Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • अन्न भित्र्याउन छाडेर गणतन्त्र जोगाउन राजधानीमा
अन्न भित्र्याउन छाडेर गणतन्त्र जोगाउन राजधानीमा
Terai Report
Terai Report शनिबार, चैत १६, २०८१

काठमाडौँ । यतिबेला तराईमा रबी बाली भित्र्याउने चटारो छ। खेसरी, मुसुरो र रहर भित्र्याउन किसानलाई भ्याइनभ्याई छ। तर सिरहा कर्जन्हा–६ का रामवली पासवान भने रहर दाल भित्र्याउनेभन्दा पनि गणतन्त्र जोगाउन भनेर काठमाडौं आएका छन्।

‘गणतन्त्रमा कसैको आँखा लागेको थाहा पाएपछि पाकेको अन्न भित्र्याउने र नयाँ बाली लगाउने बेलामा हामी काठमाडौं आएका छौं,’ शुक्रबार प्रदर्शनीमार्गमा समाजवादी मोर्चाद्वारा आयोजित खबरदारी सभामा भेटिएका पासवानले भने, ‘गणतन्त्र जोगाएर मात्र फर्कनेछौं।’

गणतन्त्रले समाजमा छुवाछुत तथा अन्य विभेद मेटाएको उनको अनुभव छ। जातपातको विभेदमा कमी आएको र गाउँघरको सामन्ती प्रथा अन्त्य हुँदै गएको उनले राम्ररी बुझेका छन्। ‘अन्न बिग्रिए एक साल नोक्सान हुन्छ’, उनले भने, ‘गणतन्त्र मासिए युगको उपलब्धि नै नोक्सान हुन्छ।’

उतिबेला राजतन्त्रविरुद्धको आन्दोलनमा समेत सहभागी भएका ६१ वर्षीय पासवानले गणतन्त्र आएपछि धेरै कुरामा परिवर्तन आएको सुनाए। ‘हो, केही कमीकमजोरी भएका छन्, तिनलाई नेताले सच्याउनु पर्छ,’ उनले भने, ‘गणतन्त्र मास्ने कुरा कदापि सह्य हुँदैन।’

 पासवानको कुरामा सहमत छन् श्रीराम यादव पनि। आन्दोलनमा सहभागी हुन बिहीबार राति मधेसबाट राजधानीतर्फ हानिएका उनी शुक्रबारको खबरदारी सभामा अनिदो अवस्थामा भेटिए। ‘हामी चिउरा र प्याज बोकेर आएका हौं,’ उनले भने, ‘हामीलाई गणतन्त्र जोगाउनु छ।’

कसैको निगाहले नभएर जनआन्दोलनले प्राप्त भएको गणतन्त्र जोगाउन पनि जनता जाग्नुपर्ने उनले बताए।

गणतन्त्रको विरोधमा तराईमा पनि झिनो आवाज उठ्न थालेको सुनाउँदै उनले राजधानीमा अलि चर्को आवाज उठेको थाहा पाएपछि खबरदारी सभामा सहभागिता जनाउन आएको बाराकी सुमित्रा धानुकले बताइन्। ‘हामी बाली भित्र्याउन छाडेर आएका हौं,’ उनले भनिन्, ‘यहाँबाट फर्केर अन्न भित्र्याउने छौं।’

पछिल्लो परिवर्तनका कारण नै मुलुक संघीयतामा गएको र त्यसले ग्रामीण क्षेत्रको विकासमा योगदान दिएको धेरैको बुझाइ छ। यस्तो अवस्थामा फेरि गणतन्त्र मासेर पुरानो बाटो हिँडाउने कार्य उनीहरूलाई मन परेको छैन। ‘गोरुगाडा नहिँड्ने बाटोमा अहिले मोटर चल्न थालेका छन्,’ धनुषाको धनौजीका प्रह्लाद ठाकुरले भने, ‘छोरीहरूले गाउँकै कलेज पढ्न पाएका छन्।’

गणतन्त्र मासेर हामी फेरि पुरानो युगमा फर्कन नचाहने उनले बताइन्। ‘अब अगाडि बढ्ने हो,’ उनी भन्छिन्, ‘पछाडि फर्कने कुरै छैन।’ साभार : नागरिक दैनिक


प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  १२:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल मंगलबार, जेठ ५, २०८३
वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न
वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न सोमबार, जेठ ४, २०८३
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं सोमबार, जेठ ४, २०८३
नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले ISO 9001:2015 प्रमाणीकरण प्राप्त
नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले ISO 9001:2015 प्रमाणीकरण प्राप्त आइतबार, जेठ ३, २०८३
स्थानीय तहको पुनर्संरचना तयारी
स्थानीय तहको पुनर्संरचना तयारी आइतबार, जेठ ३, २०८३
सिंहदरबारकै जग्गा अतिक्रमण
सिंहदरबारकै जग्गा अतिक्रमण आइतबार, जेठ ३, २०८३
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न शनिबार, जेठ २, २०८३
लोकप्रीय
  • Week
  • Month
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
युरिया मल प्रहरीको नियन्त्रणमा
युरिया मल प्रहरीको नियन्त्रणमा
मधेशका सबै नाकामा छोटी भन्सार सञ्चालन गर्न माग
मधेशका सबै नाकामा छोटी भन्सार सञ्चालन गर्न माग
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
अवैध काठ र ट्याक्टरसहित  एक व्यक्ति पक्राउ, १५  लाख बढीको सामान बरामद
अवैध काठ र ट्याक्टरसहित एक व्यक्ति पक्राउ, १५  लाख बढीको सामान बरामद
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्