Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • पूर्वराजा ज्ञानेन्द्र शाहलाई गिरफ्तार गर्ने योजना ?
पूर्वराजा ज्ञानेन्द्र शाहलाई गिरफ्तार गर्ने योजना ?
Terai Report
Terai Report सोमबार, चैत ११, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गिरफ्तार गर्ने संकेत गरेका छन् । राजसंस्थाको पुनस्र्थापना, संघीयताको खारेजी, हिन्दू राष्ट्र स्थापनासहितका मागसहित आन्दोलन चर्किरहेका बेला प्रधानमन्त्री ओलीले यस’boutमा थप छलफल गर्दै अगाडि बढ्न खोजेका छन् ।

प्रधानमन्त्री ओलीद्वारा देउवा र प्रचण्डसँग अन्तिम छलफलको तयारीमा

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग थप छलफल गरेर अगाडि बढ्ने योजनामा रहेका छन् ।

यसअघि नै प्रधानमन्त्री ओली, देउवा र प्रचण्डबीच छलफल हुने भनिएको थियो । तर, माओवादी केन्द्रद्वारा हुलाकी राजमार्ग केन्द्रित आयोजित जनतासँग माओवादी कार्यक्रमका लागि प्रचण्ड तराई मधेशतर्फ गएकाले उनीहरूको भेट हुन सकेन । प्रचण्ड गएपछि ओली र देउवाबीच मात्रै छलफल भएको थियो ।

‘यो व्यवस्थालाई नै चुनौती दिँदै सडकमा उत्रिएपछि पूर्वराजालाई पनि गिरफ्तार गर्नुपर्ने हुन्छ, यस विषयमा ओलीले देउवासँग छलफल गरिसक्नुभएको छ, थप छलफल आवश्यक भएकाले प्रचण्डसँग भेट्ने योजना छ, तर प्रचण्ड तराई मधेशतिर भएकाले तीनै जना नेताको भेट हुन सकेको छैन,’ बालुवाटार स्रोतले भन्यो, ‘अब छिट्टै नै तीन नेताबीच छलफल हुन्छ, के गर्नुपर्छ व्यवस्था जोगाउन त्यो सबै गर्नुपर्नेमा नेताहरू सहमत नै हुनुहुन्छ ।’

प्रधानमन्त्री ओलीले यसअघि नै प्रचण्डसँग भेट्ने प्रयास गरेका थिए । संसद्को ७ चैतमा बसेको बैठकमा ओलीले प्रचण्डसँग भेट्ने प्रयास पटकपटक गरिए पनि भेट हुन नसकेको बताएका थिए । कांग्रेस सभापति देउवाले आइतबार आयोजित एक कार्यक्रममा पूर्वराजा फर्किन नसक्ने दाबी गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लगायतका दलहरू पूर्वराजालाई फर्काउने योजनासहित आन्दोलनमा उत्रिएपछि देउवाले पूर्वराजा फर्किन नसक्ने बताउँदै राप्रपाको अध्यक्ष बनाउनुपर्ने टिप्पणी गरेका छन् ।

माओवादी अध्यक्ष प्रचण्डले पूर्वराजालाई विभिन्न आरोप लगाउँदै संवैधानिक राजतन्त्र नफर्किने बताएका छन् । मूर्तिचोरदेखि भाइमारासम्मको आरोप प्रचण्डले यसअघि सिन्धुपाल्चोकको एक कार्यक्रममा लगाएका थिए । पूर्वराजालाई फर्काउनका लागि राप्रपाले आन्दोलन गरेपछि प्रचण्डले राजा कुनै पनि हालतमा नफर्किने ठोकुवासमेत गरेका छन् ।

प्रधानमन्त्री ओलीले यसअघि बसेको एमाले सचिवालय बैठकमा पूर्वराजाबाट व्यवस्थालाई चुनौती दिने काम बढ्दै गए गिरफ्तारसम्म गर्न सकिने जानकारी गराएको एक नेताले जनाएका छन् । गणतन्त्रविरुद्ध षड्यन्त्र भइरहेको बताउँदै उनले आफू नेतृत्वको सरकारलाई विस्थापित गर्ने योजनासमेत रहेको बताएका थिए ।

भारतीय पक्षबाट आफू नेतृत्वको सरकार ढाल्ने योजना बनेको बताउँदै उनले आफूले त्यसको प्रतिकार गर्ने जानकारी एमाले नेतालाई गराएका थिए । गत ४ चैतमा बसेको सचिवालय बैठकमा ओलीले भारतीय जासुसी संस्था ‘रअ’ले आफू नेतृत्वको सरकारविरुद्ध गतिविधि गरेको बताउँदै त्यसो हो भने आफूले संसद्मै त्यसका ’boutमा खुला रूपमा बोल्ने बताएका थिए ।

एमाले स्रोतका अनुसार ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउन दमकदेखि काठमाडौंसम्म भारतीयहरू परिचालित भएको बैठकमा खुलासा गरेका थिए । उनले आफूलाई हटाउने भारतीय चलखेललाई पनि देखाइदिने चेतावनी दिएका छन् । यसका साथै राजतन्त्र पुनस्र्थापनाको आन्दोलनमा भारतीयको पनि साथ सहयोग रहेको ओलीले बताएका थिए ।

प्रधानमन्त्री भएदेखि नै ओलीको भारतीय पक्षसँग सम्बन्ध सुधार हुन सकेको छैन । अरू प्रधानमन्त्रीलाई पदमा जानेबित्तिकै औपचारिक भ्रमणका लागि निम्तो दिने भारतले ओलीलाई नौ महिनासम्म पनि आमन्त्रण गरेको छैन ।

त्यसका लागि पटकपटक भएका प्रयास सफल हुन सकेको छैन । पछिल्लो समय परराष्ट्रमन्त्री आरजु देउवा राणाले प्रयास गरे पनि उनी पनि असफल भएकी छन् । स्वयं प्रधानमन्त्री ओलीले चीन भ्रमणपश्चात् भारत भ्रमणमा जाने उद्घोष गरेका थिए । साभार : राजधानी दैनिक


प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  १२:४२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल मंगलबार, जेठ ५, २०८३
वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न
वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न सोमबार, जेठ ४, २०८३
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं सोमबार, जेठ ४, २०८३
नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले ISO 9001:2015 प्रमाणीकरण प्राप्त
नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले ISO 9001:2015 प्रमाणीकरण प्राप्त आइतबार, जेठ ३, २०८३
स्थानीय तहको पुनर्संरचना तयारी
स्थानीय तहको पुनर्संरचना तयारी आइतबार, जेठ ३, २०८३
सिंहदरबारकै जग्गा अतिक्रमण
सिंहदरबारकै जग्गा अतिक्रमण आइतबार, जेठ ३, २०८३
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न शनिबार, जेठ २, २०८३
लोकप्रीय
  • Week
  • Month
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
युरिया मल प्रहरीको नियन्त्रणमा
युरिया मल प्रहरीको नियन्त्रणमा
मधेशका सबै नाकामा छोटी भन्सार सञ्चालन गर्न माग
मधेशका सबै नाकामा छोटी भन्सार सञ्चालन गर्न माग
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
अवैध काठ र ट्याक्टरसहित  एक व्यक्ति पक्राउ, १५  लाख बढीको सामान बरामद
अवैध काठ र ट्याक्टरसहित एक व्यक्ति पक्राउ, १५  लाख बढीको सामान बरामद
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्