Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
विचार/ब्लग
  • Home
  • विचार/ब्लग
  • महिलालाई समानुपातिक निर्वाचन क्षेत्र आरक्षण गर्नुपर्छः सांसद सापकोटा
सांसदसँग संवाद महिलालाई समानुपातिक निर्वाचन क्षेत्र आरक्षण गर्नुपर्छः सांसद सापकोटा
Terai Report
Terai Report सोमबार, फागुन २६, २०८१

काठमाडौँ । राष्ट्रियसभाको सदस्य भएको एक वर्ष भयो । जनताको पक्षमा काम गर्नका लागि राष्ट्रियसभा उत्कृष्ट थलो रहेछ । राष्ट्रियसभामा मैले महिलाअधिकारका पक्षमा पटकपटक आवाज उठाएको छु । हाम्रो देशमा अहिले पनि महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छैन, महिला हिंसा र विभेद बढ्दो छ । बालिका बलात्कार र यौनजन्य हिंसाका घटनाका समाचार दिनहुँ आइरहेका छन् । महिलाहरु आत्महत्या गर्न विवश छन् । जबसम्म महिलाहरु नेतृत्व तहमा आउँदैनन्, तबसम्म महिला हिंसा रोकिँदैन भन्ने लाग्छ । खासमा निर्णायक तहमा नेपाली महिलाहरु पुगेकै छैनन् । महिला हिंसामा संलग्नलाई कानुनअनुसार कडा कारबाही हुनुपर्छ । उनीहरुलाई कुनै पनि राजनीतिक संरक्षण हुनुहुँदैन ।  

संविधानलाई टेकेर केही कामहरु अगाडि बढाइएको छ । तर संविधानमा लेखेको विषय जति कार्यान्वयन हुनुपर्ने थियो, त्यति हुन सकेको छैन । संविधानमा भएका व्यवस्था कार्यान्वयन गर्ने हो भने देशका धेरै समस्या समाधान हुन्थ्योजस्तो लाग्छ । तथापि संविधान संशोधन गर्नुपर्ने आवश्यकता देखिएको छ किनभने संविधानमा रहेका कतिपय प्रावधानले राजनीतिक स्थायित्वमा नै प्रश्न उठ्न थालेका छन् । जस्तै, निर्वाचन प्रणाली असाध्यै महँगो भयो । त्यसलाई संशोधन गर्नुपर्ने आवश्यकता छ । तर संविधानमा व्यवस्थित समानुपातिक प्रणालीलाई भने हटाउनु हुँदैन । त्यही समानुपातिक प्रणाली भएका कारण महिला, मधेसी, दलित, जनजाति संसद्सम्म पुग्न पाएका छन् । बरु महिलालाई समानुपातिक निर्वाचन क्षेत्र आरक्षण गर्नुपर्छ । संविधान संशोधन गर्दा महिलाको अधिकार कटौती गरिनुहुँदैन । 

देशमा सुशासनका लागि सरकार अलि कडा रुपमा प्रस्तुत हुनुपर्ने देख्दैछु । स्थायी सरकार भनेको कर्मचारी हो । मुख्यगरी कर्मचारी इमानदार हुनुपर्छ सुशासनका लागि । राजनीतिक दलका नेता इमान्दार हुनुपर्छ । कर्मचारीले जनतालाई सास्ती दिनुहुँदैन । विदेशिएका युवाशक्तिलाई देशभित्रै फर्काउनका लागि सरकारले उद्योग खोलिदिनुपर्छ । उद्योग, कलकारखाना खोल्ने वातावरण सरकारले बनाउनुपर्छ । एउटा नेपाली युवा देशभित्रै केही गर्छु भनेर स्वदेश फर्किएको हुन्छ, तर देशभित्र वातावरण नै हुँदैन ।  सरकारको तल्लो तहदेखि माथिल्लो तहसम्म जनताले केही काम गराउनका लागि खुलेआम घुस दिनुपर्ने बाध्यात्मक अवस्था छ । घुस लिने कर्मचारीलाई सरकारले कारबाही गर्न सक्नुपर्छ । कानुनी राज्य निर्माण गर्न सकियो भने सुशासन कायम हुन्छ । कानुन सबै नराम्रा छैनन् । धेरै राम्रा कानुन पनि छन् । तर हामीले ती कानुनलाई अनुसरण गर्न गरेका छैनौँ । 

सङ्घीयतालाई बलियो बनाउनका लागि सबैभन्दा पहिला स्थानीय सरकारलाई बलियो बनाउनुपर्छ । स्थानीय सरकारलाई अधिकारसम्पन्न बनाउनुपर्छ । स्थानीय तहलाई अझै फराकिलो बनाउनुपर्छ । अहिले स्थानीय तहको सङ्ख्या पनि धेरै छ । अब संविधान संशोधन गर्दा दुईवटा पालिकालाई गाभेर एउटै बनाउनुपर्छ । कतिपय ठाउँमा सानासाना पालिका छन् । तिनीहरुलाई एउटै बनाएर बरु अधिकार बढाउनुपर्छ । स्थानीय तह भनेको जरा हो । जरा बलियो भएको खण्डमा रुख बल्ल बलियो हुन्छ ।  स्थानीय तह भनेको रुखको जरा हो । त्यसैले हामीले स्थानीय तहलाई बलियो बनाइयो भने सङ्घीयता पनि बलियो हुन्छ । सानासाना उद्योग खोल्ने अधिकार स्थानीय तहलाई पनि दिनुपर्छ । योसँगै स्थानीय तह आत्मनिर्भर हुन पनि जरुरी छ । स्थानीय तहको आम्दानीको बाटो खोज्नुपर्छ । स्थानीय तह आफैँले आम्दानी गरेर आफैँले खर्च गरोस् । सानो काम गर्दा पनि सङ्घीय सरकारको भर पर्नुपर्ने हुनुहुँदैन । सामान्य गाउँको बाटो बनाउन, विद्यालय बनाउँदा, स्वास्थ्य कार्यालय बनाउँदा सङ्घीय सरकारको भर पर्नुहुँदैन स्थानीय सरकार । 

आज धेरैले प्रदेश सरकारमाथि प्रश्न गरिरहेका छन् । प्रदेश सरकार घाँडो भयो भनिरहेका छन् । अनाहकमा राज्यको खर्च बढ्यो भनिरहेका छन् । हेर्दाखेरी हो कि जस्तो पनि लाग्छ । किनभने प्रदेश सरकारलाई सङ्घीय सरकारले चलाएको छ । सङ्घीय सरकार ढल्ने बित्तिकै प्रदेश सरकारहरु पनि ढल्ने उदाहरण स्थापित भइसकेका छन् । तर स्थानीय सरकार ढल्दैन । जसरी स्थानीय सरकार आफैँमा निर्भर छ त्यसैगरी प्रदेश सरकार पनि निर्भर हुन सिक्नुपर्छ । प्रदेश सरकारलाई बलियो बनाउन सङ्घीय सरकारले सहयोग गर्नुपर्छ । प्रदेश सरकारको निम्ति आवश्यक नीतिनियम कानुनहरु बनाइदिनुपर्छ । प्रदेशस्तरीय कानुनहरु बनाइदिनुपर्छ । प्रदेशसँग पनि आम्दानी गर्नका लागि धेरै स्रोतसाधन छन् । स्थानीय पर्यटन छ । धार्मिक मठमन्दिरहरु छन् । त्यसको भरपुर उपभोग गर्न सक्नुपर्छ । 

यदि साँच्चिकै देश बनाउने हो भने यतिबेला सबै राजनीतिक दलहरु एकै ठाउँमा उभिन जरुरी छ । जनताको अवस्थामा सुधार ल्याउन एकले अर्कालाई आरोप लगाएर होइन, सहयोगी भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । राजनीतिक दलहरु एकले अर्कालाई गाली मात्रै गरेर कसरी देश बन्छ रु झगडा मात्रै गरेर कसरी बन्छ रु देशलाई आत्मनिर्भर बनाउन गाँजाजस्ता लाभदायक बालीहरु विकास गर्नुपर्छ । हामीले आफ्नो देशमा जे फल्छ त्यही व्यापार गर्ने हो । कतार, साउदी अरब, दुबईमा तेल छ, सुमद्र छ, उनीहरुले त्यसकै व्यापार गरिरहेका छन् । मैले संसद्मा गाँजाखेतीसम्बन्धी सङ्कल्प प्रस्ताव पनि लैजाँदैछु । 

[नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसम्पादन सदस्य विष्णुकुमारी सापकोटा राष्ट्रियसभा सदस्य हुनुहुन्छ । यसअघि उहाँले नेपाल विद्यार्थी सङ्घको केन्द्रीय सदस्य, नेपाल महिला सङ्घको सभापतिको जिम्मेवारीमा रहेर काम गर्नुभएको थियो । उहाँले विगत लामो समयदेखि महिला अधिकारको क्षेत्रमा काम गर्दै आउनुभएको छ । रासस


प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  ११:२४
प्रतिक्रिया दिनुहोस्
20 20
थप विचार/ब्लग
‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ले सामाजिक सद्भाव खल्बलिएको महसुस भएको छः प्रहरी महानिरीक्षक कार्की
‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ले सामाजिक सद्भाव खल्बलिएको महसुस भएको छः प्रहरी महानिरीक्षक कार्की मंगलबार, भदौ २, २०८३
नयाँ बजेटको पुरानै कथा: जनमुखी होइन शक्तिकेन्द्रित आर्थिक खाका
नयाँ बजेटको पुरानै कथा: जनमुखी होइन शक्तिकेन्द्रित आर्थिक खाका आइतबार, जेठ २५, २०८२
समानुपातिक प्रतिनिधिको योग्यता
समानुपातिक प्रतिनिधिको योग्यता सोमबार, भदौ १८, २०८०
वीरगञ्जलाई शून्य भ्रष्टाचार महानगरपालिका बनाउने छु : नगरप्रमुख सिंह (भिडियो सहित)
वीरगञ्जलाई शून्य भ्रष्टाचार महानगरपालिका बनाउने छु : नगरप्रमुख सिंह (भिडियो सहित) आइतबार, जेठ २९, २०७९
मतदातालाई वितृष्णा जगाउने काम नगर्नुस्
मतदातालाई वितृष्णा जगाउने काम नगर्नुस् शनिबार, चैत ५, २०७८
महिला लक्षित कार्यक्रमले महिलाको मात्र उत्थान हुन्छ भन्ने सोचमा परिवर्तन आउनुपर्छ
महिला लक्षित कार्यक्रमले महिलाको मात्र उत्थान हुन्छ भन्ने सोचमा परिवर्तन आउनुपर्छ शनिबार, चैत ५, २०७८
Add Add
लोकप्रीय
  • Week
  • Month
तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, चीनले आपतकालीन प्रतिक्रिया थाल्यो
तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, चीनले आपतकालीन प्रतिक्रिया थाल्यो
पर्साको राजनीतिमा नयाँ पुस्ताको उदय : २१ वर्षीय शहनवाज राकि बने जनमतका प्रवक्ता
पर्साको राजनीतिमा नयाँ पुस्ताको उदय : २१ वर्षीय शहनवाज राकि बने जनमतका प्रवक्ता
२ सय ३० विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण
२ सय ३० विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण
फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी
फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी
केन्द्रीय सदस्यमा सहराम गद्दी मैदानमा, ‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’लाई मूल आधार
केन्द्रीय सदस्यमा सहराम गद्दी मैदानमा, ‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’लाई मूल आधार
पर्साको लहावरथकरीमा मदिरा विवादपछि झडप,  आठ जना घाइते
पर्साको लहावरथकरीमा मदिरा विवादपछि झडप, आठ जना घाइते
25 25
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्