Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • वडा नं. १० को सार्वजनिक सुनुवाई र आगामी योजनासम्बन्धी छलफल सम्पन्न
वडा नं. १० को सार्वजनिक सुनुवाई र आगामी योजनासम्बन्धी छलफल सम्पन्न
Terai Report
Terai Report बिहीबार, असार १२, २०८२

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. १० ले चालु आर्थिक वर्षमा ९२ प्रतिशत भौतिक प्रगति र ७४.५२ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ।

 वडा नं. १० मा आयोजना गरिएको सार्वजनिक सुनुवाई र आगामी आर्थिक वर्षका योजनाबारेको छलफल कार्यक्रममा वडाध्यक्ष रामकुमार के. सी. ले विकास र सुविधा प्राप्त गर्ने वडावासीका चाहनाहरूलाई प्राथमिकता दिने आश्वासन दिएका छन्।

कार्यक्रममा बोल्दै वडाध्यक्ष के. सी. ले भने, "हामीले प्रत्येक स्थानमा समान दृष्टिकोण अपनाउँदै पूर्वाधार निर्माण गरेका छौँ। हरेक स्थानमा सबै काम एकैचोटि हुन नसकेको हुन सक्छ, तर यसको अर्थ यो होइन कि त्यहाँ हाम्रो ध्यान पुगेको छैन। विकास भनेको सबै मिलेर गर्ने काम हो, र हामीले ल्याएका योजनामा सबैलाई सहभागी हुनु आवश्यक छ।"

वडा सदस्य सतिश तण्डुकारले धोवीखोला कोरिडोरको अतिक्रमण मुक्त गर्ने र खुला स्थान तथा पार्क निर्माण योजनाको महत्त्वपूर्ण शुरुआत भएको बताउँदै यसले वडावासीको जीवनस्तर सुधार्न मद्दत पुर्याउने आशा व्यक्त गरे। "वडाभित्र ४ वटा बस विसौनीहरूको निर्माण कार्य पनि जारी छ, जसको २ वटा पुरा भइसकेका छन् र २ वटा निर्माणाधीन छन्," उनले थपे।

सामाजिक क्षेत्रका योजनामा उल्लेख गर्दै वडा सदस्य निरोज अर्यालले खेलकुदको महत्वलाई जोड दिएका छन्। "वडाभित्र खेल मैदानको अभाव भए पनि, खेलकुदका विभिन्न प्रतियोगितामा वडावासीले सम्मान प्राप्त गरेका छन्। आगामी वर्षमा क्षेत्र छुट्याएर खेल कार्यक्रमहरूको आयोजना गर्ने योजना बनाइएको छ," उनले भने।

महिला सञ्जालका संयोजक रोहिणी श्रेष्ठ र मेलमिलाप कक्षका संयोजक सुनिता भित्रकोटीले पनि आफ्नो कार्यक्षेत्रका बारेमा जानकारी दिए। रोहिणी श्रेष्ठले घरभाडा र आपसी असमझदारीका कारण आएका समस्याहरूको समाधानका लागि काम गर्दै आएको बताइन, भने सुनिता भित्रकोटीले मेलमिलाप प्रक्रियामा सकारात्मक नतिजा प्राप्त भएको उदाहरण प्रस्तुत गरिन्।

सुनुवाईमा वडा सचिव सुवोध खड्काले चालु आर्थिक वर्षका लागि स्वीकृत १०२ योजनामध्ये ५ वटा निर्माण कार्य अझै पूरा नभएको जानकारी दिएका छन्। उनले भने, "सामाजिक क्षेत्रका २० योजनामा ६६ प्रतिशत प्रगति भएको छ, र अन्य योजनाहरू निर्धारित समयमै पूरा भएका छन्।"

सार्वजनिक सुनुवाईमा वडावासीले आफ्ना विभिन्न सुझाव र गुनासाहरू राखे। अधिकांस नागरिकहरूले सडक प्रकाश व्यवस्थापन, तार व्यवस्थापन, र सामुदायिक कुकुरहरूको नियन्त्रण गर्न आवश्यक भएको बताएका थिए। अन्य सेवाग्राहीले सीसीटिभी क्यामरा जडान गर्न र राति सडक उज्यालो बनाउनका लागि माग राखेका थिए।

वडामा २० करोड २७ लाख रुपैयाँको राजस्व संकलन भएको जानकारी दिइएको छ, जुन सम्पत्ति कर, व्यवसाय कर, भूमि कर र अन्य शिफारिसहरूको माध्यमबाट प्राप्त भएको हो। यसका अतिरिक्त, सामाजिक सुरक्षा भत्ता कार्यक्रम अन्तर्गत १,४७४ जनालाई भत्ता वितरण गरिएको छ।

कार्यक्रममा २८ वडावासीले गुनासा, सुझाव र माग राखेका थिए, जसमा प्रमुख माग तार व्यवस्थापन र सडक प्रकाशसँग सम्बन्धित थिए। वडावासीले जनताको सुरक्षामा ध्यान पुर्याउन र विपद जोखिमलाई कम गर्नका लागि मध्यमकालीन र दीर्घकालीन विकास योजनाहरू बनाउनका लागि सुझाव दिएका थिए।

वडा नं. १० का वडाध्यक्ष रामकुमार के. सी. र अन्य वडासदस्यहरूले वडावासीको सुझाव र मागलाई ध्यानमा राख्दै आगामी योजनाहरूमा सुधार गर्न र उनीहरूको भागीदारी बढाउन प्रतिबद्धता जनाएका छन्।


प्रकाशित मिति: बिहीबार, असार १२, २०८२  १९:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल मंगलबार, जेठ ५, २०८३
वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न
वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न सोमबार, जेठ ४, २०८३
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं सोमबार, जेठ ४, २०८३
नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले ISO 9001:2015 प्रमाणीकरण प्राप्त
नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले ISO 9001:2015 प्रमाणीकरण प्राप्त आइतबार, जेठ ३, २०८३
स्थानीय तहको पुनर्संरचना तयारी
स्थानीय तहको पुनर्संरचना तयारी आइतबार, जेठ ३, २०८३
सिंहदरबारकै जग्गा अतिक्रमण
सिंहदरबारकै जग्गा अतिक्रमण आइतबार, जेठ ३, २०८३
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न शनिबार, जेठ २, २०८३
लोकप्रीय
  • Week
  • Month
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
युरिया मल प्रहरीको नियन्त्रणमा
युरिया मल प्रहरीको नियन्त्रणमा
मधेशका सबै नाकामा छोटी भन्सार सञ्चालन गर्न माग
मधेशका सबै नाकामा छोटी भन्सार सञ्चालन गर्न माग
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
अवैध काठ र ट्याक्टरसहित  एक व्यक्ति पक्राउ, १५  लाख बढीको सामान बरामद
अवैध काठ र ट्याक्टरसहित एक व्यक्ति पक्राउ, १५  लाख बढीको सामान बरामद
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्