Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • ऊर्जा मन्त्रालयको हटलाइन सेवा प्रभावकारी बन्दै, सेवाग्राही सन्तुष्ट
ऊर्जा मन्त्रालयको हटलाइन सेवा प्रभावकारी बन्दै, सेवाग्राही सन्तुष्ट
Terai Report
Terai Report मंगलबार, चैत १९, २०८१

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सञ्चालनमा ल्याएको हटलाइन सेवा (११५१) प्रभावकारी बन्दै गएको छ। उक्त सेवाको प्रभावकारिताले नागरिकहरू खुशी भएका छन्। अनावश्यक ढिलासुस्ती, सूचना बिना नै बत्ती काट्ने, मिटर नपाउने, ट्रान्सफर्मर जल्ने, अनियमित मिटर रिडिङ तथा अनावश्यक झन्झट जस्ता विद्युत् प्राधिकरणका विभिन्न समस्याका गुनासोहरू समाधान गर्न हटलाइन सेवा प्रभावकारी सावित भएको छ।

मन्त्रालयको निर्देशनअनुसार हटलाइनमा आएका गुनासोलाई यथाशक्य चाँडो सम्बोधन गर्न समन्वय गरिने गरेको छ। ऊर्जामन्त्री दिपक खड्काले हटलाइन सेवाको प्रभावकारिता बढाउन निर्देशन दिएसँगै गुनासो टिपाउने तथा समाधान गराउने कार्य झन् प्रभावकारी भएको हटलाइन शाखाका कर्मचारीहरूले बताएका छन्।

नागरिकको सहजताका लागि  ऊर्जा मन्त्रालयले हटलाइनलाई २४ घण्टे सेवा बनाएको छ, जसअन्तर्गत तीन सिफ्टमा कर्मचारी खटिएका छन्। हटलाइन सेवाका प्रमुख रामकृष्ण पौडेलका अनुसार गुनासो आउनेबित्तिकै सम्बन्धित कार्यालय र वितरण केन्द्रका प्रमुखलाई जानकारी दिइन्छ र समाधानका लागि तत्काल कदम चालिन्छ।

गुनासो र समाधानका प्राथमिकता हटलाइन सेवा मार्फत प्राप्त गुनासोहरूमध्ये गएको फागुन महिनामा १९०२ वटा उजुरी दर्ता भएका छन्। भने चालु चैत्र महिनामा मात्र पनि एक हजारभन्दा बढी गुनासो दर्ता भएको बताइन्छ । तीमध्ये धेरैजसो उजुरी ट्रान्सफर्मर जलेको, पोल ढलेको, विद्युत् आपूर्तिमा अवरोध, भोल्टेज कम आउनुजस्ता विषयमा रहेका छन्। ट्रान्सफर्मर फेर्ने, क्षमता घटबढ, आगलागीलगायतका समस्याहरू पनि दर्ता गराइएको हटलाइन सेवामा कार्यरत सुपरभाइजर एकबहादुर महर्जनले भने । फेसबुक, भाइबर लगायतका डिजिटल माध्यमबाट पनि सेवाग्राहीहरूले गुनासो गर्ने गरेका छन्। केही उजुरीहरू बायोग्यास तथा वैकल्पिक ऊर्जा सम्बन्धी, जल तथा मौसम सम्बन्धी जानकारीका लागि तथा इभी चार्जिङसम्बन्धी समस्या समाधानका लागि आउने गरेको महर्जनले बताए ।

“चुहावट नियन्त्रणमा पनि प्रभावकारी हटलाइन हटलाइन सेवामा विद्युत् चुहावटसम्बन्धी जानकारी प्राप्त भएपछि उजुरीकर्ताको परिचय गोप्य राखी सम्बन्धित निकायलाई निर्देशन दिइने गरिएको छ। यसबाट विद्युत् चुहावट नियन्त्रणमा सकारात्मक प्रभाव परेको छ”-महर्जनले भने ।

सबैभन्दा बढी गुनासो बागमती र मधेश प्रदेशबाट मन्त्रालयको हटलाइन सेवामा बागमती र मधेश प्रदेशबाट सबैभन्दा बढी गुनासो प्राप्त भएको छ। यी क्षेत्रहरूमा विद्युत् आपूर्तिका समस्याहरूलाई सम्बोधन गर्न थप जनशक्ति परिचालन गरिएको छ। हटलाइन सेवामा कार्यरत रामकृष्ण पौडेल, एकबहादुर महर्जन, भूपराज खनाल, भैरव चन्द, धर्मकुमारी लामिछाने, मैना थापा, गीता विष्ट लगायतका कर्मचारीहरूले निरन्तर सेवा दिइरहेका छन्।

मन्त्रालयमै सिधै गुनासो गर्न पाउने व्यवस्था भएपछि जिल्लास्थित कार्यालयमा हुने ढिलासुस्ती हाल हट्दै गएको उपभेक्ताहरु बताउँछन् । ऊर्जा मन्त्रालयको हटलाइन सेवा विस्तार र प्रविधिमा आधारित प्रभावकारी व्यवस्थापनका कारण नागरिकहरूको विश्वास बढ्दै गएको छ। सेवाग्राहीहरूको गुनासो तुरुन्त सम्बोधन गर्न सकिने भएकाले मन्त्रालयले आगामी दिनमा पनि सेवा अझ परिष्कृत गर्दै लैजाने जनाएको छ।


प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१  १४:१५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल मंगलबार, जेठ ५, २०८३
वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न
वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न सोमबार, जेठ ४, २०८३
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं सोमबार, जेठ ४, २०८३
नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले ISO 9001:2015 प्रमाणीकरण प्राप्त
नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले ISO 9001:2015 प्रमाणीकरण प्राप्त आइतबार, जेठ ३, २०८३
स्थानीय तहको पुनर्संरचना तयारी
स्थानीय तहको पुनर्संरचना तयारी आइतबार, जेठ ३, २०८३
सिंहदरबारकै जग्गा अतिक्रमण
सिंहदरबारकै जग्गा अतिक्रमण आइतबार, जेठ ३, २०८३
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न शनिबार, जेठ २, २०८३
लोकप्रीय
  • Week
  • Month
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
युरिया मल प्रहरीको नियन्त्रणमा
युरिया मल प्रहरीको नियन्त्रणमा
मधेशका सबै नाकामा छोटी भन्सार सञ्चालन गर्न माग
मधेशका सबै नाकामा छोटी भन्सार सञ्चालन गर्न माग
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
अवैध काठ र ट्याक्टरसहित  एक व्यक्ति पक्राउ, १५  लाख बढीको सामान बरामद
अवैध काठ र ट्याक्टरसहित एक व्यक्ति पक्राउ, १५  लाख बढीको सामान बरामद
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्