Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • गुठीको साढे पाँच बिघा जग्गा हडप्न नक्कली लालपुर्जा
गुठीको साढे पाँच बिघा जग्गा हडप्न नक्कली लालपुर्जा
Terai Report
Terai Report बुधबार, असार ३२, २०८२

वीरगन्ज– पर्साको पर्सागढी नगरपालिका–४ स्थित श्री काशी श्यामराज राजेश्वरी गुठीको १८० बिघा जग्गा छ। त्यसमध्ये पाँच बिघा आठ कठ्ठा व्यक्तिको नाममा नक्कली लालपुर्जा बनाइएको पाइएको छ। अहिले पनि यो जग्गा गुठीकै भोगचलनमा छ।

कित्ता नं. ६२ को जग्गाको नक्कली लालपुर्जा भेटिएको हो। फोटोकपी गरिएको अवस्थामा भेटिएको उक्त लालपुर्जा पर्सागढी–४ का शेख मन्जारुल मियाँको नाममा छ।

मालपोतको श्रेस्तामा भने उक्त जग्गा मियाँको नाममा दर्ता छैन। मालपोत रसिद काट्ने प्रयोजनले गुठी संस्थानको वीरगन्जस्थित कार्यालयमा व्यक्तिको नामको लालपुर्जाको फोटोकपी पेस गरिएको थियो। गुठी जग्गाको मालपोत गुठी संस्थानमै तिरेर रसिद लिनुपर्छ। 

गत असार १६ गते रसिद काट्न एक व्यक्ति संस्थानको कार्यालय पुगेका बेला शंका लागेर त्यहाँका कर्मचारीले खोजबिन थालेका थिए। ती व्यक्ति पुनः नआएपछि परिचय खुल्न नसकेको गुठी संस्थानका कर्मचारी बताउँछन्।

प्रमुख मालपोत अधिकृत अशोककुमार भट्टराईले यस विषयमा अनुसन्धान थालेको जानकारी दिए। प्रारम्भिक रूपमा जग्गा धनीपुर्जामा किर्ते गरेर पाँच बिघा आठ कठ्ठा रहेको कित्ताको फर्जी विवरण चढाइएको देखिएको भट्टराई बताउँछन्। उनी भन्छन्, “मालपोत कार्यालयमा भएको उक्त पुर्जाको मोठ हेर्दा सँगैका अरू तीन कित्ताको विवरण मिल्छ, त्यस कित्ताको उल्लेख छैन। भनेपछि यो किर्ते नै हो।”

मोठको उक्त पन्नामा रातो मसीले ‘शंकास्पद’ लेखिएको छ। साविक बिरुवागुठी गाविस–२ स्थित उक्त जग्गाको जग्गाधनी नै फेरिएको फेला परेपछि जिल्ला प्रशासन कार्यालय पर्सालाई जानकारी गराएको गुठी संस्थान कार्यालय वीरगन्जका प्रमुख चुडामणि घिमिरे बताउँछन्।

गुठीको जग्गाको लगत पनि मालपोत कार्यालयमै हुन्छ। गत असार १६ गते संस्थानले जिल्ला प्रसाशन कार्यालयलाई पत्र पठाएपछि छानबिनका लागि प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले मालपोत कार्यालयलाई निर्देशन दिएका थिए।

लालपुर्जाको फोटोकपीमा अरू तीन वटा कित्ताको विवरण अधिकृतको हस्ताक्षरबाट प्रमाणित गरिएको छ, ती विवरण अभिलेखसँग पनि मिलेको छ। तर त्यसमुनि उस्तै अक्षर मिलाएर कित्ता नं. ६२ को बेहोरा थपिएको देखिएको प्रमुख मालपोत अधिकृत भट्टराई बताउँछन्।

लालपुर्जाको फोटोकपीमा जग्गाधनी भनेर शेख मन्जारुल मियाँको एकल नाम छ। मोठ किताबको पन्नामा भने तीन जनाको नाममा संयुक्त स्वामित्वमा तीन वटा कित्ताको विवरण छ। मोठ किताबको पन्नामा पहिलेदेखि ‘शंकास्पद’ भनेर जनाउ गरिएकोले थप अनुसन्धान गर्नैपर्ने देखिएको भट्टराईको भनाइ छ।

अभिलेखले के भन्छ?
गुठी संस्थान शाखा कार्यालयको अभिलेखअनुसार उक्त जग्गाको लालपुर्जा २०४७ माघ २८ गते श्री काशी श्यामराज राजेश्वर गुठीको नाममा बनेको थियो। २०२२ सालको नापीको फिल्डबुकमा जग्गाधनीको महलमा ‘महल खाली’ उल्लेख छ।

अहिले लालपुर्जाको फोटोकपी फेला परेको र कसरी आयो भन्ने छानबिन चलिरहेको संस्थानका शाखा कार्यालय प्रमुख चुडामणि घिमिरे बताउँछन्। कर्मचारीले भुलचुकबस तिरो लिएर रसिद दिएको भए परिबन्दमा पर्ने स्थिति आएको, तर व्यक्तिको नामको लालपुर्जा देखेपछि तिरो नलिएको उनको भनाइ छ।

किर्ते लालपुर्जाको भरमा मालपोत तिरेको रसिद हासिल गरेर, पछि त्यसैका आधारमा जग्गा हत्याउने योजना बुनिएको हुनसक्ने घिमिरेको आशंका छ। “किर्ते गरेर गुठीको जग्गा व्यक्तिको नामबाट तिरो रसिद लिनखोज्नु गम्भीर विषय हो,” उनी भन्छन्, “रसिदका आधारमा जग्गा नै हत्याउने योजना हुनसक्छ। पुर्जामा उल्लेखित व्यक्तिका छोरा नै वडाध्यक्ष भएकाले वडाको सिफारिस लिन समस्या नै थिएन।”

गुठी संस्थानको कार्यालयमा पेश हुन आएको लालपुर्जामा उल्लेखित जग्गाधनी शेख मन्जारुल मियाँका छोरा शेष खुर्सेद मियाँ पर्सागढी–४ का वडाध्यक्ष हुन्। संस्थानका शाखा कार्यालय प्रमुख घिमिरेद्वारा पठाइएको पत्रमा गुठी तैनाथी जग्गा कुनै व्यक्ति विशेषले हत्याउने अधिकार नरहेको उल्लेख छ। साथै, गुठीको सम्पत्तिमा जालझेल गर्नेलाई कारबाहीको दायरामा ल्याउन आग्रह गरिएको छ।

पर्सागढी–४ का पूर्ववडाध्यक्ष समसुद्दिन शाह देवान उक्त जग्गा राणाकालदेखि गुठीको सम्पत्ति भएको आफूहरूले थाहा पाएको बताउँछन्। “गुठीको जग्गा हो, स्थानीय बासिन्दाले खेतीपाती गरेर बाली खाँदैआएका छन्। त्यहाँभित्र कसैको नम्बरी जग्गा छैन,” उनी भन्छन्, “नक्कली धनीपुर्जा नै बनाउनु सार्वजनिक सम्पत्ति हडप्ने प्रयास हो।”

वडाध्यक्ष शेष खुर्सेद मियाँले आफ्नो बुबा मोबाइलसमेत नबोक्ने सोझो व्यक्ति भएकाले अरू कसैले नाम दुरुपयोग गरेको हुनसक्ने बताए। “त्यो जग्गाको पुर्जा बनाइएको छैन, कहीँ, कतै, केही पनि छैन। मेरो बुबासँग पहाडतिरका मानिसको संगत भएको थियो धेरै पहिला। उसैले कागजमा गडबड गरेको थाहा पाइएको थियो,” उनले भने।

पहाडका भनिएका मानिस कहाँका र को हुन् भन्ने वडाध्यक्ष मियाँले खुलाउन चाहेनन्। ती व्यक्तिलाई बोलाएर आफूहरूले पहिला नै सोधपुछ गरेको र २०७२ सालको भूकम्पमा ती व्यक्तिको मृत्यु भइसकेको उनको दाबी छ। “अहिले कसरी र कहाँबाट कुरा निस्कियो थाहा भएन,” उनी भन्छन्।

के हो गुठी?
त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाका अनुसार गुठी शब्द संस्कृतको गोष्ठीबाट आएको हो। धार्मिक, सामाजिक र सांस्कृतिक उद्देश्य पूरा गर्न वा निरन्तरता दिन गुठीहरू बनाइएको हो।

“मठ मन्दिरको मर्मत संभार, पूजाआजा होस् वा समाजिक संस्थाहरूको निरन्तरता, खासगरी बालीबाट हुने आम्दानीबाट त्यसको आर्थिक स्रोतलाई सुनिश्चित गरिएको प्राचीन व्यवस्था हो यो,” उनी भन्छन्, “आजको आधुनिक मान्यताका ट्रष्टसँग मिल्दोजुल्दो छ।”

चाबहिलको चैत्यमा रहेको १५ सय वर्षभन्दा पुरानो शिलालेखमा गुठीको उल्लेख भएकाले यसको ऐतिहासिकतालाई बुझ्न सकिने माथेमा बताउँछन्। समाजमा सामूहिक रूपमा गर्ने क्रियाकलापलाई निरन्तरता दिन गुठीहरू बनाइन्थ्यो। परेवालाई दाना खुवाउन पनि गुठी बनेको भेटिने उनको भनाइ छ।

माथेमाका अनुसार गुठी नेपालको मौलिक सम्पदा पनि हो। गुठीको उद्देश्य पूर्तिका लागि चाहिने धनराशि जग्गामार्फत आर्जन हुन्थ्यो। त्यसैले त्यसको संरक्षण महत्त्वपूर्ण भएको र त्यो समाजबाटै हुने उनी बताउँछन्।

वीरगन्जको काशी श्यामराज राजेश्वरी गुठीको स्थापना काशी (बनारस)मा नेपालको तर्फबाट लोककल्याणको काममा गरिने खर्चको जोहो गर्न स्थापित प्राचीन गुठी हो। गुठी संस्थान कार्यालय वीरगन्जका अनुसार अहिले पनि यो जग्गाको आम्दानी काशीको नेपाली मन्दिर सञ्चालनका लागि जान्छ। रितेश त्रिपाठी / उकालो 


प्रकाशित मिति: बुधबार, असार ३२, २०८२  २१:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अध्यक्ष रोयल आचार्यकी आमाको निधन
अध्यक्ष रोयल आचार्यकी आमाको निधन आइतबार, जेठ १०, २०८३
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन
सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन आइतबार, जेठ १०, २०८३
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा
नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा आइतबार, जेठ १०, २०८३
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप
राजनीतिक उथलपुथलबिच तेस्रो विश्वकप आइतबार, जेठ १०, २०८३
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान
मधेश विश्वविद्यालयलाई वीरगञ्ज महानगरपालिकाद्वारा ४ बिगाहा ५ कठ्ठा जग्गा प्रदान बिहीबार, जेठ ७, २०८३
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख बिहीबार, जेठ ७, २०८३
कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय
कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय बिहीबार, जेठ ७, २०८३
लोकप्रीय
  • Week
  • Month
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
सदस्यता विवादमा आमनेसामने वर्तमान र पूर्व नेतृत्व, शाखाले माग्यो आधिकारिक अभिलेख
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
विपक्षीले विरोध गरेपछि संसद् बैठक स्थगित
विपक्षीले विरोध गरेपछि संसद् बैठक स्थगित
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
श्रीपुरमा गणेश मन्दिर निर्माण कार्य तीव्र
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्