Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • सगरमाथा आरोहणमा दृष्टिविहीन नेपालीको पहिलो ऐतिहासिक चुनौती
सगरमाथा आरोहणमा दृष्टिविहीन नेपालीको पहिलो ऐतिहासिक चुनौती
Terai Report
Terai Report बुधबार, असोज ८, २०८२

काठमाडौं । नेपालमा पहिलोपटक दृष्टिविहीन व्यक्तिले सगरमाथा आरोहण गर्ने ऐतिहासिक प्रयास हुने भएको छ । दाङ घर भई हाल सल्यानमा स्थायी शिक्षकका रूपमा कार्यरत राजेश कुमार अर्यालले सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर आरोहण गर्ने तयारी गरेका हुन् । नेपाल पर्यटन बोर्डको सभाहल, भृकुटीमण्डपमा मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा यसबारे औपचारिक जानकारी दिइएको हो ।

“दीगो पर्यटन, शान्ति, समृद्धि र स्वच्छ वातावरण” भन्ने नारा सहित अघि बढाइएको यस अभियानलाई नेपाल-ग्रीस मैत्री तथा सांस्कृतिक संघ र विश्वव्यापी सरोकार केन्द्र (Globally Concern Center for Climate Change-G4C) ले संयुक्त रूपमा आयोजना गरेका छन् । आयोजक संस्थाका अनुसार जलवायु परिवर्तन, हिमाल संरक्षण र दिगो पर्यटन प्रवर्द्धनबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा सकारात्मक सन्देश दिन अभियान विशेष महत्वका साथ अघि बढाइएको हो ।

कार्यक्रममा अभियानका समयोजक नेपाल-ग्रीस मैत्री तथा सांस्कृतिक संघका अध्यक्ष मनोज नेवाः खड्गीले दृष्टिविहीन राजेश अर्यालको साहसिक यात्राले सम्पूर्ण नेपाली मात्र नभई विश्वकै अपांगता भएका व्यक्तिहरूलाई प्रेरणा दिने विश्वास व्यक्त गरे । सोही अवसरमा विश्वव्यापी सरोकार केन्द्रका अध्यक्ष तथा अनुभवी आरोही पि.के. शेर्पाले सम्पूर्ण व्यवस्थापन तथा आरोहण मार्गदर्शन गर्ने जिम्मेवारी आफ्नो रहेको जानकारी दिँदै सफल अभियानका लागि सबै पक्षको सहकार्य अपरिहार्य रहेको उल्लेख गरे ।

ग्रीसका मानार्थ महावाणिज्यदूतसमेत रहेका नेपाल-ग्रीस मैत्री तथा सांस्कृतिक संघका संरक्षक बिक्रम पाण्डे काजीले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन यस अभियानले महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे । 

त्यस्तै, नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सुनिल शर्मा बढ्दो जलवायु परिवर्तन र तापमान न्यूनीकरण र नेपालमा पर्यटन प्रवर्धन को सन्देश फैलाउनको लागि अहिलेसम्मकै ठूलो संख्यामा सगरमाथा बेस क्याम्पसम्म साइकल यात्रा विश्वव्यापी सरोकार केन्द्र g4c तथा नेपाल ग्रीस मैत्री तथा सांस्कृतिक संघको संयुक्त आयोजनामा प्रथम दृष्टिबिहिन सगरमाथा आरोहण कार्य हुने भएकोले दृष्टिबिहिन साहसी आरोहण राजेस कुमार अर्यालले नेपालमा दिगो पर्यटन प्रवर्द्धन, शान्ति समृद्धि र स्वच्छ वातावरणको लागी २०२६ मा सगरमाथा मा प्रकृति बचाउ अभियान्ता सफल सगरमाथा आरोही पि. के शेर्पा ले आरोहण गराउँदै हुनुहुन्छ यही विषयमा नेपाल पर्यटन बोर्डको सभाहल भृकुटी मण्डप काठमाडौँ मा पत्रकार भेटघाट कार्यक्रम सम्पन भयो यो प्रयासले पर्यटन क्षेत्रमै नयाँ मोड ल्याउने विश्वास व्यक्त गरे । 

जिल्ला होटल व्यवसाय संघका अध्यक्ष सुरेश बरालले बढ्दो जलवायु परिवर्तन र तापमान न्यूनीकरण र नेपालमा पर्यटन प्रवर्द्धनको सन्देश फैलाउनको लागि अहिलेसम्मकै ठूलो संख्यामा सगरमाथा बेस क्याम्पसम्म साइकल यात्रा गर्न लागिएको बताउनु भयो। 

त्यस्तै समाजसेवी र व्यवसायीहरू, सांस्कृतिक अभियन्ता, साहित्यकार तथा पर्यटन क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरूले पनि कार्यक्रममा आ-आफ्ना विचार राख्दै ऐतिहासिक आरोहणलाई सफल बनाउन सहयोग जुटाउन आग्रह गरे ।

राजेश अर्यालले आफू दृष्टिविहीन भए पनि इच्छाशक्ति, मेहनत र तालिमको भरमा सगरमाथा शिखरमा पाइला टेक्ने दृढ संकल्प लिएको बताए । उनले नेपाललाई दिगो पर्यटनको सन्देशसहित विश्वसामु चिनाउन आफ्नो यात्रा समर्पित हुने जनाए । यसअघि उनले आधारभूत पर्वतारोहण तालिम प्राप्त गरिसकेका छन् भने आगामी नोभेम्बरमा ६ हजार मिटरभन्दा माथिको हिमाल आरोहण गरी थप तयारी गर्ने कार्यक्रम रहेको जानकारी गराइएको छ ।

आयोजक संस्थाका अनुसार अभियान सफल बनाउन उच्च गुणस्तरका उपकरण, अनुभवी शेर्पा गाइड, अनुमति शुल्क र सम्पूर्ण व्यवस्थापनका लागि ठूलो खर्च आवश्यक पर्ने भएकाले विभिन्न निकाय, संघसंस्था र व्यक्तिहरूको सहयोग अपरिहार्य रहेको छ । इच्छुक सहयोगीहरूले प्रत्यक्ष सम्पर्क गर्न सक्ने व्यवस्था मिलाइएको जनाइएको छ ।

नेपालमा दृष्टिविहीन व्यक्तिको पहिलो सगरमाथा आरोहण प्रयासले पर्यटन, हिमाल संरक्षण र जलवायु सचेतनामा नयाँ प्रेरणा दिने अपेक्षा राखिएको छ । आयोजकहरूले यो अभियानलाई केवल व्यक्तिगत चुनौती मात्र नभई सम्पूर्ण राष्ट्रको गौरवका रूपमा व्याख्या गरेका छन् ।


प्रकाशित मिति: बुधबार, असोज ८, २०८२  १४:५४
प्रतिक्रिया दिनुहोस्
20 20
थप समाचार
१५ सदस्यीय ‘कानु यूथ समाज’ गठन, अध्यक्षमा मनोज कुमार साह चयन
१५ सदस्यीय ‘कानु यूथ समाज’ गठन, अध्यक्षमा मनोज कुमार साह चयन शनिबार, मंसिर १४, २०८२
त्रि.वि. अवकाशप्राप्त प्राध्यापकलाई ठाकुर राम बहुमुखी क्याम्पसबाट भावनात्मक विदाई
त्रि.वि. अवकाशप्राप्त प्राध्यापकलाई ठाकुर राम बहुमुखी क्याम्पसबाट भावनात्मक विदाई शुक्रबार, मंसिर १३, २०८२
नेशनल मेडिकल कलेज प्रधानमन्त्री कार्कीबाट सम्मानित
नेशनल मेडिकल कलेज प्रधानमन्त्री कार्कीबाट सम्मानित बिहीबार, मंसिर १२, २०८२
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ बिहीबार, मंसिर १२, २०८२
सिमरामा तनाव : कर्फ्यु अवज्ञा गर्दै प्रदर्शन, ६ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर
सिमरामा तनाव : कर्फ्यु अवज्ञा गर्दै प्रदर्शन, ६ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर बिहीबार, मंसिर ५, २०८२
नेपाली सेना–अमेरिकी सेनाबीच छैटौँ ‘Land Forces Talk’ जङ्गी अड्डामा सुरु
नेपाली सेना–अमेरिकी सेनाबीच छैटौँ ‘Land Forces Talk’ जङ्गी अड्डामा सुरु बुधबार, मंसिर ४, २०८२
सिमरामा कर्फ्यु जारी
सिमरामा कर्फ्यु जारी बुधबार, मंसिर ४, २०८२
Dibhijan Ban karyaly parsa Add Dibhijan Ban karyaly parsa Add
लोकप्रीय
  • Week
  • Month
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
नेशनल मेडिकल कलेज प्रधानमन्त्री कार्कीबाट सम्मानित
नेशनल मेडिकल कलेज प्रधानमन्त्री कार्कीबाट सम्मानित
त्रि.वि. अवकाशप्राप्त प्राध्यापकलाई ठाकुर राम बहुमुखी क्याम्पसबाट भावनात्मक विदाई
त्रि.वि. अवकाशप्राप्त प्राध्यापकलाई ठाकुर राम बहुमुखी क्याम्पसबाट भावनात्मक विदाई
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
अदालती प्रक्रिया पर्खिन नमान्ने वीरगंज महानगर: विवादित जग्गामा निर्माण, जनताको करोडौँ डुब्ने जोखिम
अदालती प्रक्रिया पर्खिन नमान्ने वीरगंज महानगर: विवादित जग्गामा निर्माण, जनताको करोडौँ डुब्ने जोखिम
मधेसका संवेदनशील क्षेत्रहरूमा सुरक्षा तैनाथीलाई थप व्यवस्थित गरिने
मधेसका संवेदनशील क्षेत्रहरूमा सुरक्षा तैनाथीलाई थप व्यवस्थित गरिने
सिमरामा कर्फ्यु जारी
सिमरामा कर्फ्यु जारी
सिमरामा तनाव : कर्फ्यु अवज्ञा गर्दै प्रदर्शन, ६ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर
सिमरामा तनाव : कर्फ्यु अवज्ञा गर्दै प्रदर्शन, ६ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

तराई रिपोर्ट

ठेगान: वीरगंज, पर्सा
इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

सम्पर्क नं:

९८४५०३५०५४
९८२७२६५५०४

सूचना विभाग दर्ता नंः

२५२३/०७७/०७८
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2025 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्