Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
अर्थ - वाणिज्य
  • Home
  • अर्थ - वाणिज्य
  • ग्रिन हाइड्रोजन प्रयोगमा ल्याउने तयारी
ग्रिन हाइड्रोजन प्रयोगमा ल्याउने तयारी
Terai Report
Terai Report बिहीबार, असार २६, २०८२

काठमाडौँ । भारतबाट पेट्रोलियम पदार्थ ल्याएर बिक्री गर्दै आएको सरकारी स्वामित्वको नेपाल आयल निगमले हाइड्रोजन ग्यासको उत्पादन र प्रयोग गर्ने योजना बनाएको छ। सफा र हरित ऊर्जा स्रोतको रूपमा रहेको हाइड्रोजन ग्यास विश्वका धेरै देशहरूले पेट्रोलियम पदार्थको विकल्पका रूपमा प्रयोग गर्न थालेका छन्। पेट्रोलिय पदार्थले वातावरण प्रदूषण बढाउने भएकाले नेपाल आयल निगमले हाइड्रोजन प्रयोगका लागि व्यावसायिक उत्पादन गर्ने तयारी अघि बढाएको हो।

नेपाल जस्ता जलविद्युत् सम्पन्न मुलुकमा हरित हाइड्रोजन उत्पादनको राम्रो सम्भावना भएकाले यसको प्रयोग गर्नुपर्ने नेपाल आयल निगमका कार्यकारी निर्देशक डा.चण्डिकाप्रसाद भट्टले बताए। ‘आयल निगमले उच्च तहमा सोचेर ग्रिन इनर्जीमा जाने सोच बनाएको हो,’ भट्टले भने, ‘पहिलो चरणमा सवारी साधन र त्यसपछि कुकिङमा प्रयोग गर्ने योजना छ।’

आयल निगमको सहयोगमा काठमाडौं विश्वविद्यालयले कारमा हाइड्रोजनको प्रयोग सफल भएपछि व्यावसायिक उत्पादनको योजना बनाएको हो। केयुले नेपालमा ‘हाइड्रोजन कार’ सफल परीक्षणपछि निगमले हाइड्रोजन ग्यासको व्यावसायिक प्रयोगमा जान उत्साहित देखिएको छ । केयुले हुन्डाइ कम्पनीको हाइड्रोजन कार विश्वविद्यालयमा परीक्षण गरिसकेको छ। ‘काठमाडौं विश्वविद्यालयले सवारी साधनमा हाइड्रोजन ग्यास प्रयोग गरिसकेको छ,’ कार्यकारी निर्देशक भट्टले भने, ‘अब व्यावसायिक उत्पादन गर्ने योजना छ।’

पेट्रोलियम पदार्थको विकल्पमा ग्रिन हाइड्रोजनमा जान ढिला गर्न नहुने भट्टले बताए। ‘कसरी केकेमा प्रयोग गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गरेका छौं,’ भट्टले भने, ‘अध्ययनको सुझावका आधारमा व्यावसायिक योजना बनाएर अघि बढ्छौं।’ ‘पानी र बिजुलीबाट उत्पादन हुने भएकाले नेपालमा यसको अवसर छ,’ उनले भने।

पानीबाट बिजुली निकालेर बिजुलीले पानीलाई टुक्रयाएपछि हाइड्रोजनको उत्पादन हुन्छ। एक किलोग्राम हाइड्रोजनबाट ५० युनिटसम्म बिजुली निस्कन्छ। यही विधिबाट निकालेको हाइड्रोजनबाट उत्पादन हुने ऊर्जा नै हाइड्रोजन ऊर्जा हो। हाइड्रोजनबाट सवारी साधन, खाना पकाउन, औद्योगिक क्षेत्रमा प्रयोग गर्न सकिन्छ।

पछिल्ला अध्यनयहरूले एक किलो हाइड्रोजन ऊर्जा ब्याट्रीको तुलनामा ४०० गुणा हल्का रहेको पत्ता लगाएका छन्। एक किलो हाइड्रोजनले एउटा कार ७० किलोमिटरसम्म कुद्न सक्ने वैज्ञानिक अध्ययनबाट देखिएको बताइएको छ।

विकसित मुलुकले पेट्रोलियम र कोइलाको विकल्पको रूपमा हाइड्रोजन ऊर्जा प्रयोग गर्न थालेका छन्। मुलुकले हाइड्रोजनको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने पूर्व मुख्य सचिव वैकुण्ठ अर्याल बताउँछन्। पानी र बिजुली नेपालमा रहेकाले नेपालमा प्रचुर सम्भावना भएको उनले बताए। ‘अहिले सुरुमा महँगो पर्न सक्छ’, पूर्व मुख्य सचिव अर्यालले भने, ‘यातायात र खाना पकाउन प्रयोगमा ल्याउनुपर्छ।’ भविष्यमा पाइपबाट निर्यात गर्ने सम्भावना पनि रहेको उनले बताए।

हाइड्रोजन उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ स्वदेशमै भएकाले पेट्रोलियम पदार्थको विस्थापन गर्न सकिन्छ। विदेशी मुद्रा विदेश जान रोकिन्छ। यसले व्यापार घाटा घटाउन सहयोग पुग्छ। हाइड्रोजनको एउटा कार काठमाडौं विश्वविद्यालयले प्रयोगमा ल्याए पनि सञ्चालनमा नम्बर प्लेट पाएको छैन। हाइड्रोजन उत्पादनमा सरकारले सहजीकरण गरे निजी क्षेत्र पनि आउने सरोकारवाला बताउँछन्।

सरकारी पहलबाटै ग्रिन हाइड्रोजनको उत्पादन र प्रयोग बढाउनु पर्ने सरकारी अधिकारी बताउँछन्। पाइलट प्रोजेक्टका रूपमा ग्रिन हाइड्रोजनको उत्पादन, भण्डारण र वितरणको काम थाल्नुपर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे बताउँछन्। ‘अनुसन्धान र उत्पादनमा ध्यान दिनुपर्छ’, घिमिरेले भने।

सरकारले ग्रिन हाइड्रोजनको नीति पनि ल्याएको छ। सरकारले नवीकरणीय र वैकल्पिक उर्जाका स्रोतको विकासका लागि ग्रिन हाइड्रोजन नीति ल्याइसकेको छ। जलविद्युत् लगायतका नवीकरणीय स्रोतबाट उत्पादित ऊर्जालाई प्रयोग गर्दै ग्रिन हाइड्रोजनको उत्पादन तथा उपयोग प्रवर्धन गर्ने गरी नीति ल्याएको हो। यस नीति अन्तर्गत रासायनिक मल उत्पादन गर्ने, पेट्रोलियम पदार्थमाथिको परनिर्भरता घटाउने तथा न्यून कार्बन अर्थतन्त्र सिर्जना गर्नेजस्ता उद्देश्य राखेको छ। नेपालमा ग्रिन हाइड्रोजनको उत्पादन, उपयोग र व्यवस्थापन गर्न यो नीति ल्याएको हो।

सरकारले ग्रिन हाइड्रोजन र यसको सहउत्पादन गर्ने उद्योग स्थापना र लगानी प्रवर्धनलाई प्रोत्साहन गर्न आवश्यकता र औचित्यका आधारमा छुट सुविधा प्रदान गर्न सकिने पनि व्यवस्था गरेको छ। ग्रिन हाइड्रोजन र यसका सहउत्पादन गर्ने उद्योग स्थापना र लगानी प्रवर्धनलाई प्रोत्साहन गर्न आवश्यकता र औचित्यका आधारमा छुट सुविधा दिनेजस्ता विषयमा पनि कानुनमा विशेष व्यवस्था गरिने र उत्पादनको उपयोगबाट कार्बन उत्सर्जन न्यूनीकरा गरी कार्बन व्यापार प्रवर्धन गरिने नीतिमा उल्लेख छ।

ग्रिन हाइड्रोजनको उत्पादन तथा यसका सहउत्पादनहरूको आवश्यकताका लागि आवश्यक पर्ने विद्युत् उद्योगसम्म ल्याउन प्रसारण लाइन र सबस्टेसनहरूको निर्माण गर्ने, ग्रिन हाइड्रोजनको उत्पादन, उपयोग, भण्डारण र ढुवानीका लागि आवश्यक पर्ने जग्गा कानुन बमोजिम प्राप्तिका लागि सहजीकरण गर्ने व्यवस्था पनि नीतिमा उल्लेख छ। दिलीप पौडेल/नागरिक


प्रकाशित मिति: बिहीबार, असार २६, २०८२  १५:३२
प्रतिक्रिया दिनुहोस्
थप अर्थ - वाणिज्य
साढे सात खर्ब नाघ्यो बेरुजु
साढे सात खर्ब नाघ्यो बेरुजु शनिबार, जेठ २, २०८३
आर्थिक वृद्धिदर औसत सात प्रतिशत
आर्थिक वृद्धिदर औसत सात प्रतिशत मंगलबार, वैशाख २९, २०८३
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन आइतबार, वैशाख २७, २०८३
राजमार्गमा सवारी कर नउठाउन आदेश
राजमार्गमा सवारी कर नउठाउन आदेश शनिबार, वैशाख १२, २०८३
वीरगञ्जबाट पेट्रोलियम आयात, साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन
वीरगञ्जबाट पेट्रोलियम आयात, साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन शनिबार, वैशाख १२, २०८३
तीन अर्ब ९७ करोड ६७ लाख राजस्व सङ्कलन
तीन अर्ब ९७ करोड ६७ लाख राजस्व सङ्कलन बुधबार, वैशाख ९, २०८३
आर्थिक गणनाको सम्पूर्ण तयारी पूरा
आर्थिक गणनाको सम्पूर्ण तयारी पूरा आइतबार, चैत २९, २०८२
लोकप्रीय
  • Week
  • Month
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
युरिया मल प्रहरीको नियन्त्रणमा
युरिया मल प्रहरीको नियन्त्रणमा
मधेशका सबै नाकामा छोटी भन्सार सञ्चालन गर्न माग
मधेशका सबै नाकामा छोटी भन्सार सञ्चालन गर्न माग
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
अवैध काठ र ट्याक्टरसहित  एक व्यक्ति पक्राउ, १५  लाख बढीको सामान बरामद
अवैध काठ र ट्याक्टरसहित एक व्यक्ति पक्राउ, १५  लाख बढीको सामान बरामद
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्