Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • प्रदेशगत बेरुजु : सबैभन्दा धेरै मधेशमा, कम बागमतीमा
प्रदेशगत बेरुजु : सबैभन्दा धेरै मधेशमा, कम बागमतीमा
Terai Report
Terai Report बिहीबार, जेठ १, २०८२

काठमाडौँ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी कानुन उल्लघंन, जथाभावी तलब भुक्तानीजस्ता कारणले प्रदेशहरूमा बेरुजु बढेको महालेखा परीक्षकको वार्षिक प्रतिवेदनले जनाएको छ । बुधबार सार्वजनिक महालेखाको ६२ औं वार्षिक प्रतिवेदनअनुसार गत आर्थिक वर्ष ०८०/०८१ मा प्रदेशगत बेरुजु सबैभन्दा धेरै मधेश प्रदेशमा छ ।

मधेशमा बेरुजु २.५७ प्रतिशत अर्थात् १ अर्ब १६ करोड ३८ लाख रुपैयाँ देखिएको छ । अघिल्लो आर्थिक वर्षमा पनि प्रदेशगत रूपमा मधेशमा नै सबैभन्दा धेरै बेरुजु देखिएको थियो । प्रतिवेदनअनुसार कोशी प्रदेशमा ८६ करोड ८१ लाख, गण्डकीमा ५१ करोड ९८ लाख, लुम्बिनीमा ६५ करोड ८२ लाख, कर्णालीमा ४५ करोड ९४ लाख बेरुजु छ । सुदूरपश्चिममा ५० करोड ६९ लाख र सबैभन्दा कम बागमती प्रदेशमा ८५ करोड १७ लाख बेरुजु छ । गत आर्थिक वर्षमा सातै प्रदेशको बेरुजु ५ अर्ब २ करोड १९ लाख ९७ हजार रुपैयाँ छ । प्रतिवेदनअनुसार सातै प्रदेशको गत वर्ष र अद्यावधिक बेरुजु ३४ अर्ब १३ करोड ७९ लाख पुगेको छ ।

मन्त्रालय र मन्त्रालयले सम्पादन गर्ने कार्य पटकपटक हेरफेर हुँदा प्रशासनिक क्षेत्र, जनशक्ति व्यवस्था, भौतिक पूर्वाधार, कार्यसम्पादन र एकीकृत वित्तीय विवरण तयारी, जिम्मेवारी र जवाफदेहितामा समेत समस्या, समयमै बेरुजु असुल फस्र्यौट नहुनेजस्ता समस्याले पनि प्रदेशमा बेरुजु देखिएको प्रतिवेदनले औंल्याएको छ ।

महालेखाले ७५३ पालिकाको लेखा परीक्षणमा सबैभन्दा धेरै मधेश प्रदेशका पालिकामा ३.५ प्रतिशत र सबैभन्दा कम लुम्बिनी प्रदेशका पालिकामा १.७८ प्रतिशत बेरुजु रहेको उल्लेख गरेको छ । कोशी प्रदेशका १३७ स्थानीय तहमा ४ अर्ब २९ करोड ३८ लाख बेरुजु रहेको प्रतिवेदनले औंल्याएको छ ।

मधेशका पालिकामा ५ अर्ब ९५ करोड ८६ लाख, बागमती प्रदेशमा ४ अर्ब ५४ करोड ८५ लाख, गण्डकीमा २ अर्ब २७ करोड ५ लाख, लुम्बिनीमा ३ अर्ब ३ करोड ६६ लाख, कर्णालीमा २ अर्ब ४९ करोड ४२ लाख र सुदूरपश्चिमा २ अर्ब ११ करोड ४१ लाख बेरुजु छ ।

सबै प्रदेशका पालिकामा जम्मा २४ अर्ब ७१ करोड ६१ लाख बेरुजु देखिएको प्रतिवेदनले औंल्याएको छ । गत आर्थिक वर्षमा ५ प्रतिशतभन्दा कम बेरुजु हुने स्थानीय तह ६ सय ९२ र ५ देखि १५ प्रतिशतसम्म बेरुजु हुने ६८ र १५ प्रतिशतभन्दा बढी बेरुजु हुने एक रहेका प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, लेखापरीक्षण भएको रकम र त्यसको प्रतिशतका हिसाबले सबैभन्दा धेरै पोखरा र कम विराटनगर महानगरपालिकाको बेरुजु देखिएको छ । पोखराको ३.७४ प्रतिशत र विरानगरको शून्य दशमलव ३२ प्रतिशत बेरुजु छ ।

विराटनगरको २ करोड ८ लाख, वीरगन्ज महानगरमा २२ करोड ७५ लाख, भरतपुर महानगरमा १० करोड २ लाख, लतितपुर महानगरमा ५ करोड ५५ लाख बेरुजु देखिएको छ । त्यस्तै काठमाडौं महानगरमा ६८ करोड २ लाख र पोखरा महानगरमा ५० करोड ४३ लाख बेरुजु रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनले वर्षान्तमा रकमान्तर गरी खर्च गर्ने कार्य नियन्त्रण गर्न सिफारिस गरेको छ । प्रतिवेदनअनुसार सबैभन्दा धेरै लुम्बिनीले १ अर्ब १५ करोड रकमान्तर गरेको पाइएको छ । कोशीले ९१ करोड ९ लाख, मधेशले १० करोड २ लाख, गण्डकी प्रदेशले ९४ करोड, कर्णालीले ४ करोड ४८ लाख रकमान्तर गरेका छन् ।

महालेखाले पारित योजनाहरू कार्यान्वयन नगरी योजनाको रकम अन्य शीर्षकमा रकमान्तर गर्ने, अनुत्पादक र वितरणमूखी कार्यक्रममा बढी खर्च हुने, कानुनअनुसार खरिद प्रक्रिया अवलम्बन नहुने, दिगो योजना नबनाउनेलगायत समस्या रहेको जनाएको छ । महालेखा प्रतिवेदनले तीन तहका सरकारका काम पारदर्शी र प्रभावकारी रूपमा हुन आवश्यक कानुन निर्माणमा जोड दिएको छ ।

संघीयता विज्ञ खिमलाल देवकोटाले महालेखा प्रतिवेदनले हरेक वर्ष औंल्याउने विषयलाई गम्भीर भएर कार्यान्वनमा गरेमा मात्र सुशासन कायम गर्न सकिने बताए । ‘मधेश प्रदेश र त्यहाँका स्थानीय तहमा बेरुजु बढी देखिनुमा अनुगमनको पाटो कमजोर भयो । प्रदेशका लेखा समिति र अन्य सम्बन्धित समितिले अनुगमनलाई जोड दिनुपर्छ,’ उनले भने ।

प्रदेश र स्थानीय तहले वित्तीय अनुशासनलाई पालना गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ । ‘महालेखाको प्रतिवेदनले सुधार गर्ने पाटो राम्ररी देखाएको छ । कार्यान्वयनमा जोड दिनुपर्छ,’ उनले भने । साभार : गंगा बीसी/इकान्तिपुर


प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  ११:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल मंगलबार, जेठ ५, २०८३
वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न
वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न सोमबार, जेठ ४, २०८३
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं सोमबार, जेठ ४, २०८३
नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले ISO 9001:2015 प्रमाणीकरण प्राप्त
नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले ISO 9001:2015 प्रमाणीकरण प्राप्त आइतबार, जेठ ३, २०८३
स्थानीय तहको पुनर्संरचना तयारी
स्थानीय तहको पुनर्संरचना तयारी आइतबार, जेठ ३, २०८३
सिंहदरबारकै जग्गा अतिक्रमण
सिंहदरबारकै जग्गा अतिक्रमण आइतबार, जेठ ३, २०८३
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न शनिबार, जेठ २, २०८३
लोकप्रीय
  • Week
  • Month
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
युरिया मल प्रहरीको नियन्त्रणमा
युरिया मल प्रहरीको नियन्त्रणमा
मधेशका सबै नाकामा छोटी भन्सार सञ्चालन गर्न माग
मधेशका सबै नाकामा छोटी भन्सार सञ्चालन गर्न माग
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
अवैध काठ र ट्याक्टरसहित  एक व्यक्ति पक्राउ, १५  लाख बढीको सामान बरामद
अवैध काठ र ट्याक्टरसहित एक व्यक्ति पक्राउ, १५  लाख बढीको सामान बरामद
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्