Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • एघार जनाविरुद्ध राजद्रोहको अभियोग
एघार जनाविरुद्ध राजद्रोहको अभियोग
Terai Report
Terai Report सोमबार, चैत १८, २०८१

काठमाडौँ । राजावादी समूहले शुक्रबार काठमाडौँको तीनकुनेमा आयोजना गरेको प्रदर्शन हिंसात्मक बनाएको आरोपमा पक्राउ परी हिरासतमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणासहित ११ जनाविरुद्ध राजद्रोह तथा सङ्गठित अपराधको कसुरमा अनुसन्धान सुरु भएको छ । 

जिल्ला अदालत काठमाडौँले मिश्र, राणासहित ११ जनामाथि राजद्रोहको कसुर तथा अन्य ३० जनाविरुद्ध आपराधिक उपद्रव तथा सङ्गठित अपराधको कसुरमा अनुसन्धान गर्न प्रहरीलाई पाँच दिनको अनुमति दिएको हो । न्यायाधीश तारादेवी महर्जनको इजलासले म्याद थप गरेको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिनुभयो । 

शान्तिपूर्ण भनिएको प्रदर्शन आगजनी, तोडफोड र लुटपाटमा परिणत भई हिंसात्मक बनेपछि प्रदर्शनकारीले लगाएको आगोमा परी टेलिभिजन पत्रकार सुरेश रजक र कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको थियो । सो घटनामा निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी गरी ठुलो भौतिक क्षति गराइएको छ । हिंसात्मक प्रदर्शनमा संलग्न अन्य ३१ जनालाई आपराधिक उपद्रवको कसुरमा अदालतबाट म्याद थप भई अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक अपिलराज बोहोराका अनुसार प्रदर्शन भड्काउने मुख्य व्यक्ति दुर्गा प्रसाईं फरार रहेकाले खोजीकार्य तीव्र पारिएको छ । प्रसाईंले आइतबार एक भिडियो सन्देश जारी गर्दै आफू सुरक्षित रहन काठमाडौँको एक कुनै मन्दिरमा लुकेर बसेको दाबी गरे पनि प्रहरीले प्रसाईं अझै फेला पार्न सकेको छैन । 

जिल्ला प्रहरीपरिसर काठमाडौँको हिरासतमा रहेका ४१ जनालाई आइतबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमार्फत अदालतमा पेस गरेको थियो । जिल्ला अदालत काठमाडौँले प्रहरी हिरासतमा रहेका रवीन्द्र मिश्र, धवलशमशेर राणासहित ११ जनामाथि राज्यविरुद्धको कसुर तथा सङ्गठित अपराधको अभियोगमा अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको परिसरका प्रवक्ता अपिलराज बोहराले जानकारी दिनुभयो ।

काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख सहन्यायाधिवक्ता रामहरि काफ्लेका अनुसार घटनामा संलग्न अन्य ३० जनाविरुद्ध आपराधिक उपद्रव र सङ्गठित अपराधको कसुरमा अनुसन्धान हुने छ ।­

प्रदर्शनको संयोजक पञ्चनेता नवराज सुवेदी बनेका थिए भने प्रदर्शनको समर्थन राप्रपा र राप्रपा नेपालले गरेका थिए । प्रदर्शनका क्रममा दुर्गा प्रसाईंले सुरक्षार्थ तैनाथ प्रहरीको हत्या गर्ने उद्देश्यले आफूले हाँकेको गाडी प्रहरीमाथि नै चलाउन खोजेको दृश्य सार्वजनिक भएका थिए ।

त्यसै गरी रवीन्द्र मिश्र तथा धवलशमशेर राणालगायतले प्रदर्शनको नेतृत्व गरेका थिए । उनीहरूले सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड तथा सरकारी सवारीसाधनमा आगजनी गर्न प्रदर्शनकारीलाई उक्साएका भिडियोसमेत बाहिरिएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

कुल ४१ जनाविरुद्ध प्रहरीले अनुसन्धान गर्ने भएको छ । उनीहरूमाथि प्रहरीले सङ्गठित अपराधमा पनि अनुसन्धान गर्ने भएसँगै ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने भएको छ ।

भाटभटेनी लुटपाट गर्ने नौ जना पक्राउ 

राजावादीको आन्दोलनमा सहभागी भई कोटेश्वरमा रहेको भाटभटेनी सुपरमार्केटमा लुटपाट गर्ने नौ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुपरमार्केटमा पसी ब्ल्याक लेबल, ज्याक ड्यानियल्स लुट्ने धनुषाका आशिष सिंह, चार वटा बियरको बोतल लुटपाट गरी भागेका सर्लाहीका प्रेमकुमार महतो, भारतीय नागरिक रविरञ्जन कुमार, नुवाकोटकी सुशीला कुमाल, धरानकी एलिसा राई र कोटेश्वरकी बालकुमारी कार्कीलाई पक्राउ गरेको छ ।

त्यसै गरी स्याउलगायत फलफूल चोरी गरी फरार सिन्धुपाल्चोककी निर्मला कार्की, सिन्धुलीकी चित्रमाया बस्नेत र सुस्मिता बराललाई समेत प्रहरीले चोरी गरेको सामानसहित पक्राउ गरेको छ । पक्राउ परकाविरुद्ध प्रहरी वृत्त नयाँबानेश्वरले थप अनुसन्धान गरिरहेको जनाएको छ । 


प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  १२:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल मंगलबार, जेठ ५, २०८३
वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न
वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न सोमबार, जेठ ४, २०८३
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं सोमबार, जेठ ४, २०८३
नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले ISO 9001:2015 प्रमाणीकरण प्राप्त
नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले ISO 9001:2015 प्रमाणीकरण प्राप्त आइतबार, जेठ ३, २०८३
स्थानीय तहको पुनर्संरचना तयारी
स्थानीय तहको पुनर्संरचना तयारी आइतबार, जेठ ३, २०८३
सिंहदरबारकै जग्गा अतिक्रमण
सिंहदरबारकै जग्गा अतिक्रमण आइतबार, जेठ ३, २०८३
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न शनिबार, जेठ २, २०८३
लोकप्रीय
  • Week
  • Month
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
युरिया मल प्रहरीको नियन्त्रणमा
युरिया मल प्रहरीको नियन्त्रणमा
मधेशका सबै नाकामा छोटी भन्सार सञ्चालन गर्न माग
मधेशका सबै नाकामा छोटी भन्सार सञ्चालन गर्न माग
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
अवैध काठ र ट्याक्टरसहित  एक व्यक्ति पक्राउ, १५  लाख बढीको सामान बरामद
अवैध काठ र ट्याक्टरसहित एक व्यक्ति पक्राउ, १५  लाख बढीको सामान बरामद
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्