Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • फोटो पत्रकारिताले निष्पक्षता र सत्य उजागर गरेको छ: मन्त्री खड्का
फोटो पत्रकारिताले निष्पक्षता र सत्य उजागर गरेको छ: मन्त्री खड्का
Terai Report
Terai Report शनिबार, वैशाख १३, २०८२

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले अप्ठेरो परिस्थितिमा समेत फोटो पत्रकारहरूले निष्पक्ष ढङ्गले सत्य उजागर गर्ने कार्य गरेको प्रशंसा गरेका छन्। उनले शब्दलाई बंग्याएर राख्न सकिएला तर फोटो पत्रकारिताले निष्पक्षतापूर्वक दुष्प्रचारलाई खण्डन गर्ने क्षमता राख्ने बताएका छन्। मन्त्री खड्काले आफूलाई जोखिममा पारेर श्रव्यदृश्यसहितको सूचना दिने विधा फोटो पत्रकारिता रहेको उल्लेख गर्दै देशभरिका फोटो पत्रकारहरूलाई सम्मान गरेर आगामी पुस्तालाई थप ऊर्जा प्रदान गरिएको बताए। उनले आज सफल फोटो पत्रकारहरूले भोलिको पुस्तालाई ऊर्जाशील बनाएको भन्दै शुभकामना पनि व्यक्त गरे।

WhatsApp-Image-2025-04-26-at-6.06.38-PM-1745675380.jpeg
सभामुख देवराज घिमिरेले फोटो पत्रकारिता लोकतान्त्रिक समाजको महत्वपूर्ण अङ्ग भएको बताउँदै फोटो पत्रकारिताले देशको वास्तविक ऐना प्रस्तुत गर्ने महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन्। राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालको आयोजनामा शनिबार ललितपुरमा सम्पन्न पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५ समारोहमा प्रमुख अतिथि घिमिरेले प्रजातन्त्र, लोकतन्त्र र लोकतान्त्रिक गणतन्त्रमा पत्रकारिता मात्र नभई फोटो पत्रकारिताले पनि उल्लेखनीय योगदान पुर्‍याएको स्पष्ट पारे। उनले तस्वीरहरू मार्फत हजारौँ भ्रमात्मक सन्देशलाई खण्डन गर्दै देशको यथार्थ उजागर गर्ने काम फोटो पत्रकारहरूले गर्दै आएको उल्लेख गरे। सभामुख घिमिरेले फोटो पत्रकारिताले विगतदेखि वर्तमान हुँदै भविष्यसम्म हाम्रो यात्रालाई डोर्याएको बताए। उनले हालै चैत्र १५ गते पत्रकार सुरेश रजकले ज्यान गुमाएको घटनालाई स्मरण गर्दै फोटो पत्रकारिता जोखिमपूर्ण र चुनौतीपूर्ण पेसा भएको प्रष्ट पारे। घिमिरेले फोटो पत्रकारिताको योगदानलाई देशले चिनेको भन्दै आगामी दिनमा फोटो पत्रकारिताका अप्ठ्यारा र चुनौतीलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे।

समारोहमा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने फोटो पत्रकारहरूलाई सम्मान गरिएको थियो। नेपाल टेलिकम दैनिक जीवन फोटो पत्रकारिता अवार्ड नयाँ पत्रिकाका दीपेन्द्र ढुंगानाले प्राप्त गरे। पन्चकन्या ग्रुप महिला फोटो पत्रकारिता अवार्ड गोरखापत्र दैनिककी कविता थापाले जितिन्। सूर्यज्योति लाइफ इन्स्योरेन्स राजनीतिक फोटो पत्रकारिता अवार्ड द हिमालयन टाइम्सका स्कन्द गौतमले पाए। डिश होम इन्टरनेट खेलकुद फोटो पत्रकारिता अवार्ड उदिप्त सिंह क्षेत्रीलाई प्रदान गरियो। कृषि विकास बैंक स्वतन्त्र फोटो पत्रकारिता अवार्ड नेपाल आर्मीका फोटो पत्रकार राजिब हेन्गाजुले जिते। एडभेन्चर आउटडोर पर्यटन तथा संस्कृति फोटो पत्रकारिता अवार्ड गोरखापत्र अनलाइनका मनोजरत्न शाहीलाई प्रदान गरियो। राष्ट्रिय वाणिज्य बैंक मनोरञ्जन फोटो पत्रकारिता अवार्ड अन्नपूर्ण पोस्ट डटकमका अभिषेक महर्जनले पाए भने ग्लोबल आइएमइ बैंक आर्थिक फोटो पत्रकारिता अवार्ड अनलाइन खबर डटकमका चन्द्रबहादुर आलेले प्राप्त गरे।

WhatsApp-Image-2025-04-26-at-6.06.42-PM-1745675379.jpeg
प्रदेशस्तरमा समेत उत्कृष्ट फोटो पत्रकारहरूलाई सम्मान गरिएको थियो। गुर्खाज फाइनान्स कोशी प्रदेश फोटो पत्रकारिता अवार्ड रासस संखुवासभाका सुजन बज्राचार्यले पाए। मधेश प्रदेशतर्फ यात्रा डेलीका राम सर्राफ, बागमती प्रदेशतर्फ राससका नबिन पौडेल, गण्डकी प्रदेशबाट परिचय डटकमका प्रेम थापा, लुम्बिनी प्रदेशतर्फ कान्तिपुर दैनिकका माधव प्रसाद अर्याल, कर्णाली प्रदेशतर्फ हिमालय टेलिभिजनका अमृत कुमार बुढाथोकी र सुदूरपश्चिम प्रदेशतर्फ लोकेश साउदले अवार्ड जित्न सफल भए।

समारोहमा जीवनभर फोटो पत्रकारितामा योगदान पुर्‍याएका वरिष्ठ फोटो पत्रकार देवेन्द्रमान सिंहलाई 'लाइफटाइम एचिभमेन्ट अवार्ड' प्रदान गरिएको थियो। त्यस्तै, संस्थाका आजीवन सदस्य स्वर्गीय चुङ्बा शेर्पालाई मरणोपरान्त विशेष सम्मान प्रदान गरिएको थियो। राष्ट्रिय फोटो पत्रकार आपतकालीन राहत कोषमा योगदान गर्ने विभिन्न समाजसेवी तथा शुभेच्छुकहरूलाई पनि प्रशंसा पत्र प्रदान गरिएको थियो।

पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५ का लागि निर्णय गर्न अध्यक्ष प्रदिपराज वन्तको संयोजकत्वमा वरिष्ठ फोटो पत्रकार शैलेन्द्र खरेल, नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलिया, सूर्यज्योति लाइफ इन्स्योरेन्सका ब्राण्डिङ एण्ड कम्युनिकेशन प्रमुख मेघेन्द्र प्रकाश गिरी, प्राज्ञा वास्तुकला तथा सृजनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारी र देश सञ्चारका सहसम्पादक मनोज दाहाल सम्मिलित निर्णायक मण्डल गठन गरिएको थियो।


प्रकाशित मिति: शनिबार, वैशाख १३, २०८२  १९:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल मंगलबार, जेठ ५, २०८३
वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न
वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न सोमबार, जेठ ४, २०८३
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं सोमबार, जेठ ४, २०८३
नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले ISO 9001:2015 प्रमाणीकरण प्राप्त
नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले ISO 9001:2015 प्रमाणीकरण प्राप्त आइतबार, जेठ ३, २०८३
स्थानीय तहको पुनर्संरचना तयारी
स्थानीय तहको पुनर्संरचना तयारी आइतबार, जेठ ३, २०८३
सिंहदरबारकै जग्गा अतिक्रमण
सिंहदरबारकै जग्गा अतिक्रमण आइतबार, जेठ ३, २०८३
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न शनिबार, जेठ २, २०८३
लोकप्रीय
  • Week
  • Month
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
युरिया मल प्रहरीको नियन्त्रणमा
युरिया मल प्रहरीको नियन्त्रणमा
मधेशका सबै नाकामा छोटी भन्सार सञ्चालन गर्न माग
मधेशका सबै नाकामा छोटी भन्सार सञ्चालन गर्न माग
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
अवैध काठ र ट्याक्टरसहित  एक व्यक्ति पक्राउ, १५  लाख बढीको सामान बरामद
अवैध काठ र ट्याक्टरसहित एक व्यक्ति पक्राउ, १५  लाख बढीको सामान बरामद
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्