Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • जनताको आधारभूत आवश्यकता पूरा गर्ने सरकारको उदेश्य साकार हुँदैछ : मन्त्री यादव
जनताको आधारभूत आवश्यकता पूरा गर्ने सरकारको उदेश्य साकार हुँदैछ : मन्त्री यादव
Terai Report
Terai Report मंगलबार, जेठ ६, २०८२

पञ्चपुरी । खानेपानीमन्त्री प्रदीप यादवले जनताको आधारभूत आवश्यकता पूरा गर्ने सरकारको उद्देश्य र सङ्कल्प साकार हुँदै गएको बताउनुभएको छ । आज सुर्खेत शिवशक्ती धाम, पञ्चपुरीस्थित पञ्चपुरी नगरपालिका वडा नं. १, २ र ३ मा रहेको सालकोट बृहत खानेपानी आयोजनाको उद्घाटन गर्दै मन्त्री यादवले नेपाली जनताको स्वास्थ्य र जीवनस्तर उकास्न सुरक्षित खानेपानी अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “यो आयोजना पूरा भएसँगै स्थानीय बासिन्दालाई स्वच्छ र पर्याप्त पानीको सहज पहुँच हुने छ, जसले स्वास्थ्य, शिक्षा र आर्थिक क्षेत्रमै सकारात्मक प्रभाव पार्नेछ ।” यसैगरी उहाँले नेपाली नागरिकका आधारभुत आवश्यकतालाई पुरागर्ने सरकारको उद्देश्य र सङ्कल्प साकार हुँदै गएको बताउनु र खानेपानीको समस्याका कारण आजित भएका नागरिकहरुलाई सुरक्षित खानेपानी वितरण सहित उनीहरुका समस्या समाधान हुँदै गएका जानकारी गराउनुभयो ।

“नागरिकका समस्या समाधान गर्न सरकारले खानेपानीका आयोजनालाई प्राथमिकता दिई काम सम्पन्न गर्दै आएका छन्,” उहाँले भन्नुभयो, “खानेपानीमा देखिएका समस्या समाधान गर्न म सहितको हाम्रो टोली हिमाल, पहाड, तराइँका जिल्लाका विकट एवं ग्रामिण बस्तिहरुमा धाइरहेको छु ।” जनजीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने खानेपानीजस्तो सेवा जनताको पहुँचमा पुर्‍याउनु आफ्नो प्रमुख प्राथमिकता भएको उल्लेख गर्दै मन्त्री यादवले योजनाको निर्माण मात्र नभई तिनको प्रभावकारी कार्यान्वयनमा समेत आफू गम्भीरतापूर्वक लागिपरेको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा बोल्नु हुँदै खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ईञ्जिनियर रामुकमार श्रेष्ठले जलवायु परिवर्तन लगायतका कारणले नागरिकले सुख्खा समयमा पानीको समस्या र वर्षायाममा पानीबाट हुने समस्या भोगिरहेको बताउनु हुँदै ती समस्या सामाधानको लागि खानेपानी विभागले अग्रसरताका साथ काम गरिरहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “यस पञ्चपुरी सालकोट बृहत खानेपानी योजनाले पञ्चपुरीवासीको आगामी ३० वर्ष सम्मको खानेपानीको समस्या सामाधान गर्नेछ ।  संघीय खानेपानी कार्यलय, प्रदेश कार्यलय, स्थानीय तह सबैको संयुक्त पहलमा यस योजनाको दीगो सञ्चालन हुने मैले विश्वास लिएको छु ।” सालकोट बृहत खानेपानी उपभोक्ता समितिका अध्यक्ष डिल्लीराम निउरले सरकारले आयोजनालाई प्राथमिकता दिई समयमा सम्पन्न गराएकोमा धन्यवाद व्यक्त गर्नु भएको थियो । उहाँले आगामी दिनमा यस्तो सेवा अन्य वडामा पनि विस्तार गर्न माग गर्नु भयो ।

आज उद्घाटन गरिएको सालकोट बृहत खानेपानी आयोजनाबाट पञ्चपुरी नगरपालिका वडानं १, २, ३ का करिब दुई हजार ७७१ घरधुरीका कम्तिमा पनि १५ हजारभन्दा बढी नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा लिइएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय सुर्खेतका निमित्त प्रमुख मनिषकुमार राजले जानकारी दिनुभयो ।

उक्त आयोजनाको स्वीकृत लागत रु २५ करोड ९१ लाख ८५ हजार ६६५ रहेको र ठेक्का स्वीकृत रकम भ्याट सहित कुल रु दश करोड ३० लाख ७३ हजार ०७३ रहेको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय सुर्खेतले जनाएको छ । आजको उक्त कार्यक्रममा संघीय सांसद हृदयराम थानी, पूर्वसांसद नवराज रावत, कर्णाली प्रदेशका सांसद विन्दमान विष्ट, खानेपानी मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्य, सहसचिव श्री मीना श्रेष्ठ, जिल्ला समन्वय प्रमुख गङ्गाराम सुनार, पञ्चपुरी नगरपालिकाका नगर प्रमुख लालविर भण्डारी, पञ्चपुरी नगरपालिकाका उप प्रमुख मुक्तिदेवी रेग्मी पुरी, प्रमुख जिज्ला अधिकारी जगदिश्वर उपाध्याय लगायत स्थानीयवासी एवं जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  १९:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल मंगलबार, जेठ ५, २०८३
वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न
वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न सोमबार, जेठ ४, २०८३
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं सोमबार, जेठ ४, २०८३
नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले ISO 9001:2015 प्रमाणीकरण प्राप्त
नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले ISO 9001:2015 प्रमाणीकरण प्राप्त आइतबार, जेठ ३, २०८३
स्थानीय तहको पुनर्संरचना तयारी
स्थानीय तहको पुनर्संरचना तयारी आइतबार, जेठ ३, २०८३
सिंहदरबारकै जग्गा अतिक्रमण
सिंहदरबारकै जग्गा अतिक्रमण आइतबार, जेठ ३, २०८३
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न शनिबार, जेठ २, २०८३
लोकप्रीय
  • Week
  • Month
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
युरिया मल प्रहरीको नियन्त्रणमा
युरिया मल प्रहरीको नियन्त्रणमा
मधेशका सबै नाकामा छोटी भन्सार सञ्चालन गर्न माग
मधेशका सबै नाकामा छोटी भन्सार सञ्चालन गर्न माग
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
अवैध काठ र ट्याक्टरसहित  एक व्यक्ति पक्राउ, १५  लाख बढीको सामान बरामद
अवैध काठ र ट्याक्टरसहित एक व्यक्ति पक्राउ, १५  लाख बढीको सामान बरामद
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्