Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
Dashain Banner Dashain Banner
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • भारतीय प्रहरीको आक्रमणले सप्तरीका बासिन्दा त्रसित
भारतीय प्रहरीको आक्रमणले सप्तरीका बासिन्दा त्रसित
Terai Report
Terai Report सोमबार, साउन १३, २०८२

राजविराज । भारतीय प्रहरीले राति-राति बस्तीमा आएर धरपकड गर्न थालेपछि सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित धोबियाही र कोचाबखारीका सर्वसाधारण त्रसित बनेका छन् । अपराधी खोज्दै हतियार बोकेर बस्तीमा आउने गरेका प्रहरीले सर्वसाधारणलाई धरपकड गर्न थालेपछि उनीहरू त्रसित बनेका हुन् । 

गत बिहीबार राति छिन्नमस्ता गाउँपालिका–३ धोबियाही र वडा नम्बर ६ कोचाबखारीमा पुगेर भारतीय प्रहरीले कुटपिट गर्दै धरपकड गरेको स्थानीयको आरोप छ । भारत बिहारको कोरियापट्टीमा भएको हत्या घटनाका फरार आरोपित खोज्दै दुई वटा स्कार्पियो र चार वटा मोटरसाइकलमा हतियारसहित नेपाली बस्तीमा आएका थिए ।

न्यौर बोर्डरबाट प्रवेश गरेका उनीहरूले सखडास्थित धोबियाही टोलमा पुगेर २२ वर्षीय रञ्जित सदा र २४ वर्षीय मनोज मण्डललाई बिहीबार साँझ नै नियन्त्रणमा लिई फर्किए । अपराधी पहिचान गर्ने भन्दै मुख बाँधेर ल्याएका एक जनासहित राति फेरि बस्तीमा आएका प्रहरीले कोचाबखारी पुगेर निर्मलादेवी सदा (कोरियापट्टी माइती भएकी)लाई कुटपिट गर्दै स्कार्पियोमा बस्न लगाए । दुई सय मिटर उत्तरतर्फको सदा टोलका २१ वर्षफय शंकरकुमार सदा र बालकुमार सदाको घरमा पुगेर मान्छे लुकाएको भन्दै महिला र बालबालिकालाई समेत कुटपिट गरेपछि बस्तीमा त्रास फैलिएको स्थानीयको आरोप छ ।

000-1753707248.jpg
‘मलाई मान्छे लुकाएको भन्छन् तर मलाई केही थाहै छैन, त्यो कुरा भनिरहँदा कुटपिट गर्दै स्कार्पियोमा बस्न लगायो,’ निर्मलादेवीले भनिन्, ‘बन्दुक देखाउँदै बोल्छौ भने गोली हानिदिन्छु भन्दै धम्की दियो, परको बस्तीमा जाँदा गाडीबाट निकालेर कहाँ छ मान्छे देखाऊ भन्न थालेपछि मान्छेहरूको भीडभाड हुन थाल्यो, केही प्रतिकार पनि गरे । त्यही बेला म त्यहाँबाट भाग्न सफल भए ।’ 

प्रहरी चौकी सखडाका हवलदार सुरेश मेहतासहित दुई जनाले पनि कुटपिट गर्ने भारतीय प्रहरीलाई नै सघाइरहेको स्थानीय लालदेव सदाले गुनासो गरे । ‘सादा पोसाकका भारतीय प्रहरीले हामीमाथि ज्यादती गरिरहँदा हाम्रा प्रहरीले रोक्ने प्रयास समेत गरेनन्, राति डरले निदाउन पाउँदैनौँ,’ उनले थपे, ‘फेरl कुनै बेला आएर हामीलाई कुटपिट गर्नसक्छ, त्यसैले हामी बोल्न चाहिरहेका थिएनौँ ।’ नियन्त्रणमा लिएका रञ्जित र मनोजलाई निर्दोष रहेको भन्दै शुक्रबार बिहान छाडे पनि दुवै जना निर्घात कुटिएका छन् ।

गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले भारतीय पक्षबाट स्थानीयलाई त्रसित पार्ने कार्य गरिरहेको भन्दै प्रहरी/प्रशासनलाई गम्भीर बन्न आग्रह गरे । ‘अपराधी समात्ने नाममा स्थानीयलाई त्रसित पार्न पाइँदैन, भारतीयले कानुनको पालना गर्नुपर्छ’ उनले भने, ‘हाम्रा प्रहरी/प्रशासनलाई गम्भीर बन्नुपर्छ ।’

प्रमुख जिल्ला अधिकारी भोला दाहालले नेपाल छिरेर भारतीय प्रहरीले कुटपिट गरेको विषय जानकारीमा नरहेको बताए । ‘उनीहरू आउँदा समन्वय गरेर आउनुपर्ने हो, त्यस्तो भएको हो भन्ने प्रहरीलाई जानकारी हुनुपर्ने हो,’ उनले भने, ‘थप बुझ्ने कार्य भइरहेको छ ।’ साभारः इकान्तिपुर


प्रकाशित मिति: सोमबार, साउन १३, २०८२  १८:३७
प्रतिक्रिया दिनुहोस्
20 20
थप समाचार
सहकारी पीडित र घाइतेहरूको तर्फबाट कुशलबलाई मन्त्री बनाउन माग
सहकारी पीडित र घाइतेहरूको तर्फबाट कुशलबलाई मन्त्री बनाउन माग बुधबार, कात्तिक १३, २०८२
धनुषा र रौतहटका एसपी फेरिए
धनुषा र रौतहटका एसपी फेरिए शुक्रबार, कात्तिक १, २०८२
चालु आवको तीन महिना सकियो, ४३ स्थानीय तहले हालसम्म ल्याएनन् बजेट
चालु आवको तीन महिना सकियो, ४३ स्थानीय तहले हालसम्म ल्याएनन् बजेट शुक्रबार, कात्तिक १, २०८२
बिहार विधानसभा निर्वाचन लक्षित गर्दै नेपाल–भारत सुरक्षा अधिकारीहरूको संयुक्त बैठक सम्पन्न
बिहार विधानसभा निर्वाचन लक्षित गर्दै नेपाल–भारत सुरक्षा अधिकारीहरूको संयुक्त बैठक सम्पन्न शुक्रबार, कात्तिक १, २०८२
पर्सा: १ अर्ब ६२ करोड बढी लगानी सहित ९ सय ६३ नयाँ घरेलु उद्योग दर्ता भई सञ्चालनमा
पर्सा: १ अर्ब ६२ करोड बढी लगानी सहित ९ सय ६३ नयाँ घरेलु उद्योग दर्ता भई सञ्चालनमा बिहीबार, असोज ३०, २०८२
प्रदेशसभा सदस्य सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता
प्रदेशसभा सदस्य सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता बिहीबार, असोज ३०, २०८२
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सहित दुई मन्त्रीको शपथग्रहण सम्पन्न
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सहित दुई मन्त्रीको शपथग्रहण सम्पन्न बिहीबार, असोज ३०, २०८२
23 23
लोकप्रीय
  • Week
  • Month
पर्यटन व्यवसायी शर्माद्धारा जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई २५ थान कुर्ची सहयोग
पर्यटन व्यवसायी शर्माद्धारा जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई २५ थान कुर्ची सहयोग
चुरियामाई मन्दिर नजिक बस दुर्घटना, दुई जनाको मृत्यु
चुरियामाई मन्दिर नजिक बस दुर्घटना, दुई जनाको मृत्यु
गृहमा २ घण्टा छलफल : नेताका बोलीदेखि काउन्टर जाहेरीले पार्न सक्ने सुरक्षा खतराको विश्लेषण
गृहमा २ घण्टा छलफल : नेताका बोलीदेखि काउन्टर जाहेरीले पार्न सक्ने सुरक्षा खतराको विश्लेषण
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा जसपाले भाग लिनेः पुर्वमन्त्री यादव
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा जसपाले भाग लिनेः पुर्वमन्त्री यादव
चार हजार हेक्टरमा लगाइएको बाली डुबानमा
चार हजार हेक्टरमा लगाइएको बाली डुबानमा
24 24
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

तराई रिपोर्ट

ठेगान: वीरगंज, पर्सा
इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

सम्पर्क नं:

९८४५०३५०५४
९८२७२६५५०४

सूचना विभाग दर्ता नंः

२५२३/०७७/०७८
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2025 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्