Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
विदेश
  • Home
  • विदेश
  • युक्रेन युद्धः के सम्भावित युद्ध अपराधबारे अनुसन्धान हुन लागेको हो
युक्रेन युद्धः के सम्भावित युद्ध अपराधबारे अनुसन्धान हुन लागेको हो
Terai Report
Terai Report बुधबार, जेठ ४, २०७९

रुसले अतिक्रमण गरेको युक्रेनमा युद्ध अपराध भएको आशङ्कामा अनुसन्धान गर्न अन्तर्राष्ट्रिय पहलहरू बढ्दो क्रममा रहेको देखिएको छ।

दुई फोरेन्सिक विज्ञसहित ४२ जना अनुसन्धानकर्तालाई युक्रेनतर्फ पठाइएको अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीले जनाएको छ।

आईसीसीका प्रमुख अभियोजनकर्ता करिम खानका अनुसार अनुसन्धानका लागि आईसीसीले कुनै ठाउँमा यति ठूलो टोली पठाएको यो पहिलो पटक हो।

युक्रेनमा युद्ध अपराध भएका सम्भावित स्थानबारे गत महिनादेखि अध्ययन गरिरहेका फ्रेन्च अनुसन्धानकर्ताहरूसँग आईसीसीको टोलीले सहकार्य गर्नेछ।

 

बढ्दो दबाव

युद्ध अपराधको विषयलाई लिएर अर्कोतर्फ संयुक्त राज्य अमेरिकाले पनि दबाव बढाइरहेको देखिएको छ।

अमेरिकी विदेश मन्त्रालयले रुसी फौजबाट भएका ज्यादतीका घटनाबारे तथ्य सङ्कलन तथा विश्लेषण गर्नका लागि एउटा नयाँ कार्यक्रम घोषणा गरेको छ।

अमेरिकी राष्ट्रपति जो बाइडनले मस्कोलाई जबाफदेही बनाइ छोड्ने वाचा गरेका छन्।

  • रुसी राष्ट्रपति भ्लादिमिर पुटिन के चाहन्छन्?
  • युक्रेन युद्ध कसरी टुङ्गिएला? पाँच सम्भावित परिदृश्य
  • पुटिनले आफूले जितेको देखाउन कस्तो बाटो खोज्लान्

रुसी फौजको बमबारीका कारण आफ्ना दशौँ हजार सर्वसाधारण मारिएको र शहरका सडकहरूमा शवहरू अलपत्र परिरहेको युक्रेनले बताउने गरेको छ।

तर युद्धका क्रममा सर्वसाधारण नागरिकलाई निशाना बनाएको कुरा रुसले निरन्तर अस्वीकार गर्दै आएको छ।

यसैबीच, घेराबन्दीमा रहेको युक्रेनको बन्दरगाह शहर मारिऊपोलस्थित एजोभस्टाल स्टील कारखानाबाट उद्धार गरिएको थप युक्रेनी सैनिकलाई रुस नियन्त्रित क्षेत्रमा रहेको एउटा बन्दीकेन्द्रमा लगिएको छ।

युक्रेन

तस्बिर स्रोत,REUTERS

रुसी फौजको सुरक्षामा उनीहरूलाई समूहमा बन्दीकेन्द्र लगिएको विवरणमा जनाइएको छ।

मङ्गलवार थप कति जना युक्रेनी सैनिकको उद्धार गरिएको हो भन्नेबारे चाहिँ स्पष्ट पारिएको छैन।

यसअघि सोमवार सोही स्टील कारखानाबाट २६४ जना युक्रेनी सैनिकलाई उद्धार गरिएको थियो।

मस्कोले त्यसलाई युक्रेनी फौजको आत्मसमर्पणको रूपमा व्याख्या गरिरहेको छ।

युक्रेनी अधिकारीहरूले नियन्त्रणमा लिइएका सैनिक साटासाट सम्झौता अन्तर्गत उनीहरूलाई स्वदेश फर्काइने बताएका छन्।

रुसको विरोध रुसकै टेलिभिजनमा

रणनीतिक रूपमा महत्त्वपूर्ण स्थानमा रहेको मारिऊपोलमाथि रुसी फौजहरूले अतिक्रमणको सुरुदेखि नै भीषण बमबारी गर्दै आएका छन्।

मारिऊपोलमाथि रुसले कब्जा गर्नुको अर्थ क्राइमिया र डोन्बासबीच उसले सेतु पाउनु हो।

र, त्यसो भए युक्रेनको ब्ल्याक सी तटीय क्षेत्रका ८० प्रतिशतभन्दा बढी भूभागमा मस्कोको नियन्त्रण हुनेछ । बीबीसी नेपालीबाट सभार


प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९  ०९:३२
प्रतिक्रिया दिनुहोस्
20 20
थप विदेश
भारतमा डाक्टरहरुको अक्षर सुधार गर्न अदालतको आदेश
भारतमा डाक्टरहरुको अक्षर सुधार गर्न अदालतको आदेश शुक्रबार, असोज १७, २०८२
चिनियाँ राष्ट्रपति सीको सन्देश- ‘इतिहासबाट प्रेरणा, शान्तिबाट भविष्य निर्माण’
चिनियाँ राष्ट्रपति सीको सन्देश- ‘इतिहासबाट प्रेरणा, शान्तिबाट भविष्य निर्माण’ बुधबार, भदौ १८, २०८२
बिहारमा अनौठो घटना, बालकको टोकाइबाट कोब्राको मृत्यु
बिहारमा अनौठो घटना, बालकको टोकाइबाट कोब्राको मृत्यु शनिबार, साउन ११, २०८२
युद्धविराम सम्झौता लगत्तै जम्मुमा ड्रोन आक्रमण
युद्धविराम सम्झौता लगत्तै जम्मुमा ड्रोन आक्रमण शनिबार, वैशाख २७, २०८२
भारतका कृषिमन्त्री काठमाडाैंमा
भारतका कृषिमन्त्री काठमाडाैंमा मंगलबार, चैत २६, २०८१
नेपालको सर्वोच्च अदालत र भारतको सर्वोच्च अदालतबीच समझदारीपत्रमा हस्ताक्षर
नेपालको सर्वोच्च अदालत र भारतको सर्वोच्च अदालतबीच समझदारीपत्रमा हस्ताक्षर सोमबार, चैत २५, २०८१
नयाँ दिल्ली रेलवे स्टेशनमा भागदौड मच्चिँदा १८ जनाको मृत्यु
नयाँ दिल्ली रेलवे स्टेशनमा भागदौड मच्चिँदा १८ जनाको मृत्यु आइतबार, फागुन ४, २०८१
Dibhijan Ban karyaly parsa Add Dibhijan Ban karyaly parsa Add
लोकप्रीय
  • Week
  • Month
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
नेशनल मेडिकल कलेज प्रधानमन्त्री कार्कीबाट सम्मानित
नेशनल मेडिकल कलेज प्रधानमन्त्री कार्कीबाट सम्मानित
त्रि.वि. अवकाशप्राप्त प्राध्यापकलाई ठाकुर राम बहुमुखी क्याम्पसबाट भावनात्मक विदाई
त्रि.वि. अवकाशप्राप्त प्राध्यापकलाई ठाकुर राम बहुमुखी क्याम्पसबाट भावनात्मक विदाई
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
अदालती प्रक्रिया पर्खिन नमान्ने वीरगंज महानगर: विवादित जग्गामा निर्माण, जनताको करोडौँ डुब्ने जोखिम
अदालती प्रक्रिया पर्खिन नमान्ने वीरगंज महानगर: विवादित जग्गामा निर्माण, जनताको करोडौँ डुब्ने जोखिम
मधेसका संवेदनशील क्षेत्रहरूमा सुरक्षा तैनाथीलाई थप व्यवस्थित गरिने
मधेसका संवेदनशील क्षेत्रहरूमा सुरक्षा तैनाथीलाई थप व्यवस्थित गरिने
सिमरामा कर्फ्यु जारी
सिमरामा कर्फ्यु जारी
सिमरामा तनाव : कर्फ्यु अवज्ञा गर्दै प्रदर्शन, ६ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर
सिमरामा तनाव : कर्फ्यु अवज्ञा गर्दै प्रदर्शन, ६ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

तराई रिपोर्ट

ठेगान: वीरगंज, पर्सा
इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

सम्पर्क नं:

९८४५०३५०५४
९८२७२६५५०४

सूचना विभाग दर्ता नंः

२५२३/०७७/०७८
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2025 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्