Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
Dashain Banner Dashain Banner
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • मोदी जलविद्युत् परियोजनामा करोडौंको चलखेल, विवादित छनोट प्रक्रिया
मोदी जलविद्युत् परियोजनामा करोडौंको चलखेल, विवादित छनोट प्रक्रिया
Terai Report
Terai Report सोमबार, चैत ११, २०८१

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको मातहत रहेको १८ मेगावाट क्षमताको अप्पर मोदी जलविद्युत् परियोजना ठेक्का प्रक्रियामा आर्थिक अनियमितता र राजनीतिक हस्तक्षेप भएको गम्भीर आरोप लागेको छ। विश्वस्त स्रोतका अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ को संलग्नतामा दुई निश्चित कम्पनीलाई मात्र छनोट गर्ने तयारी भएको छ।

३.३५ अर्बको आयोजना, विवादास्पद छनोट प्रक्रिया

मोदी जलविद्युत् कम्पनी लिमिटेडले EPC मोडेलमा ३ अर्ब ३५ करोड रुपैयाँको लागतमा आयोजना निर्माण गर्न २०८१ माघ २३ गते ३५ दिने टेन्डर आह्वान गरेको थियो। यस अन्तर्गत साउथ एशियन इंफ्रास्ट्रक्चर प्रालि, टुन्डी कन्स्ट्रक्सन प्रालि, भुगोल कन्स्ट्रक्सन प्रालि, फेवा कन्स्ट्रक्सन प्रालि, वाइबा/रामेछाप कन्स्ट्रक्सन (आरएससी जेभी) प्रालि लगायत पाँच कम्पनीले आवेदन दिएका थिए।

तर, विश्वस्त स्रोतका अनुसार राज्यमन्त्री तामाङ र कुलमान घिसिङका दाजु गणेश घिसिङ आबद्ध दुई कम्पनी ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री तामाङ र कुलमानका दाजु गणेश घिसिङको कम्पनी वाइबा/RSC JV लाई संयुक्तरुपमा विद्युत प्राधिकरणको सहायक कम्पनी मोदी जलविद्युत निर्माणको जिम्मा दिन लागिएको हो। यी दुई कम्पनीलाई मात्र प्राविधिक रूपमा छनोट गरिएको छ। चैत ७ गते सार्वजनिक गरिएको सूचनामा अन्य तीन कम्पनीलाई सामान्य त्रुटि देखाएर अयोग्य ठहर गरिएको देखिन्छ।

ठेक्कामा चलखेल, प्रतिस्पर्धी कम्पनीलाई दबाब

स्रोतका अनुसार राज्यमन्त्री तामाङले अन्य प्रतिस्पर्धी कम्पनीलाई आवेदन फिर्ता लिन आग्रह गरेका थिए।
"तपाईंहरू अरू काम गर्नुहोस्, यो आवेदन फिर्ता लिएर हामीलाई सहयोग गर्नुहोस्। तपाईंहरूको लागेको खर्च पनि हामी नै मिलाउँछौं," राज्यमन्त्री तामाङले टेन्डर भरेका केही कम्पनीका प्रतिनिधिहरूसँग फोन संवादमा भनेका थिए।

तर, जब प्रतिस्पर्धी कम्पनीहरूले आवेदन फिर्ता लिन मानेनन्, PPMO (Public Procurement Monitoring Office) को मापदण्ड अनुसार सामान्य त्रुटि देखाई तीन कम्पनीलाई अयोग्य घोषणा गरियो। यसपछि राज्यमन्त्री तामाङ र कुलमान घिसिङका दाजुको कम्पनी मात्रै प्राविधिक रूपमा छनोट भई चैत १४ गते कम्पनी छनोट प्रक्रिया टुंगो लगाइने सूचना प्रकाशित गरियो।

अस्वाभाविक लागत, आयोजनामा आर्थिक अनियमितताको आशंका

छनोट भएका कम्पनीहरूले प्रतिमेगावाट १८ करोड रुपैयाँ लागत प्रस्ताव गरेका छन्। तर, पछिल्लो समय १४ करोड रुपैयाँ प्रतिमेगावाटमै जलविद्युत् आयोजना निर्माण भइरहेको अवस्थामा अस्वाभाविक लागत देखाएर आर्थिक चलखेल हुन लागेको आशंका गरिएको छ।

प्राधिकरणकै एक उच्च अधिकारीका अनुसार चयन प्रक्रियालाई पारदर्शी बनाउनुपर्छ भन्दै उठाइएका प्रश्नहरूलाई बेवास्ता गरिएको छ। यदि कम्पनी छनोट प्रक्रिया यथावत् अघि बढेमा यसले ठूलो आर्थिक घोटालाको रूप लिन सक्ने र दीर्घकालीन रूपमा जलविद्युत् क्षेत्रमा गम्भीर असर पार्न सक्ने जानकारहरू बताउँछन्।

मोदी जलविद्युत् परियोजनाको ठेक्का प्रक्रियामा देखिएको अनियमितता र राजनीतिक प्रभाव झनै विवादित बन्दै गएको छ। पारदर्शिता, प्रतिस्पर्धा र सुशासनको मर्म विपरीत यसरी दुई निश्चित कम्पनीलाई मात्र छनोट गर्ने अभ्यासले नेपालकै जलविद्युत् क्षेत्रको विश्वसनीयता माथि प्रश्न खडा गर्ने निश्चित छ। अब प्रश्न उठ्छ – के सरकारले यस विषयमा गम्भीर ध्यान दिनेछ, कि फेरि एकपटक आर्थिक चलखेलको चक्र दोहोरिनेछ?


प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  १२:२०
प्रतिक्रिया दिनुहोस्
20 20
थप समाचार
सहकारी पीडित र घाइतेहरूको तर्फबाट कुशलबलाई मन्त्री बनाउन माग
सहकारी पीडित र घाइतेहरूको तर्फबाट कुशलबलाई मन्त्री बनाउन माग बुधबार, कात्तिक १३, २०८२
धनुषा र रौतहटका एसपी फेरिए
धनुषा र रौतहटका एसपी फेरिए शुक्रबार, कात्तिक १, २०८२
चालु आवको तीन महिना सकियो, ४३ स्थानीय तहले हालसम्म ल्याएनन् बजेट
चालु आवको तीन महिना सकियो, ४३ स्थानीय तहले हालसम्म ल्याएनन् बजेट शुक्रबार, कात्तिक १, २०८२
बिहार विधानसभा निर्वाचन लक्षित गर्दै नेपाल–भारत सुरक्षा अधिकारीहरूको संयुक्त बैठक सम्पन्न
बिहार विधानसभा निर्वाचन लक्षित गर्दै नेपाल–भारत सुरक्षा अधिकारीहरूको संयुक्त बैठक सम्पन्न शुक्रबार, कात्तिक १, २०८२
पर्सा: १ अर्ब ६२ करोड बढी लगानी सहित ९ सय ६३ नयाँ घरेलु उद्योग दर्ता भई सञ्चालनमा
पर्सा: १ अर्ब ६२ करोड बढी लगानी सहित ९ सय ६३ नयाँ घरेलु उद्योग दर्ता भई सञ्चालनमा बिहीबार, असोज ३०, २०८२
प्रदेशसभा सदस्य सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता
प्रदेशसभा सदस्य सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता बिहीबार, असोज ३०, २०८२
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सहित दुई मन्त्रीको शपथग्रहण सम्पन्न
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सहित दुई मन्त्रीको शपथग्रहण सम्पन्न बिहीबार, असोज ३०, २०८२
23 23
लोकप्रीय
  • Week
  • Month
पर्यटन व्यवसायी शर्माद्धारा जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई २५ थान कुर्ची सहयोग
पर्यटन व्यवसायी शर्माद्धारा जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई २५ थान कुर्ची सहयोग
चुरियामाई मन्दिर नजिक बस दुर्घटना, दुई जनाको मृत्यु
चुरियामाई मन्दिर नजिक बस दुर्घटना, दुई जनाको मृत्यु
गृहमा २ घण्टा छलफल : नेताका बोलीदेखि काउन्टर जाहेरीले पार्न सक्ने सुरक्षा खतराको विश्लेषण
गृहमा २ घण्टा छलफल : नेताका बोलीदेखि काउन्टर जाहेरीले पार्न सक्ने सुरक्षा खतराको विश्लेषण
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा जसपाले भाग लिनेः पुर्वमन्त्री यादव
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा जसपाले भाग लिनेः पुर्वमन्त्री यादव
चार हजार हेक्टरमा लगाइएको बाली डुबानमा
चार हजार हेक्टरमा लगाइएको बाली डुबानमा
24 24
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

तराई रिपोर्ट

ठेगान: वीरगंज, पर्सा
इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

सम्पर्क नं:

९८४५०३५०५४
९८२७२६५५०४

सूचना विभाग दर्ता नंः

२५२३/०७७/०७८
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2025 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्