Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • सूचनालाई मौलिक हकमा व्यवस्था गर्ने दक्षिण एशियाकै पहिलो देश नेपाल : राष्ट्रपति
सूचनालाई मौलिक हकमा व्यवस्था गर्ने दक्षिण एशियाकै पहिलो देश नेपाल : राष्ट्रपति
Terai Report
Terai Report सोमबार, वैशाख २२, २०८२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हकलाई संविधानमै  मौलिक हकको रूपमा व्यवस्था गर्ने दक्षिण एशियाकै पहिलो देश नेपाल भएको बताउनुभयो । राष्ट्रिय सूचना आयोगको १८ औं स्थापना दिवसको अवसरमा राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले यस्तो बताउनुभएको हो ।

उहाँले नागरिकको करबाट उठेको सार्वजनिक कोषबाट गरिने खर्च र सरकारको काम कारबाही नागकिप्रति जवाफदेही हुनै पर्ने बताउनुभयो । लोकतन्त्रको लाभ नागरिसम्म पुर्‍याउन उनीहरूको सशक्तीकरण आवश्यक रहेको भन्दै सरकार र सार्वजनिक निकायको सूचनामा नागरिकको पहुँच सुनिश्चित नभएसम्म लोकतन्त्रको संस्थागत विकास सम्भव नरहेको जिकिर गर्नुभयो । पारदर्शिता र जवाफदेहिता, सहभागितामुलक लोकतन्त्रको आधारभुत आवश्यकता भएको उल्लेख गर्नुभयो ।

‘‘हाम्रो संविधानको धारा २७ ले सूचनाको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरेको हो । सूचनाको हकलाई संविधानमा नै मौलिक हकको रूपमा व्यवस्था गर्ने दक्षिण एशियाकै पहिलो देश हो नेपाल । नागरिकको करबाट उठेको सार्वजनिक कोषबाट गरिने खर्च र सरकारको काम कारबाही नागकिप्रति जवाफदेही हुनैपर्छ ।,’’ राष्ट्रपति पौडेलले भन्नुभयो, ‘‘लोकतन्त्रको लाभ नागरिसम्म पुर्‍याउन उनीहरूको सशक्तीकरण आवश्यक हुन्छ । जबसम्म सरकार र सार्वजनिक निकायको सूचनामा नागरिकको पहुँच सुनिश्चित हुँदैन, तबसम्म लोकतन्त्रको संस्थागत विकास सम्भव हुँदैन । पारदर्शिता र जवाफदेहिता, सहभागितामुलक लोकतन्त्रको आधारभुत आवश्यकता हुन् ।’’

यसैगरी, राष्ट्रपति पौडेलले सूचना नै लोकतन्त्रको प्राणवायु भएको बताउनुभयो । सूचनाको हकले सरकार र सार्वजनिक निकायको काम, कारबाहीप्रति नागरिकको परीक्षण र मूल्याङ्कन गराउने जानकारी दिनुभयो । सुसूचित समाजले मात्रै लोकतन्त्रलाई क्रियाशिल गराउने बताउनुभयो ।

यसैगरी, राज्यको लगानीमा जनताको निगरानी नभए मुलुकमा कुशासन मौलाउने बताउनुभएको छ । उहाँले राज्यको लगानीमा जनताको निगरानी नभए विधिको शासन अवरुद्ध हुने र सरकार तथा सार्वजनिक निकायमा स्वेच्छाचारिता बढ्ने जिकिर गर्नुभयो ।

राष्ट्रपति पौडेलले लोकतन्त्रमा नागरिकलाई सशक्त बनाउन राज्यको लगानीमाथि उनीहरूको निगरानी बढाउन र शासन प्रणालीलाई पारदर्शी बनाउन विश्वव्यापी रूपमा सूचनाको हकको आन्दोलनले व्यापकता पाउँदै आएको उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘‘राज्यको लगानीमा जनताको निगरानी भएन भने मुलुकमा कुशासन मौलाउँछ । विधिको शासन अवरुद्ध हुन्छ । सरकार तथा सार्वजनिक निकायमा स्वेच्छाचारिता बढ्छ । लोकतन्त्रमा नागरिकलाई सशक्त बनाउन राज्यको लगानीमाथि उनीहरूको निगरानी बढाउन र शासन प्रणालीलाई पारदर्शी बनाउन विश्वव्यापी रूपमा सूचनाको हकको आन्दोलनले व्यापकता पाउँदै आएको छ ।’’ 


प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  १५:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल मंगलबार, जेठ ५, २०८३
वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न
वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न सोमबार, जेठ ४, २०८३
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं सोमबार, जेठ ४, २०८३
नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले ISO 9001:2015 प्रमाणीकरण प्राप्त
नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले ISO 9001:2015 प्रमाणीकरण प्राप्त आइतबार, जेठ ३, २०८३
स्थानीय तहको पुनर्संरचना तयारी
स्थानीय तहको पुनर्संरचना तयारी आइतबार, जेठ ३, २०८३
सिंहदरबारकै जग्गा अतिक्रमण
सिंहदरबारकै जग्गा अतिक्रमण आइतबार, जेठ ३, २०८३
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न शनिबार, जेठ २, २०८३
लोकप्रीय
  • Week
  • Month
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
युरिया मल प्रहरीको नियन्त्रणमा
युरिया मल प्रहरीको नियन्त्रणमा
मधेशका सबै नाकामा छोटी भन्सार सञ्चालन गर्न माग
मधेशका सबै नाकामा छोटी भन्सार सञ्चालन गर्न माग
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
अवैध काठ र ट्याक्टरसहित  एक व्यक्ति पक्राउ, १५  लाख बढीको सामान बरामद
अवैध काठ र ट्याक्टरसहित एक व्यक्ति पक्राउ, १५  लाख बढीको सामान बरामद
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्