार त्यसको प्रत्याभूति गर्न कटिबद्ध छ,” उहाँले भन्नुभयो ।

नेपाल सरकारले सन् २०३० भित्र ९९ प्रतिशत जनसङ्ख्यालाई सुरक्षित पिउने पानीको पहुँचमा ल्याउने लक्ष्य राखेको र संघ, प्रदेश, तथा स्थानीय तहको सहकार्यमा क्लोरिन युनिट प्रविधि प्रभावकारी रूपमा कार्यान्वयन गरिने मन्त्री यादवले बताउनुभयो ।मन्त्रालयका सचिव ई.प्रमिलादेवी शाक्य बज्राचार्यका अनुसार यो निर्णय आम नागरिकको स्वास्थ्य सुरक्षाका लागि कोसेढुङ्गा सावित हुनेछ । “मन्त्री ज्युले अब प्रत्येक खानेपानी प्रणालीमा क्लोरिन डोजिङ युनिट अनिवार्य रूपमा जडान गर्नुपर्ने निर्णय गर्नु भएको छ । यस निर्णयले आम नागरिकलाई सुरक्षित, शुद्ध, र गुणस्तरीय पिउने पानी सुनिश्चित गर्दै पानीजन्य रोगको जोखिमलाई न्यून गर्नेछ,” उहाँले बताउनुभयो ।

यसैगरी खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठले शुद्ध खानेपानीको पहुँच बढाउन क्लोरिनेसनलाई एउटा प्रवेश विन्दु भएको र यसलाई एक अभियान तथा कार्यक्रमको रुपमा सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “खानेपानी तथा सरसफाई सेवा निर्माण र सञ्चालन गरिरहेका सरकारी र गैरसरकारी निकाय सबैले आ–आफ्नो खानेपानी योजनामा क्लोरिनेसन वा यस्तै अन्य शुद्धिकरणको विधि अनिवार्य लागु गर्नु पर्दछ । यसका साथै खानेपानी प्रशोधन प्रणालीका संरचना निर्माणलाई समेत तिव्रता दिनु पर्छ ।” 

क्लोरिन डोजिङ युनिट जडानको अनिवार्यता लागू भएसँगै दूषित पानीका कारण हुने रोगहरूको दरमा उल्लेखनीय गिरावट आउने विश्वास गरिएको छ । सरकारको यो निर्णयले सम्पूर्ण देशभरि स्वच्छ, सुरक्षित, र गुणस्तरीय पिउने पानीको सुनिश्चितता गर्दै नागरिकको स्वास्थ्य सुरक्षामा ऐतिहासिक योगदान पुर्‍याउनेछ । नेपाल सरकार सुरक्षित पिउने पानी, स्वस्थ नागरिक अभियानप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाएको छ ।


प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  २०:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल मंगलबार, जेठ ५, २०८३
वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न
वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न सोमबार, जेठ ४, २०८३
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं सोमबार, जेठ ४, २०८३
नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले ISO 9001:2015 प्रमाणीकरण प्राप्त
नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले ISO 9001:2015 प्रमाणीकरण प्राप्त आइतबार, जेठ ३, २०८३
स्थानीय तहको पुनर्संरचना तयारी
स्थानीय तहको पुनर्संरचना तयारी आइतबार, जेठ ३, २०८३
सिंहदरबारकै जग्गा अतिक्रमण
सिंहदरबारकै जग्गा अतिक्रमण आइतबार, जेठ ३, २०८३
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न शनिबार, जेठ २, २०८३
लोकप्रीय
  • Week
  • Month
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
युरिया मल प्रहरीको नियन्त्रणमा
युरिया मल प्रहरीको नियन्त्रणमा
मधेशका सबै नाकामा छोटी भन्सार सञ्चालन गर्न माग
मधेशका सबै नाकामा छोटी भन्सार सञ्चालन गर्न माग
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
अवैध काठ र ट्याक्टरसहित  एक व्यक्ति पक्राउ, १५  लाख बढीको सामान बरामद
अवैध काठ र ट्याक्टरसहित एक व्यक्ति पक्राउ, १५  लाख बढीको सामान बरामद
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्