Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • घर–घरमा स्वच्छ खानेपानी पुर्‍याउनु सरकारको प्रमुख लक्ष्य हो : मन्त्री यादव
घर–घरमा स्वच्छ खानेपानी पुर्‍याउनु सरकारको प्रमुख लक्ष्य हो : मन्त्री यादव
Terai Report
Terai Report शनिबार, वैशाख १३, २०८२

धनकुटा (सङ्गुरीगढी) । खानेपानीमन्त्री प्रदीप यादवले नेपाली नागरिकका घर–घरमा स्वच्छ अनि शुद्ध खानेपानी पुर्‍याउनु सरकारको प्रमुख लक्ष्य रहेको बताउनु भएको छ । आज धाकुटा स्थित बुढीमोरङ बृहत् लिफ्टिङ खानेपानी तथा सरसफाइ आयोजनाको शिलान्यास गर्नु हुँदै उहाँले नेपाली नागरिकका घर–घरमा स्वच्छ अनि शुद्ध खानेपानी पुर्‍याउने लक्ष अनुसार तीब रुपमा काम भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी एउटा ऐतिहासिक यात्राको प्रारम्भ गर्दैछौँ । आजको शिलान्यास समारोहले सङ्गुरीगढी गाउँपालिकाका–१ र २ वडाका बासिन्दाहरूका लागि स्वच्छ र गुणस्तरीय पानीको पहुँच सुनिश्चित गर्ने दिशामा नयाँ युगको सुरुवात गरेको छ ।” 

यसैगरी मन्त्री यादवले आज शिलान्यास गरिएको आयोजनाले यहाँका बासिन्दाहरूको दीर्घकालीन सपना पूरा गर्ने दिशामा उठाइएको ठोस कदम भएको तथा यसले खानेपानी तथा सरसफाइ सेवाको सहज पहुँच सुनिश्चित गर्नेछ भन्ने आफुले बिश्वास लिएको जानकारी दिनुभयो ।
संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच संविधानअनुसारको समन्वयमा योजना निर्माण, कार्यान्वयन र निगरानी गरि जनताको अधिकार सुनिश्चित गर्ने सङ्कल्प रहेको मन्त्री यादवले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सुरक्षित र दिगो खानेपानी सेवा प्रत्येक नागरिकको अधिकार हो भन्ने सरकारको अठोट अनुसार, देशभरिका दुर्गम, ग्रामीण तथा पिछडिएको क्षेत्रहरूमा गुणस्तरीय खानेपानी पहुँच पुर्‍याउने लक्ष्यमा हामी अग्रसर छौँ । यो आयोजना त्यही लक्ष्यतर्फको ठोस पाइला हो ।” दीर्घकालीन दृष्टिकोणसहित सञ्चालनमा ल्याइने यो आयोजना सरकारले नागरिकप्रतिको उत्तरदायित्वप्रति देखाएको प्रतिबद्धताको स्पष्ट प्रमाण भएकाले अब हाम्रै सहभागिता, सहकार्य र निगरानीले मात्र यसको सफल कार्यान्वयन सम्भव हुने उहाँको भनाई छ ।

आफुले नेपाल सरकारको खानेपानी मन्त्रीको जिम्मेवारी सम्हालेपछि जनतालाई अझै आर्थिक रूपमा सरल र सहजता प्रदान गर्न सह–लगानी मोडेललाई शून्य प्रतिशत बनाउन प्रतिवद्ध रहेको मन्त्री यादवले जानकारी दिनुभयो । “सह–लगानी मोडेललाई सरल र जनमैत्री बनाउने पक्षमा नीति परिमार्जन गर्दै  ८५ / १५ मा रूपान्तरण गरिसकेको छु ।  विकट, दुर्गम, सीमान्तकृत समुदायमा विशेष प्राथमिकता दिन म निरन्तर लागिपरेको छु,” उहाँले भन्नुभयो ।

देशभरिका खानेपानी योजनाहरूको स्थलगत निरीक्षणमा आफु हरेक ठाउँमा पुगिरहेको तथा समस्या बुझ्न, समाधान खोज्न, र योजनाहरूलाई गति दिन लागिपरेको उहाँले बताउनुभयो । आयोजना कार्यान्वयनको प्रत्येक चरणमा समयपालन र उच्च गुणस्तर सुनिश्चित गर्न आफ्नो स्पष्ट निर्देशन तथा कडा निगरानी रहने बताउनुहुँदै मन्त्री यादवले यस आयोजनालाई निर्धारित समयमै, गुणस्तरीय रूपमा, र पारदर्शिताका साथ सम्पन्न गरिने प्रतिबद्धता  समेत व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “खानेपानी मात्र होइन, सरसफाइ पनि हाम्रो सरोकार हो । खुला दिसामुक्त समाज, स्वच्छ विद्यालय, र सफा बस्ती बनाउने कार्यमा सरकार पूर्ण प्रतिबद्ध छ ।” खानेपानी मन्त्रालयका सतिव इञ्जिनियर प्रमिलादेबी शाक्य बज्राचार्यले नेपाली नागरिकलाई शुद्ध, स्वच्छ खानेपानी उपलबध गराउने उदेश्यले बुढीमोरङ आयोजना जस्ता परियोजनाहरु देशका विभिन्न कुनामा तीव्र गतिमा अघि बढाउदै लगिएकाले अब खानेपानीका जटिल चुनौतीहरू र समस्याहरु चाडै समाधान हुने बिश्वास व्यक्त गर्नुभयो । 

WhatsApp-Image-2025-04-26-at-4.51.23-PM-1745674745.jpeg
उहाँले भन्नुभयो, “खानेपानीका समस्या समाधन गर्नका लागि हामी अहोरात्र खटिएका छौँ । नागरिकका खानेपानीका समस्या अब दीर्घकालिन रुपमा समाधान हुने छन् । आगामी आर्थिक वर्षमा पनि यो योजना निरन्तरता हुनेछ ।” कार्यक्रममा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इञ्जिनियर रामकुमार श्रेष्ठले आजको यो दिन केवल एउटा खानेपानी आयोजनाको शुरुवात मात्र नभई यो साङ्गुरीगढीवासीको स्वास्थ्य, सम्मान र समृद्ध जीवनशैलीको यात्रामा एउटा महत्वपूर्ण पाइला भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “पहाडको काखमा पानीको तिर्खा बोकेर बसेका वस्तीहरुमा यस आयोजनाले सेवा दिनेछ । आज शिलान्यास गरिएको उक्त आयोजना अन्तर्गत चार सय ६४ घरपरिवार र दुई हजार दुई सय १३ जनसङ्ख्या प्रत्यक्ष रूपमा लाभान्वित हुने छन् ।” उक्त आयोजनाको मुख्य स्रोत काम्फुवा खोलाबाट प्रति सेकेन्ड २२ लिटर पानी लिफ्टिङ प्रविधिबाट आउने जनाइएको छ । आयोजना कार्यान्वयनको कुल लागत रु सात करोड २१ लाख ७७ हजार सात सय ३७ रहेको संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयले जनाएको छ । 

जसमा सरकारको योगदान ९० प्रतिसत अर्थात् रु चार करोड ७४ लाख १६ हजार ३१ रहनेछ भने समुदायबाट १० दश प्रतिसत लगानी बराबर रु ५२ लाख ६८ हजार चार सय ४७ सङ्कलन गरिने छ । आयोजनामा पम्प हाउस, ब्रेक प्रेसर ट्याङ्की, इलेक्ट्रिकल ट्रान्समिशन लाइन, भल्भ चेम्बर लगायतका अत्यावश्यक पूर्वाधार संरचनाहरू समावेश गरिएका छन्, जसले सम्पूर्ण प्रणालीको प्रभावकारी सञ्चालन सुनिश्चित गर्ने जनाइएको छ । यस आयोजना कार्यान्वयनका लागि ठेक्का सम्झौता रकम रु चार करोड ४९ लाख ९९ हजार नौँ सय ४१ तय गरिएको छ ।

उक्त शिलान्यास कार्यक्रममा सङ्गुरीगढी गाउँपालिकाका जनप्रतिनिधि, राजनैतिक दलका नेता, कर्मचारी लगायत स्थानीयवासीहरुको सहभागीता रहेको थियो ।


प्रकाशित मिति: शनिबार, वैशाख १३, २०८२  १९:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल मंगलबार, जेठ ५, २०८३
वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न
वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न सोमबार, जेठ ४, २०८३
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं सोमबार, जेठ ४, २०८३
नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले ISO 9001:2015 प्रमाणीकरण प्राप्त
नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले ISO 9001:2015 प्रमाणीकरण प्राप्त आइतबार, जेठ ३, २०८३
स्थानीय तहको पुनर्संरचना तयारी
स्थानीय तहको पुनर्संरचना तयारी आइतबार, जेठ ३, २०८३
सिंहदरबारकै जग्गा अतिक्रमण
सिंहदरबारकै जग्गा अतिक्रमण आइतबार, जेठ ३, २०८३
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न शनिबार, जेठ २, २०८३
लोकप्रीय
  • Week
  • Month
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
युरिया मल प्रहरीको नियन्त्रणमा
युरिया मल प्रहरीको नियन्त्रणमा
मधेशका सबै नाकामा छोटी भन्सार सञ्चालन गर्न माग
मधेशका सबै नाकामा छोटी भन्सार सञ्चालन गर्न माग
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
अवैध काठ र ट्याक्टरसहित  एक व्यक्ति पक्राउ, १५  लाख बढीको सामान बरामद
अवैध काठ र ट्याक्टरसहित एक व्यक्ति पक्राउ, १५  लाख बढीको सामान बरामद
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्