Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • मेलम्ची र हेलम्बु क्षेत्रको पुननिर्माणमा सरकार लाग्नेछ : उर्जामन्त्री खड्का
मेलम्ची र हेलम्बु क्षेत्रको पुननिर्माणमा सरकार लाग्नेछ : उर्जामन्त्री खड्का
Terai Report
Terai Report सोमबार, वैशाख २९, २०८२

काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीले पुऱ्याएको क्षतिको पुननिर्माणमा सरकार लाग्ने बताउनुभएको छ । 

मन्त्री खड्काले आज मेलम्ची र हेलम्बु क्षेत्रको स्थलगत अनुगमन गर्दै बाढी प्रभावित क्षेत्रको पुननिर्माणमा सरकारले काम गर्ने बताउनुभएको हो । 

उहाँले मेलम्ची र हेलम्बु क्षेत्रमा सिंचाई व्यवस्थापनका लागि विशेष योजना अघि बढाउने घोषणा गर्नुभयो । “बाढीपछिको हेलम्बु, मेलम्चीको पूर्ननिर्माणको लागि म प्रतिबद्ध छु, यो ऐतिहासिक ठाउँको विकासमा सबै मिलेर अगाडी बढौँ,”–उहाँले भन्नुभयो । 

उर्जामन्त्री खड्काले पहाडी क्षेत्रका उर्वर भूमिको सदुपयोग गर्न सिंचाई व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो । “सिन्धुपालचोक इन्द्रावती गाउँपालिका–भीमटारमा रहेको २२ वटा टारमा इन्द्रावती नदिको पानी ल्याएर सिंचाईका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न सुरु गरिनेछ,”– उहाँले भन्नुभयो । 

पहाड़ी क्षेत्रमा कृषिको उत्पादनलाई बढावा दिन सिंचाई व्यवस्थापन एकदमै महत्वपूर्ण भएको उहाँको भनाई थियो  । “यस क्षेत्रको सिंचाईका हाम्रो मन्त्रालय सक्रिय छ र म व्यक्तिगत रूपमा यसमा सहयोग गर्न तयार छु,”– मन्त्री खड्काले भन्नुभयो । 

विस २०७८ असार १ गतेको बाढीले मेलम्ची र हेलम्बु क्षेत्रमा ठूलो धनजनको क्षति पुऱ्याएको थियो । यद्यपी, हालसम्म पनि पुननिर्माण हुन नसकेपछि नेपाली कांग्रेसका नेता एवम् उक्त क्षेत्रका सांसद मोहन बस्नेतको सक्रियतामा उर्जामन्त्री खड्का, राज्यमन्त्री खमबहादुर गर्बुजा, सिंचाई सचिव सरीता दवाडी, जलस्रोत तथा सिंचाई विभागका महानिर्देशक सञ्जीव बरालगायतको टोलीले स्थलगत निरीक्षण गरेको थियो । 

निरीक्षणका क्रममा मन्त्री खड्कालाई सोही क्षेत्रका स्थानीयहरुले बाढीपहिरोले पुगेको क्षतिको पुननिर्माण गर्न माग गर्दै मन्त्रीलाई ज्ञापनपत्र समेत बुझाएका छन् । उनीहरुले बाढीले पुऱ्याएको क्षतिको पुननिर्माणमा स्थानीय तहको पर्याप्त स्रोत साधन नहुँदा जनता मारमा परेको भन्दै चाँडो पुननिर्माण गरिदिन आग्रह गरेका हुन् । 

सोही क्रममा मन्त्री खड्काले बाढी र पहिरोबाट क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणका लागि पहल गरिने बताउनुभएको हो । “क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सरकारले प्राथमिकता दिनेछ, यसका लागि सम्बन्धित निकायसँग समन्वय गरेर चाँडो काम अघि बढाउनेछौँ,“ मन्त्री खड्काले भन्नुभयो । 

हाल, सरकार र स्थानीय सांसदको सहयोगमा प्रभावित क्षेत्रको पुनर्निर्माण कार्यमा नयाँ लय प्राप्त गर्ने विश्वास जनताले गरेका छन् ।


प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  २०:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल मंगलबार, जेठ ५, २०८३
वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न
वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न सोमबार, जेठ ४, २०८३
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं सोमबार, जेठ ४, २०८३
नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले ISO 9001:2015 प्रमाणीकरण प्राप्त
नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले ISO 9001:2015 प्रमाणीकरण प्राप्त आइतबार, जेठ ३, २०८३
स्थानीय तहको पुनर्संरचना तयारी
स्थानीय तहको पुनर्संरचना तयारी आइतबार, जेठ ३, २०८३
सिंहदरबारकै जग्गा अतिक्रमण
सिंहदरबारकै जग्गा अतिक्रमण आइतबार, जेठ ३, २०८३
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न शनिबार, जेठ २, २०८३
लोकप्रीय
  • Week
  • Month
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
युरिया मल प्रहरीको नियन्त्रणमा
युरिया मल प्रहरीको नियन्त्रणमा
मधेशका सबै नाकामा छोटी भन्सार सञ्चालन गर्न माग
मधेशका सबै नाकामा छोटी भन्सार सञ्चालन गर्न माग
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
अवैध काठ र ट्याक्टरसहित  एक व्यक्ति पक्राउ, १५  लाख बढीको सामान बरामद
अवैध काठ र ट्याक्टरसहित एक व्यक्ति पक्राउ, १५  लाख बढीको सामान बरामद
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्