Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • नेपालको ऊर्जा संकट समाधानका लागि भारतलाई विद्युत आपूर्तिको अनुरोध
नेपालको ऊर्जा संकट समाधानका लागि भारतलाई विद्युत आपूर्तिको अनुरोध
Terai Report
Terai Report बिहीबार, चैत ७, २०८१

काठमाडौं । नेपालमा सुख्खायाम सुरु भएसँगै औद्योगिक क्षेत्रमा बिजुली अभाव गहिरिँदै गएपछि नेपाल सरकारले भारतलाई २४सै घण्टा २३० मेगावाट बिजुली उपलब्ध गराउन औपचारिक अनुरोध गरेको छ।
यस सन्दर्भमा नेपाल विद्युत प्राधिकरण र भारतीय विद्युत व्यापार कम्पनी एनएनभीएनबीच दुई पक्षीय विद्युत खरिद बिक्री सम्झौता भइसकेको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको पहलमा यसकालागि कुटनीतिक पहल समेत भइरहेको छ । नेपालका परराष्ट्रमन्त्री माननीय डा. आरजु राणा देउवाको हालैको भारत भ्रमणका क्रममा यस्तो पहल भएको हो । नेपाल सरकारले नेपाल विद्युत प्राधिकरण र एनभिभिएनबीच भएको २३० मेगावाटको द्वीपक्षीय संझौताको कार्यान्वयनकालागि भारत सरकारको स्वीकृति प्राप्त गर्न पहल गरिरहेको छ । यसको अतिरिक्त इण्डियन इनर्जी एक्सचेन्जबाट नेपाललाई सोलार आवर अर्थात विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्ममा मात्र विद्युत खरिद गर्ने स्वीकृति भारत सरकारले दिएकोमा उक्त एक्सचेन्जबाट २४सै घण्टा विद्युत आयात गर्न सक्ने व्यवस्थाकालागि समेत अनुरोध गरिएको छ ।

यसको सकारात्मक नतीजा चाँडै आउने विश्वास ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले व्यक्त गरेका छन् । माननीय मन्त्री खड्काको यस अघि फेब्रुअरीमा भएको भारत भ्रमणका क्रममा समेत भारतीय विद्युत मन्त्री माननीय श्री मनोहर लाल खट्टर समक्ष नेपाललाई विद्युत आयातमा थप सहयोग गर्न मन्त्री खड्काले विशेष आग्रह गर्नु भएको थियो ।
हाल नेपालमा औद्योगिक क्षेत्र दैनिक १२ घण्टासम्म लोडसेडिङ्गको मारमा परेका छन् । भारतबाट हाल दिउँसोको समयमा ८०० मेगावाट भन्दा बढी विद्युत आयात भइरहेपनि गत मार्च १६ देखि विहान ६ देखि बेलुका ६ बजेसम्म मात्र विद्युत उपलब्ध गराउने गरी स्वीकृति प्रदान गरिएको छ । जसका कारण विद्युत परिमाण पर्याप्त नहुँदा उद्योगहरु प्रभावित भएका छन् ।

ऊर्जामन्त्री दीपक खड्काले नेपालमा जलविद्युत उत्पादन सुख्खायाममा घट्ने भएको र आन्तरिक विद्युत उत्पादनले विद्युत माग पूरा गर्न संभव नरहेको हुँदा थप विद्युत सप्लाईका लागि भारत सरकारलाई अनुरोध गरिएकोमा भारत सरकार यसतर्फ सकारात्मक रहेको हुँदा निकट भविष्यमा नै हाल उद्योग व्यवसायमा देखिएको विद्युत आपूर्तीको समस्या हल हुने विश्वास गरिएको छ- मन्त्री खड्काले भन्नु भयो ।

ऊर्जा मन्त्रालयका अनुसार नेपालको अधिकांश जल विद्युत परियोजना ‘रन अफ दि रिभर’ प्रकृतिको भएको र करिब ३०० मेगावाट जडित क्षमताको सुख्खा याममा घटेर करिब ९०० मेगावाटमा झरेको अवस्था छ । यस्तो अवस्थामा भारतबाट विद्युत आयात आवश्यक पर्ने भएकोले सरकारले जलाशययुक्त ठूला जलविद्युत परियोजनाहरुलाई प्राथमिकता दिने नीति लिएको छ । साथै सौर्य ऊर्जा प्रवर्द्धनलाई समेत अघि बढाएको छ ।

नेपाल विद्युत प्राधिकरणले भारतीय एक्सचेन्ज बजारबाट विजुली खरिद गरी केही हदसम्म आन्तरिक माग पूर्ति गरिरहेको अवस्था छ । सुख्खायामका बेला भारतीय एक्सचेन्ज बजारबाट ‘सोलार आवर’ मा मात्र विद्युत आयात गर्न सकिने हुँदा उद्योगहरुलाई लोडसेडिङको चुनौती थपिएको छ । यसकालागि भारतले जम्मा १००४ मेगावाट विद्युत नेपाले आयात गर्ने स्वीकृति दिएको छ ।


प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१  १६:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल मंगलबार, जेठ ५, २०८३
वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न
वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न सोमबार, जेठ ४, २०८३
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं सोमबार, जेठ ४, २०८३
नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले ISO 9001:2015 प्रमाणीकरण प्राप्त
नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले ISO 9001:2015 प्रमाणीकरण प्राप्त आइतबार, जेठ ३, २०८३
स्थानीय तहको पुनर्संरचना तयारी
स्थानीय तहको पुनर्संरचना तयारी आइतबार, जेठ ३, २०८३
सिंहदरबारकै जग्गा अतिक्रमण
सिंहदरबारकै जग्गा अतिक्रमण आइतबार, जेठ ३, २०८३
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न शनिबार, जेठ २, २०८३
लोकप्रीय
  • Week
  • Month
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
युरिया मल प्रहरीको नियन्त्रणमा
युरिया मल प्रहरीको नियन्त्रणमा
मधेशका सबै नाकामा छोटी भन्सार सञ्चालन गर्न माग
मधेशका सबै नाकामा छोटी भन्सार सञ्चालन गर्न माग
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
अवैध काठ र ट्याक्टरसहित  एक व्यक्ति पक्राउ, १५  लाख बढीको सामान बरामद
अवैध काठ र ट्याक्टरसहित एक व्यक्ति पक्राउ, १५  लाख बढीको सामान बरामद
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्