Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • मधेसको खडेरीले अझ बढायो सुनकोशी–मरिण डाइभर्सन आयोजनाको आवश्यकता
मधेसको खडेरीले अझ बढायो सुनकोशी–मरिण डाइभर्सन आयोजनाको आवश्यकता
Terai Report
Terai Report आइतबार, साउन ११, २०८२

काठमाडौँ । सुक्खाग्रस्त क्षेत्र घोषित मधेश प्रदेशमा सिँचाइ सुविधा पुर्‍याउन सकिने सुनकोशी–मरिण डाइभर्सन राष्ट्रिय बहुउद्देश्यीय आयोजनाको आवश्यकता यतिखेर पुष्टि भएको छ तर एक वर्षअघि नै आयोजनाको सुरुङ छिचोलिए पनि ठेकेदारको लापर्बाहीका कारण बाँध निर्माणले गति लिन सकेको छैन ।

पटेल–रमण (संयुक्त) ले बाँध निर्माणको ठेक्का लिएको हो । १४ अर्ब सात करोड ५९ लाख रुपियाँको लागतमा यो बाँध निर्माण भइरहेको छ । बाँध निर्माण सुरु भएको ३० महिनामा सात प्रतिशत मात्र काम भएको छ । निर्माण कम्पनीले पेस्की रकमस्वरूप एक अर्ब २० करोड रुपियाँ भुक्तानी लिइसकेको छ । 

सो आयोजना अन्तर्गत मधेश प्रदेशको बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लाको एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सेवा उपलब्ध गराउने लक्ष्य लिइएको छ । यस आयोजनाबाट तराईका करिब २० लाख जनसङ्ख्या लाभान्वित हुने प्रक्षेपण गरिएको छ । आयोजनाको पानीले बर्सैभरि सिँचाइ हुने छ र जसबाट मधेश प्रदेशका पाँच जिल्लामा उल्लेख्य रूपमा उत्पादकत्व बढ्ने र यहाँका किसानले प्रतिवर्ष १० अर्ब ३० करोड रुपियाँ आम्दानी गर्ने प्रक्षेपण गरिएको छ ।

सुनकोशी–मरिण डाइभर्सन राष्ट्रिय बहुउद्देश्यीय आयोजनाका प्रमुख बद्री कार्कीले सुनकोशीको पानी तराईका जिल्लासम्म पुर्‍याउने उद्देश्यले निर्माणाधीन बाँधको काम अगाडि बढ्न नसकेको बताउनुभयो । सुनकोशी गाउँपालिकाको कानढुङ्ग्रीस्थित सुनकोशी नदीमा बाँध निर्माण भइरहेको छ । उहाँका अनुसार ठेक्का लागेको ३० महिनामा अहिलेसम्म बाँधको काम मात्र सात प्रतिशत सम्पन्न भएको छ । गत आर्थिक वर्ष (२०८१/८२) मा बाँधको काम जम्मा एक प्रतिशत मात्र भएको थियो । बाँध निर्माणलाई अगाडि बढाउन कुनै समस्या नरहेको बताउँदै उहाँले ठेकेदार कम्पनीको लापरबाहीका कारण काम अगाडि बढ्न नसकेको स्पष्ट पार्नुभयो ।

अहिलेसम्म समग्र आयोजनाकै भौतिक प्रगति ३५ प्रतिशत पुगेको छ । अहिलेकै गतिमा काम गर्ने हो भने बाँध निर्माण गर्न अझै चार वर्ष समय लाग्न सक्ने उहाँको आकलन छ । आयोजनाका पूर्वप्रमुख तारा बरालले सुनकोशीको पानी तराईसम्म पुर्‍याउन बाँधलगायत धेरै संरचना निर्माण गर्न बाँकी रहेको बताउनुभयो । उहाँका अनुसार ३० मिटर अग्लो र १५८ मिटर लामो बाँध निर्माणपछि सुरुङमार्फत कमलामाई नगरपालिका कुसुमटारस्थित मरिण खोलामा सुनकोशीको पानी खसालिने छ । त्यहाँबाट मरिण खोला हुँदै पानी ब्यारेजसम्म पुग्छ । आयोजनाले सुनकोशी नदीबाट ६७ क्युमेक पानी पथान्तरण गरेर मरिण नदी हुँदै बागमती ब्यारेजमा पठाउँछ । 

उहाँले भन्नुभयो, “यही पानी लगेर बागमती ब्यारेजमा हालेर त्यहाँबाट बागमती नहर हुँदै सिँचाइ हुन्छ । यो आयोजना अन्तर्गत नदीको पानी नदीमार्फत नै नदीमा हालिने हो । सुनकोशीको पानी मरिण खोलामा ४४ किलोमिटर बगेर बागमतीसम्म पुग्छ ।’’ उहाँका अनुसार २०५० सालमा निर्माण भएको ब्यारेज, नहर संरचना, तिनीहरूको जीर्णोद्धार गर्न बागमती सिँचाइ आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण भइसकेको छ । चालु आव (२०८२/८३) बाट निर्माण सुरु हुन्छ ।

ठेक्का तोड्ने चेतावनी

मधेश प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र : एक सडक’ आयोजना अन्तर्गतका सडकको शिलान्यास गर्न गत जेठ १८ गते जनकपुर पुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम निर्धारित समयमा अगाडि बढ्न नसके ठेक्का तोड्ने चेतावनी दिनुभएको थियो । उहाँले सिँचाइको आसमा रहेका मधेशका जनताले अब लामो समय जमिन बाँझो राख्न नसक्ने बताउनुभएको थियो । प्रधानमन्त्री ओलीले २०७७ फागुन २० गते यस आयोजनाको शिलान्यास गर्नुभएको थियो । २०८४ असोजसम्म यो आयोजनाको सम्पूर्ण काम सकिने लक्ष्य छ ।  


प्रकाशित मिति: आइतबार, साउन ११, २०८२  १०:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल
मिलन चोकस्थित नेपाली सेनाको जग्गा संरक्षण : सरोकारवालाको संयुक्त पहल मंगलबार, जेठ ५, २०८३
वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न
वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न सोमबार, जेठ ४, २०८३
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं सोमबार, जेठ ४, २०८३
नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले ISO 9001:2015 प्रमाणीकरण प्राप्त
नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले ISO 9001:2015 प्रमाणीकरण प्राप्त आइतबार, जेठ ३, २०८३
स्थानीय तहको पुनर्संरचना तयारी
स्थानीय तहको पुनर्संरचना तयारी आइतबार, जेठ ३, २०८३
सिंहदरबारकै जग्गा अतिक्रमण
सिंहदरबारकै जग्गा अतिक्रमण आइतबार, जेठ ३, २०८३
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न शनिबार, जेठ २, २०८३
लोकप्रीय
  • Week
  • Month
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
युरिया मल प्रहरीको नियन्त्रणमा
युरिया मल प्रहरीको नियन्त्रणमा
मधेशका सबै नाकामा छोटी भन्सार सञ्चालन गर्न माग
मधेशका सबै नाकामा छोटी भन्सार सञ्चालन गर्न माग
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
अवैध काठ र ट्याक्टरसहित  एक व्यक्ति पक्राउ, १५  लाख बढीको सामान बरामद
अवैध काठ र ट्याक्टरसहित एक व्यक्ति पक्राउ, १५  लाख बढीको सामान बरामद
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्