Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
Dashain Banner Dashain Banner
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • बलात्कार घटना मिलाउन जनप्रतिनिधिहरू नै सक्रिय, वडाध्यक्ष दिनभर प्रहरीको नियन्त्रणमा
बलात्कार घटना मिलाउन जनप्रतिनिधिहरू नै सक्रिय, वडाध्यक्ष दिनभर प्रहरीको नियन्त्रणमा
Terai Report
Terai Report शुक्रबार, जेठ ३१, २०८२

बारा । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरु नै जबरजस्ती करणी जस्तो जघन्य अपराधको घटना मिलाउन सक्रिय देखिएका छन् । पीडितलाई दबाब दिँदै पीडकलाई उन्मुक्ति दिनेगरी उनीहरु सक्रिय बनेको घटना सार्वजनिक भएको छ ।  

बलात्कारको घटना मिलापत्र गराउन पीडितहरुलाई दवाब दिने गरेको आरोपमा सिम्रौनगढ नगरपालिका- ३ का वडा अध्यक्ष ऐतुउल्लाह अन्सारी र बारागढी गाउँपालिका ६ का कार्यवाहक वडाध्यक्ष रामेश्वर पडितलाई बिहीबार दिनभरी नियन्त्रणमा राखेर हाजिर जवानीमा छोडेको जिल्ला प्रहरी कार्यालय कलैया, बाराले जनाएको छ ।

सिम्रौनगढ नगरपालिका वडा नम्बर ३ का एक टोलमा जेठ २४ गते २० वर्षीय एक युवकले १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको स्थानीयको आरोप छ । धार्मिक कार्यक्रम भएका दिन परिवारका सदस्यहरु छिमेकीको घरमा खाना खान गएका समय घरमा एक्लै रहेकी ती बालिकमाथि जबरजस्ती भएको उनीहरुको भनाइ छ । टोलमै सम्पन्न परिवारका सदस्य रहेका ती युवाबाट रकम लिएर वडाध्यक्षले गाउँमै मिलापत्र गराउन पीडितको परिवारलाई दिनहुँ दवाव दिने गरेको स्थानीयको भनाइ छ ।  

पीडित नाबालिकका परिवारलाई वडाध्यक्षमार्फत् दवाव दिलाएर मिलापत्र गर्न लगाउने र त्यसको साट्टो जबरजस्ती करणी गर्ने युवाको परिवारबाट दुई लाख ५० हजार जरिवाना गराउने सहमति प्रयास वडाध्यक्षलगायतबाट भएको पाइएको छ । युवाको परिवारबाट प्राप्त हुने रकम दुई लाख ५० हजार रुपैयाँमध्ये पीडित बालिकाको परिवारलाई ८० हजार रुपैयाँ दिने र बाँकी आपसमा बाँडेर खाने प्रयाससमेत भइरहेको पाइएको छ । जनप्रतिनिधिबाटै भएको यसप्रकारको कुकर्मप्रति पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि घटना बाहिरिएको हो । सोही उजुरीका आधारमा प्रहरीले वडाध्यक्ष मियाँलाई दिनभर नियन्त्रणमा लिएर सोधपुछ गरेको बाराका प्रहरी प्रमुख सन्तोष तामाङले बताए ।  

उजुरीका आधारमा थप अनुसन्धान गर्दा जबरजस्ती करणी गर्ने युवकसहित सम्पूर्ण परिवार भने फरार भएको तामाङले जानकारी दिए । वडाध्यक्षलाई भने बलात्कारमा संलग्न युवकसहित सम्पूर्ण दोषीलाई उपस्थित गराउने गरी हाजिर जवानीमा छोडिएको उनले बताए।

त्यसैगरी अर्का बारागढी गाउँपालिका वडा नम्बर ६ का कार्यवाहक वडाध्यक्ष रामेश्वर पडितले पनि शाररिक अशक्तता भएकी एक महिलालाई जबरजस्ती करणी गर्नेलाई बचाउन पीडित परिवारलाई दवाव दिएको आरोप लागेको छ । महिलाको परिवारले घटना बारे प्रहरीलाई उजुरी दिएपछि कार्यवाहक वडाध्यक्ष पडितलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । बिहीबारै दिनभर नियन्त्रणमा लिएका उनलाई प्रहरीले हाजिरी जवानीमा छोडेको एसपी तामाङले बताए।

जबरजस्ती करणीको घटना मिलापत्र गराउन पीडितलाई दवाव दिने दुबै वडाध्यक्षहरु सार्वजनिक पदमा रहेकाले फरार हुने सम्भावना कमदेखी आवश्यक परेको समयमा उपस्थित हुने सर्तमा हाजिर जमानीमा छोडिएको एसपी तामाङले बताए । उनले अनुसन्धानबाट दोषी पाइए जनप्रतिनिधिमात्र नभइ जोकोहीलाई पनि कारबाही गर्ने प्रतिबद्धता जनाए । साभार : नागरिक दैनिक


प्रकाशित मिति: शुक्रबार, जेठ ३१, २०८२  २०:३७
प्रतिक्रिया दिनुहोस्
20 20
थप समाचार
सहकारी पीडित र घाइतेहरूको तर्फबाट कुशलबलाई मन्त्री बनाउन माग
सहकारी पीडित र घाइतेहरूको तर्फबाट कुशलबलाई मन्त्री बनाउन माग बुधबार, कात्तिक १३, २०८२
धनुषा र रौतहटका एसपी फेरिए
धनुषा र रौतहटका एसपी फेरिए शुक्रबार, कात्तिक १, २०८२
चालु आवको तीन महिना सकियो, ४३ स्थानीय तहले हालसम्म ल्याएनन् बजेट
चालु आवको तीन महिना सकियो, ४३ स्थानीय तहले हालसम्म ल्याएनन् बजेट शुक्रबार, कात्तिक १, २०८२
बिहार विधानसभा निर्वाचन लक्षित गर्दै नेपाल–भारत सुरक्षा अधिकारीहरूको संयुक्त बैठक सम्पन्न
बिहार विधानसभा निर्वाचन लक्षित गर्दै नेपाल–भारत सुरक्षा अधिकारीहरूको संयुक्त बैठक सम्पन्न शुक्रबार, कात्तिक १, २०८२
पर्सा: १ अर्ब ६२ करोड बढी लगानी सहित ९ सय ६३ नयाँ घरेलु उद्योग दर्ता भई सञ्चालनमा
पर्सा: १ अर्ब ६२ करोड बढी लगानी सहित ९ सय ६३ नयाँ घरेलु उद्योग दर्ता भई सञ्चालनमा बिहीबार, असोज ३०, २०८२
प्रदेशसभा सदस्य सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता
प्रदेशसभा सदस्य सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता बिहीबार, असोज ३०, २०८२
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सहित दुई मन्त्रीको शपथग्रहण सम्पन्न
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सहित दुई मन्त्रीको शपथग्रहण सम्पन्न बिहीबार, असोज ३०, २०८२
23 23
लोकप्रीय
  • Week
  • Month
पर्यटन व्यवसायी शर्माद्धारा जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई २५ थान कुर्ची सहयोग
पर्यटन व्यवसायी शर्माद्धारा जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई २५ थान कुर्ची सहयोग
चुरियामाई मन्दिर नजिक बस दुर्घटना, दुई जनाको मृत्यु
चुरियामाई मन्दिर नजिक बस दुर्घटना, दुई जनाको मृत्यु
गृहमा २ घण्टा छलफल : नेताका बोलीदेखि काउन्टर जाहेरीले पार्न सक्ने सुरक्षा खतराको विश्लेषण
गृहमा २ घण्टा छलफल : नेताका बोलीदेखि काउन्टर जाहेरीले पार्न सक्ने सुरक्षा खतराको विश्लेषण
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा जसपाले भाग लिनेः पुर्वमन्त्री यादव
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा जसपाले भाग लिनेः पुर्वमन्त्री यादव
चार हजार हेक्टरमा लगाइएको बाली डुबानमा
चार हजार हेक्टरमा लगाइएको बाली डुबानमा
24 24
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

तराई रिपोर्ट

ठेगान: वीरगंज, पर्सा
इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

सम्पर्क नं:

९८४५०३५०५४
९८२७२६५५०४

सूचना विभाग दर्ता नंः

२५२३/०७७/०७८
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2025 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्