Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • आइरेनाका महानिर्देशक क्यामेरा र ऊर्जामन्त्री खड्काबीच शिष्टाचार भेट, स्वच्छ ऊर्जा साझेदारी विस्तारमा जोड
आइरेनाका महानिर्देशक क्यामेरा र ऊर्जामन्त्री खड्काबीच शिष्टाचार भेट, स्वच्छ ऊर्जा साझेदारी विस्तारमा जोड
Terai Report
Terai Report सोमबार, जेठ ५, २०८२

काठमाडौँ । अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा एजेन्सी (IRENA) आइरेनाका महानिर्देशक फान्सेस्को ला क्यामेरा र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काबीच शिष्टाचार भेटवार्ता भएको छ ।

सगरमाथा संवादमा सहभागिताकालागि औपचारिक भ्रमणमा नेपाल आउनु भएकोमा महासचिव ला क्यामेरालाई ऊर्जा मन्त्रालयमा स्वागत धन्यवाद दिनुहुँदै मन्त्री खड्काले स्वच्छ ऊर्जा प्रवर्द्धनमा आइरेनाको विश्वव्यापी नेतृत्वको उच्च प्रशंसा गर्नुभयो। मन्त्री खड्काले आइरेनाको भूमिकाले विश्वव्यापी ऊर्जा रूपान्तरणलाई नयाँ दिशा दिएको उल्लेख गर्नुहुँदै नेपाल स्वच्छ, समावेशी र जलवायु–अनुकूल ऊर्जा प्रणालीको निर्माणप्रति दृढप्रतिबद्ध रहेको स्पष्ट पार्नु भयो।

शिष्टाचार भेटका क्रममा मन्त्री खड्काले नेपालको ऊर्जा नीति पेरिस सम्झौता, दिगो विकास लक्ष्य ७ (सस्तो र स्वच्छ ऊर्जा) र लक्ष्य १३ (जलवायु कार्य) सँग सुसंगत रहेको जानकारी गराउनु भयो। साथै, निजी क्षेत्रको लगानी प्रोत्साहन, ऊर्जा स्रोतको विविधीकरण र राष्ट्रिय ग्रिडको आधुनिकीकरणका लागि नेपाल सरकारले नीतिगत तथा संस्थागत सुधारको दिशामा अघि बढाइरहेको उल्लेख गर्नुभयो।

उहाँले जलविद्युत् नेपालको ऊर्जा क्षेत्रको मेरुदण्ड भएको बताउनुहुँदै करिब ६२ गिगावाट क्षमताको जलविद्युत् सम्भावना रहेको तर सो मध्ये ठूलो हिस्सा अझै उपयोग हुन बाँकी रहेकोले आइरेनासँगको सहकार्यद्वारा जलविद्युत्को दिगो विकाससँगै सौर्य, वायू, हरित हाइड्रोजनजस्ता नवीकरणीय ऊर्जा स्रोतहरूको प्रवर्द्धनमा सहकार्य विस्तार गर्न नेपाल इच्छुक रहेको धारणा व्यक्त गर्नुभयो। साथै नेपाल सरकारले हालै स्वीकृत गरेको “ऊर्जा विकास मार्गचित्र”ले  सन् २०३५ सम्म २८५०० मेगावाट विद्युत उत्पादन क्षमता पुर्याउनुकासाथै प्रशारण तथा वितरण प्रणालीमा विद्युत व्यापार विस्तार गर्ने एवं नवीकरणीय ऊर्जा र ऊर्जा दक्षताका विविध पक्षहरुको समग्र विकास गर्ने लक्ष्य लिएको चर्चा गर्नुभयो ।

भारत र बङ्गलादेशसँगको अन्तरदेशीय विद्युत् व्यापारबाट क्षेत्रीयस्तरमा स्वच्छ ऊर्जाको उपयोग विस्तारमा नेपालले अग्रणी भूमिका खेल्न सक्ने औँल्याउनु हुँदै मन्त्री खड्काले यसले नेपालको ऊर्जा क्षेत्रमा अन्तर्राष्ट्रिय विश्वास अभिवृद्धि भएको र क्षेत्रीय ऊर्जा एकीकरणको सम्भावना अझ सुदृढ भएको धारणा व्यक्त गर्नुभयो।

नेपालले आइरेनासँग जलविद्युत्, सौर्य, वायू, ग्रिड एकीकरण, अफ-ग्रिड ऊर्जा पहुँच तथा हरित हाइड्रोजन प्रविधिमा दीर्घकालीन सहकार्य विस्तार गर्ने प्रस्ताव अघि सारेको जानकारी पनि सो अवसरमा गराउनु भयो।

मन्त्री खड्काले उचाइमा बसोबास गर्ने तथा जलवायु–संवेदनशील क्षेत्रका समुदायहरूलाई समेटेर न्यायसंगत ऊर्जा रूपान्तरणको दिशामा नेपाल सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। साथै, यस यात्रामा आइरेनाको प्राविधिक सहयोग, ज्ञान आदानप्रदान तथा क्षमता अभिवृद्धिमा सहकार्य अत्यन्तै महत्वपूर्ण रहने विश्वास व्यक्त गर्नुभयो।

भेटका क्रममा आइरेनाका महानिर्देशक फ्रान्चेस्को ला क्यामेराले नेपालसँग दीर्घकालीन ऊर्जा साझेदारी गर्न संस्था इच्छुक रहेको बताउनुभयो। उहाँले नेपाल जस्तो जलविद्युत् र स्वच्छ ऊर्जामा सम्भावनायुक्त मुलुकसँग सहकार्य गर्नु IRENA को प्राथमिकतामा पर्ने उल्लेख गर्दै, “नेपालको अग्रसरताले नवीकरणीय ऊर्जा प्रवर्द्धनमा दक्षिण एशियाली क्षेत्रलाई प्रेरणा दिनेछ। हामी जलविद्युत्, सौर्य, वायू र हरित हाइड्रोजन प्रविधिमा आवश्यक प्राविधिक सहयोग, ज्ञान साझेदारी र क्षमता अभिवृद्धिको लागि प्रतिबद्ध छौं,” भन्नुभयो। साथै उहाँले इनर्जी ट्रान्जिसन एक्सिलरेटर फ्रेमवर्क, अवुधावी फण्ड फर डेभलपमेन्ट मास्डार फण्ड लगायतसँगको सहकार्यमा नेपालको नवीकरणीय ऊर्जा क्षेत्रको विकासमा लगानी वृद्धि गर्ने सकिने सम्भावना समेत औंल्याउनुभयो ।

उहाँले नेपालको ऊर्जा रणनीति जलवायुअनुकूल र समावेशी भएको मूल्याङ्कन गर्दै, IRENA सँगको सहकार्यले नेपाललाई स्वच्छ ऊर्जा रूपान्तरणको मार्गमा थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो। साथै उहाँले आइरेना र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीचको सहकार्यमा केही कार्यक्रमहरु समेत अघि बढिरहेको जानकारी गराउनुभयो ।

आइरेना प्रमुखको यो भ्रमण नेपालको नवीकरणीय ऊर्जा क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार, नवप्रवर्तन प्रविधिको हस्तान्तरण तथा जलवायु–अनुकूल दिगो विकासलाई सघाउन महत्वपूर्ण अवसरको रूपमा हेरिएको छ। नेपाल सन् २०१७ मा आइरेनाको सदस्य बनेको हो भने हाल यस अन्तरसरकारी संस्थामा १६९ देश र युरोपियन युनियन आवद्ध रहेका छन्।


प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  १७:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल मंगलबार, जेठ ५, २०८३
वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न
वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न सोमबार, जेठ ४, २०८३
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं सोमबार, जेठ ४, २०८३
नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले ISO 9001:2015 प्रमाणीकरण प्राप्त
नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले ISO 9001:2015 प्रमाणीकरण प्राप्त आइतबार, जेठ ३, २०८३
स्थानीय तहको पुनर्संरचना तयारी
स्थानीय तहको पुनर्संरचना तयारी आइतबार, जेठ ३, २०८३
सिंहदरबारकै जग्गा अतिक्रमण
सिंहदरबारकै जग्गा अतिक्रमण आइतबार, जेठ ३, २०८३
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न शनिबार, जेठ २, २०८३
लोकप्रीय
  • Week
  • Month
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
युरिया मल प्रहरीको नियन्त्रणमा
युरिया मल प्रहरीको नियन्त्रणमा
मधेशका सबै नाकामा छोटी भन्सार सञ्चालन गर्न माग
मधेशका सबै नाकामा छोटी भन्सार सञ्चालन गर्न माग
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
अवैध काठ र ट्याक्टरसहित  एक व्यक्ति पक्राउ, १५  लाख बढीको सामान बरामद
अवैध काठ र ट्याक्टरसहित एक व्यक्ति पक्राउ, १५  लाख बढीको सामान बरामद
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्