Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • लेखक लक्ष्मण वियोगीको कथा सङ्ग्रह 'सत्यम्'को गृह विमोचन र विमर्श सम्पन्न
लेखक लक्ष्मण वियोगीको कथा सङ्ग्रह 'सत्यम्'को गृह विमोचन र विमर्श सम्पन्न
Terai Report
Terai Report सोमबार, असार १६, २०८२

स्याङ्जा । लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथा सङ्ग्रह 'सत्यम्' को वालिङ, मिर्दीमा विमोचन र विमर्श गरिएको छ। मिर्दीस्थित नेचुरल भ्यू पोइन्ट रेस्टुरेन्ट एन्ड लजमा शनिबार एक विशेष कार्यक्रम आयोजना गरिँदा उक्त कृतिको अनावरण गरिएको हो।

कार्यक्रमको अध्यक्षता स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष कुमार रानाले गरेका थिए। प्रमुख अतिथि पूर्व कृषि मन्त्री त्रिलोचन ढकाल, समालोचक डा. अशोक थापा, समीक्षाक द्वय शान्ता थापा र शम्भु अर्याल लगायत लेखक वियोगीले संयुक्त रूपमा कृतिको विमोचन गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि ढकालले 'साहित्य कल्पना र यथार्थताको संयोजन हो, र यो पक्ष सत्यम्मा पाइन्छ' भन्ने बताएका थिए। उनले वियोगीका कथामा २०५२ देखि २०६२ सालसम्मको माओवादी द्वन्द्वको प्रभावलाई समेटिएको कुरा पनि उल्लेख गरे। समालोचक डा. थापाले भने, "वियोगीका कथामा पत्रकारिता पेशामा लेख्न नसकेका विषयहरू झल्किएका छन्, र उनले असत्यलाई उजागर गर्दै समाजका वर्गीय पीडालाई चित्रित गरेका छन्।"

WhatsApp-Image-2025-06-30-at-4.25.07-PM-1751280148.jpeg
समीक्षक शान्ता थापाले 'सत्यम्'लाई स्याङ्जाको मौलिक संस्कृति र परिवेशमा आधारित कृति रहेको र पुस्तकको पठन गर्दा आफूलाई भावुक अनुभव भएको बताइन्। उनले कृतिको साहित्यिक महत्त्व र वियोगीको लेखन शैलीको सराहना गरे।

कथाकार वियोगीले कृतिको रचनाको पृष्ठभूमि र प्रेरणा बारे चर्चा गर्दै भने, "म कथाकार वा लेखक बनुँला/नबनुँला, सबैभन्दा ठूलो कुरा भनेको मलाई धेरैले सहयोग गर्नुभयो, र यो सहयोगको आधारमा मैले यो कृति तयार पारेको छु।" उनले थपे, "सत्यम् मलाई चिनाउन आएको कृति हो, र यसले मलाई चिनाउने काम गरेको छ।"

कार्यक्रमको समापन गर्दै, स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष रानाले वियोगीको कथाले आफ्नो जन्मभूमि र मौलिकतालाई उजागर गरेको बताएका थिए।

वियोगीको 'सत्यम्' कृति पश्चिम नेपाल, विशेषतः स्याङ्जा जिल्लाका भाषिक सौन्दर्य र माओवादी द्वन्द्वका पृष्ठभूमिमा सिर्जित नेपाली समाजका विविध पाटाहरूलाई उजागर गर्दछ। कथामा सामाजिक विभेद, असमानता, जनयुद्धका त्रासदी र पर्यावरणीय चेतसमेत समेटिएका छन्।

कृति विमोचनको अवसरमा २५ जना कविहरूले सिर्जना वाचन गरेका थिए।

लक्ष्मण वियोगी विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन्। उनले नेपाल समाचारपत्र, नागरिक दैनिक जस्ता प्रतिष्ठित पत्रिकामा कार्य गरेका छन् र वर्तमानमा ‘ऊर्जा खबर’ नामक ऊर्जा सम्बन्धी अनलाइन पोर्टलका सम्पादकको रूपमा कार्यरत छन्। साहित्य लेखनमा उनको विशेष रुचि कथा र निबन्ध विधामा रहेको छ।

वियोगीको ‘कोरोनाको कर्खा’ निबन्ध २०७८ सालको 'कविडाँडा राष्ट्रिय निबन्ध प्रतियोगिता' मा प्रथम भएको थियो। साथै, उनको 'टाउको' शीर्षक कथा २०२२ सालको ‘डिसहोम बाह्रखरी राष्ट्रव्यापी खुला कथा प्रतियोगिता’को दोस्रो स्थानमा रहि, यो कथा पनि ‘सत्यम्’ सङ्ग्रहमा समावेश गरिएको छ।

पेज टर्नर प्रालिले प्रकाशन गरेको यस १५ कथा सङ्ग्रहको बजार मूल्य ४५५ रुपैयाँ रहेको छ। यस प्रकाशनले अहिलेसम्म थुप्रै साहित्यिक कृतिहरू प्रकाशित गरिसकेको छ।


प्रकाशित मिति: सोमबार, असार १६, २०८२  १६:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल मंगलबार, जेठ ५, २०८३
वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न
वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न सोमबार, जेठ ४, २०८३
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं सोमबार, जेठ ४, २०८३
नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले ISO 9001:2015 प्रमाणीकरण प्राप्त
नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले ISO 9001:2015 प्रमाणीकरण प्राप्त आइतबार, जेठ ३, २०८३
स्थानीय तहको पुनर्संरचना तयारी
स्थानीय तहको पुनर्संरचना तयारी आइतबार, जेठ ३, २०८३
सिंहदरबारकै जग्गा अतिक्रमण
सिंहदरबारकै जग्गा अतिक्रमण आइतबार, जेठ ३, २०८३
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न शनिबार, जेठ २, २०८३
लोकप्रीय
  • Week
  • Month
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
युरिया मल प्रहरीको नियन्त्रणमा
युरिया मल प्रहरीको नियन्त्रणमा
मधेशका सबै नाकामा छोटी भन्सार सञ्चालन गर्न माग
मधेशका सबै नाकामा छोटी भन्सार सञ्चालन गर्न माग
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
अवैध काठ र ट्याक्टरसहित  एक व्यक्ति पक्राउ, १५  लाख बढीको सामान बरामद
अवैध काठ र ट्याक्टरसहित एक व्यक्ति पक्राउ, १५  लाख बढीको सामान बरामद
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्