Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • रसुवाका प्रजिअ भन्छन् : बाढीले सडक, बिजुली र टेलिफोन अवरुद्ध छ, उद्धार र राहतमा कठिनाइ भएको छ
रसुवाका प्रजिअ भन्छन् : बाढीले सडक, बिजुली र टेलिफोन अवरुद्ध छ, उद्धार र राहतमा कठिनाइ भएको छ
Terai Report
Terai Report बुधबार, असार २५, २०८२

काठमाडौँ । मंगलबार बिहानै तिब्बतबाट आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि सुरु भएको विपत्तिले ठूलो जनधनको क्षति भएको छ । बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगायो । सुक्खा बन्दरगाहमा पनि ठूलो क्षति भएको छ ।

बाढीमा ६ चिनियाँ नागरिकसहित कम्तीमा १९ जना सम्पर्कविहीन रहेका छन् । रसुवागढीसहित ४ जलविद्युत् आयोजनामा क्षति सुक्खा बन्दरगाहमा रहेका सामानसहितका २४ कन्टेनर गाडी, ६ ट्रक र करिब ३५ ईभी गाडी बगेका छन् । बाढीपछि उद्धार र खोजीकार्य तथा सडक सञ्चालनलगायतका कामबारे रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलसँग संक्षिप्त कुराकानी गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित अंश :

अहिले सिंगो सुरक्षा संयन्त्र के काममा खटिएको छ ?

हाम्रो जिल्लाको सम्पूर्ण सुरक्षा संयन्त्र नै फिल्डमा छ । हामीले उद्धारका कामहरू जारी राखेका छौं । आज बिहान हामीले स्थलगत अध्ययन गरेर फर्केका छौं । बाढीमा फसेकाहरूको उद्धार जारी छ । हामीले ३४ वटा फ्लाइटबाट १३६ जनाको उद्धार गरेर काठमाडौं पठाएका छौं । तीमध्ये १२७ जना विदेशी नागरिक रहेका थिए ।

आज बिहान पनि हामीले फसेका स्वदेशी तथा विदेशी गरेर १५० भन्दा बढीलाई सुरक्षाकर्मीको स्कर्टिङमा सुरक्षित स्थानमा सारेका छौं । स्कर्टिङ गरेर सुरक्षित स्थानमा ल्याउने क्रममा सशस्त्र प्रहरीका सहायक हवल्दार विशाल थापा भीरबाट खसेर घाइते भए । उनको पनि उद्धार गरेर ल्याउने काम भइसकेको छ । उहाँलाई पनि हेलिकप्टरबाट काठमाडौं पठाउने तयारी भइरहेको छ ।

बाढीको सबैभन्दा ठूलो प्रभाव कहाँ परेको देखियो ?

सबैभन्दा ठूलो क्षति मितेरी पुल बगाएको नै हो । भन्सारको यार्डमा पनि धेरै क्षति भएको छ । भन्सार यार्डमा १५ देखि २० वटा गाडीहरू पुरिएको देखिन्छ । तीमध्ये केही पूरा जसो पुरिएका छन् भने केही आधा मात्रै । यार्डमा धेरै ठाउँमा धाँजा फाटेका छन् । त्यो क्षेत्रलाई हामीले रेड एरिया घोषणा गरेका छौं । यार्डमा रहेका गाडीभित्र पनि सामानहरू छन् । सुरक्षाकर्मीले ती गाडीका मालिकहरूसँग सम्पर्क गरेर ती सामानहरू सुरक्षित स्थानमा सार्न समन्वय गरिरहेका छन् । बेपत्ता भएका भनिएका कतिपय मानिसहरू यार्डबाटै बगेका हुन सक्ने र कतिपय त्यहीँ पुरिएका हुन सक्ने आशंका छ । त्यसको खोजी कार्य पनि जारी छ ।

खोजी कार्य कति सजिलो देखिन्छ ?

खोजी कार्यका लागि हामीलाई हेभी इक्विपमेन्टहरू चाहिने देखिन्छ । त्यस्ता उपकरणहरू हामीसँग तत्काल छैनन् । बाटो नखुलेसम्म त्यस्ता उपकरणहरू ल्याउन पनि समस्या छ ।

बाढीले सडकमा पनि क्षति पुर्‍याएको छ ?

हिजो हामी हिँडेर यहाँसम्म आइपुग्दा १० देखि १२ ठाउँमा सडक अवरुद्ध छ । सडक इन्जिनियरका अनुसार १,१०० मिटर सडक १० ठाउँमा ठूलो क्षति पुगेको छ ।

अहिले तत्कालै प्राथमिकतामा राखेर गर्नुपर्ने कामहरू के–के देख्नुभयो ?

बाढीको प्रभाव धेरै ठाउँमा परेको छ । २ हजारभन्दा धेरै मानिसको बसोबास भएको ठाउँमा बाढीले सम्पर्कविच्छेद गराएको छ । हामीले पाएको सूचनाअनुसार त्यहाँ तीन–चार दिनका लागि मात्रै पुग्ने खाद्यान्न मौज्दात छ ।

अब हामीले त्यहाँ खाद्यान्न पुर्‍याउने तयारी थाल्नुपर्छ । त्यहाँ विद्युत् र टेलिफोन सेवा पनि अवरुद्ध छन् । त्यसैले गर्दा उद्धार र अरु कामहरू गर्न अप्ठ्यारो भएको छ । हामीले चिनियाँ सीमाबाट केही हदसम्म सम्पर्कको काम गरिरहेका छौं । टेलिफोन सेवा सुरु गर्न र विद्युत् आपूर्ति सुचारु गर्न पनि हामीले प्रयास थालेका छौं । कान्तिपुर/विमल खतिवडा


प्रकाशित मिति: बुधबार, असार २५, २०८२  १५:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल मंगलबार, जेठ ५, २०८३
वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न
वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न सोमबार, जेठ ४, २०८३
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं सोमबार, जेठ ४, २०८३
नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले ISO 9001:2015 प्रमाणीकरण प्राप्त
नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले ISO 9001:2015 प्रमाणीकरण प्राप्त आइतबार, जेठ ३, २०८३
स्थानीय तहको पुनर्संरचना तयारी
स्थानीय तहको पुनर्संरचना तयारी आइतबार, जेठ ३, २०८३
सिंहदरबारकै जग्गा अतिक्रमण
सिंहदरबारकै जग्गा अतिक्रमण आइतबार, जेठ ३, २०८३
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न शनिबार, जेठ २, २०८३
लोकप्रीय
  • Week
  • Month
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
युरिया मल प्रहरीको नियन्त्रणमा
युरिया मल प्रहरीको नियन्त्रणमा
मधेशका सबै नाकामा छोटी भन्सार सञ्चालन गर्न माग
मधेशका सबै नाकामा छोटी भन्सार सञ्चालन गर्न माग
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
अवैध काठ र ट्याक्टरसहित  एक व्यक्ति पक्राउ, १५  लाख बढीको सामान बरामद
अवैध काठ र ट्याक्टरसहित एक व्यक्ति पक्राउ, १५  लाख बढीको सामान बरामद
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्