Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • कुलमानले बुझाए स्पष्टीकरण, के गर्लान् त प्रधानमन्त्रीले ?
कुलमानले बुझाए स्पष्टीकरण, के गर्लान् त प्रधानमन्त्रीले ?
Terai Report
Terai Report आइतबार, फागुन २५, २०८१

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारले मागेको तीन दिने स्पष्टीकरण आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत बुझाएका छन्।

गत बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले 'तपाईंलाई पदबाट किन नहटाउने?' भनी सोधेको स्पष्टीकरणको जवाफ उनले आज बुझाएका हुन्। ऊर्जा मन्त्रालयले विभिन्न चार बुँदामा उनीसँग स्पष्टिकरण मागेको थियो, जसको जवाफ अब मन्त्रिपरिषद्ले मूल्यांकन गर्नेछ।

स्पष्टीकरणको नाममा मीडियाबाजी?

यसबारे सबैभन्दा चासोको विषय भने घिसिङको गोपनीयता उल्लंघन गर्ने शैली नै बनेको छ। यसअघि पनि उनले ऊर्जा मन्त्रालयलाई पठाउनु पर्ने स्पष्टीकरण हस्ताक्षरबिनाको ड्राफ्ट पठाएर मीडियामा चुहाउने गरेका थिए, र यसपटक पनि त्यही प्रवृत्ति दोहोरिएको छ। कुनै पनि प्रशासकीय विषय कार्यपालिकाभित्र सीमित रहनुपर्नेमा, स्पष्टीकरणकै ड्राफ्ट मीडियामा सेयर गर्नु प्रशासनिक मर्यादाविपरीत कार्य हो।

स्पष्टीकरणमा के छन् विषयहरू?

ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई विद्युत आपूर्तिमा असहयोग गरेको, डेडिकेटेड फिडर र ट्रंकलाइन जस्ता विशेष सेवा प्रणालीलाई प्रभावित तुल्याएको, र भारतसँगको विद्युत महसुल सम्बन्धी विषयमा सरकारलाई असहयोग गरेको जस्ता मुद्दामा स्पष्टीकरण सोधेको थियो। यद्यपि, उनले यसबारेमा कुनै स्पष्ट जवाफ दिएका छैनन्।

उनको जवाफमा ऊर्जामन्त्री दीपक खड्काले पूर्वाग्रही भएर आफूमाथि आक्रमण गरेको आरोप त छ, तर मुख्य विषयमा स्पष्टीकरण दिनुको सट्टा मन्त्रालयकै निर्णयलाई चुनौती दिने भाषा प्रयोग गरिएको छ।

राजनीतिक झुकावको आरोप

पहिलो कार्यकालमा लोडसेडिङ अन्त्य गरेर प्रशंसा कमाएका घिसिङ दोस्रो कार्यकालमा भने प्रशासकको भन्दा बढी राजनीतिक कार्यकर्ताको भूमिकामा देखिएको आरोप खेप्दै आएका छन्।

सरकारकै नीति तथा निर्देशनविपरीत मनपरी ढंगले हिँड्ने, प्रशासनिक सन्तुलन भंग गर्ने, र आफ्नो निर्णयलाई सर्वेसर्वा ठान्ने प्रवृत्तिका कारण प्राधिकरणभित्र पनि घिसिङको दोस्रो कार्यकाल विवादित बनिरहेको छ।

अब के गर्छ सरकार?

कुलमानको स्पष्टीकरण चित्तबुझ्दो छ कि छैन भन्ने निर्णय मन्त्रिपरिषद्ले गर्नेछ। प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बस्ने आगामी मन्त्रिपरिषद् बैठकले उनलाई पदबाट हटाउने वा यथावत् राख्ने विषयमा अन्तिम निर्णय लिनेछ।

यदि स्पष्टीकरण चित्तबुझ्दो नठहरेमा, सरकारले २०६१ को विद्युत प्राधिकरण विनियमावलीको उपविनियम (१) बमोजिम उनलाई पदबाट हटाउने अधिकार राख्छ।

अब हेर्न बाँकी छ— सरकार कुलमानलाई अझै निरन्तरता दिनेछ, वा उनको विवादास्पद कार्यशैलीलाई मध्यनजर गर्दै नयाँ नेतृत्वको खोजी गर्नेछ?


प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  २०:२२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल मंगलबार, जेठ ५, २०८३
वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न
वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न सोमबार, जेठ ४, २०८३
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं सोमबार, जेठ ४, २०८३
नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले ISO 9001:2015 प्रमाणीकरण प्राप्त
नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले ISO 9001:2015 प्रमाणीकरण प्राप्त आइतबार, जेठ ३, २०८३
स्थानीय तहको पुनर्संरचना तयारी
स्थानीय तहको पुनर्संरचना तयारी आइतबार, जेठ ३, २०८३
सिंहदरबारकै जग्गा अतिक्रमण
सिंहदरबारकै जग्गा अतिक्रमण आइतबार, जेठ ३, २०८३
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न शनिबार, जेठ २, २०८३
लोकप्रीय
  • Week
  • Month
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
युरिया मल प्रहरीको नियन्त्रणमा
युरिया मल प्रहरीको नियन्त्रणमा
मधेशका सबै नाकामा छोटी भन्सार सञ्चालन गर्न माग
मधेशका सबै नाकामा छोटी भन्सार सञ्चालन गर्न माग
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
अवैध काठ र ट्याक्टरसहित  एक व्यक्ति पक्राउ, १५  लाख बढीको सामान बरामद
अवैध काठ र ट्याक्टरसहित एक व्यक्ति पक्राउ, १५  लाख बढीको सामान बरामद
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्