Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
2 2
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • झापा–५ चुनावी बहसको केन्द्र
झापा–५ चुनावी बहसको केन्द्र
Terai Report
Terai Report बुधबार, माघ १४, २०८२

दमक । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लिएर झापा निर्वाचन क्षेत्र नं. ५ अहिले देशकै सबैभन्दा धेरै चर्चामा रहेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाह (बालेन) को उम्मेदवारीले यो क्षेत्रलाई राष्ट्रिय राजनीतिमा बहसको केन्द्र बनाइदिएको हो । दुवै जनालाई आआफ्नो दलले भावी प्रधानमन्त्रीका रूपमा उभ्याएर पनि यो क्षेत्र चुनावी चर्चाको केन्द्र बनेको हो । चुनावी रौनक पनि थपिँदै छ । 

राजनीतिक वृत्तदेखि सामाजिक सञ्जाल, चिया पसलदेखि बौद्धिक बहससम्म अहिले झापा–५ कै चर्चा छ । “ओली कि बालेन ?” भन्ने प्रश्नले जनमत विभाजित मात्र होइन, उत्साहितसमेत बनाएको छ तर यो क्षेत्रमा अरू प्रतिस्पर्धी पनि गम्भीर ढङ्गले जनमत आफूतिर पार्न उत्रनुभएको छ । यस्तै कारण यो निर्वाचनलाई केवल एक क्षेत्रको प्रतिस्पर्धा मात्र नभई देशको राजनीतिक धार तय गर्ने निर्णायक प्रतिस्पर्धाका रूपमा हेरिएको छ । 

एकातर्फ लामो राजनीतिक अनुभव र सङ्गठनात्मक शक्तिमा रहनुभएका ओली र अर्कातर्फ नयाँ पुस्ताको आशा, विद्रोही चेत र सहरी लोकप्रियताको प्रतीक बनेका बालेनबिचको प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ । ओलीले उम्मेदवारी दर्तापछि चार दिन झापा बसेर पार्टी सङ्गठन परिचालन, कार्यकर्ता भेटघाट, चुनावी सभा र घरदैलो कार्यक्रममार्फत जनतामाझ आफ्नो सन्देश पु¥याउनुभएको छ । अर्का प्रतिस्पर्धी शाह पनि उम्मेदवारी दर्तापछि अन्य निर्वाचन क्षेत्रततर्फ लाग्नुभएको छ । अरू धेरै उम्मेदवार भने जनतामाझ पुग्न थालिसक्नुभएको छ । 

एमालेले घरदैलो कार्यक्रम र आवश्यक प्रचारप्रसारको काम तीव्र रूपमा अघि बढाइएको पूर्वमन्त्री देवेन्द्र दाहालले जानकारी दिनुभयो । दाहालका अनुसार मतदातालाई स्थानीय प्रतिबद्धताबारे जानकारी गराउने, पार्टीका विगतका उपलब्धि र भावी योजना प्रस्तुत गर्ने रणनीति अपनाइएको छ । एमालेले झापा–५ मा आफ्नो परम्परागत मताधार सुरक्षित राख्दै नयाँ मतदाता आकर्षित गर्ने लक्ष्य लिएको जानकारी दिनुभयो ।

रास्वपाका वरिष्ठ नेता रहनुभएका उम्मेदवार बालेन भने दमक–५ मा बनाइएको सम्पर्क कार्यालयमा दुई दिन भेटघाट गरेर फर्कनुभएको रास्वपाका क्षेत्रीय सभापति भेषराज भट्टराईले बताउनुभयो । अहिले घरदैलो कार्यक्रमलाई रास्वपाले तीव्र बनाएको उहाँले जानकारी दिनुभयो । 

बालेनले अहिलेसम्म ठुला सार्वजनिक सभा, भाषण वा औपचारिक घोषणापत्र सार्वजनिक गर्नुभएको छैन । भेट्न आएकाहरूसँग छोटो संवाद, सुझाव सङ्कलन र फोटो खिच्ने शैलीले उहाँले ध्यान खिच्नुभएको छ । अब कार्यक्रम तय गरेर आएपछि उहाँले बोल्ने पनि स्थानीय पार्टी नेतृत्वले जानकारी गराएको छ । सामाजिक सञ्जाल, युवामाझ प्रत्यक्ष संवाद र परिवर्तनको नारालाई मुख्य हतियार बनाउने बालेन पक्षको रणनीति देखिन्छ । “जनताले परिवर्तन चाहेका छन् र त्यो परिवर्तन बालेनलाई देखेका छन्,” भट्टराईले भन्नुभयो ।

अन्य उम्मेदवार पनि सक्रिय 

ओली र बालेनको उम्मेदवारीले चर्चा पाए पनि झापा–५ मा अन्य २२ जना उम्मेदवार पनि चुनावी अभियानमा सक्रिय रहनुभएको छ । उहाँहरू आआफ्ना एजेन्डा, विचार र प्रतिबद्धतासहित मतदातामाझ पुग्न थाल्नुभएको छ ।

कांग्रेसबाट पौड्याल 

नेपाली कांग्रेसबाट मन्धरा पौड्याल उम्मेदवार रहनुभएको छ । क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीका अनुसार कांग्रेस अहिले रूपान्तरण भएकाले चुनावी माहोल सकारात्मक छ ।  भण्डारीले युवा नेता गगन थापा पार्टी सभापति भएपछि सङ्गठन थप सव्रिmय भएको दाबी गर्नुभयो । “प्रमुख दलमध्ये यहाँ महिला उम्मेदवारी दिने एक मात्र पार्टी नेपाली कांग्रेस हो,” उहाँले भन्नुभयो । कांग्रेसले महिला नेतृत्व, सामाजिक न्याय, रोजगारी, शिक्षा र स्वास्थ्यलाई मुख्य मुद्दा बनाएको छ ।

युवा नेता तामाङ 

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट उक्त पार्टीका केन्द्रीय सदस्य रञ्जित तामाङ उम्मेदवार हुनुहुन्छ । विद्यार्थी राजनीतिबाट आएका तामाङले युवा आकाङ्क्षा, विचार र वैकल्पिक अर्थनीतिलाई आफ्नो मुख्य एजेन्डा बनाउनुभएको छ । यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टीले लगातार तीन पटक यो क्षेत्रमा प्रतिनिधि सभा उम्मेदवारी नदिएको र यस पटक उम्मेदवार बनेकाले कार्यकर्ता निकै उत्साहित रहेको  उम्मेदवार लक्ष्मीप्रसाद सङ्ग्रौलाले बताउनुभयो । 

श्रम संस्कृति र स्वतन्त्र पनि 

श्रम संस्कृति पार्टीबाट समीर तामाङलगायत झापा क्षेत्र नं. ५ मा २४ जना उम्मेदवार चुनावी मैदानमा रहनुभएको छ ।सबै पार्टीका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरूले आफ्नो चुनावी अभियानलाई तीव्रता दिइरहनुभएको छ । झापा–५ मा कुल एक लाख ६३ हजार ३७९ मतदाता रहेका छन् । तीमध्ये करिब १० हजार मतदाता नयाँ थपिएका छन् । गोरखापत्र अनलाइन


प्रकाशित मिति: बुधबार, माघ १४, २०८२  ०९:०४
प्रतिक्रिया दिनुहोस्
20 20
थप समाचार
चाडपर्व नजिकिँदै जाँदा माटो र बाँसको सामग्रीको माग बढ्यो
चाडपर्व नजिकिँदै जाँदा माटो र बाँसको सामग्रीको माग बढ्यो बुधबार, कात्तिक ११, २०८३
सुनकोसी दुर्घटना : बेपत्ताहरूको खोजी गर्न खटियो गोताखोरको टोली
सुनकोसी दुर्घटना : बेपत्ताहरूको खोजी गर्न खटियो गोताखोरको टोली आइतबार, कात्तिक १, २०८३
तातोपानी नाका तीन दिन खुल्ने
तातोपानी नाका तीन दिन खुल्ने आइतबार, कात्तिक १, २०८३
दुर्गा पूजा पण्डालमा भागदौड मच्चिँदा १९ जनाको मृत्यु, २५ घाइते
दुर्गा पूजा पण्डालमा भागदौड मच्चिँदा १९ जनाको मृत्यु, २५ घाइते आइतबार, कात्तिक १, २०८३
एमालेले साथ छाड्दा मधेस सरकार संकटमा, नयाँ गठबन्धनको कसरत
एमालेले साथ छाड्दा मधेस सरकार संकटमा, नयाँ गठबन्धनको कसरत शनिबार, असोज ३१, २०८३
मधेशमा दसैँभरि गुञ्जिने ‘डिग्री ढोल’ सङ्कटमा: संरक्षण र सम्मानको पर्खाइमा पुर्ख्यौली बाजा
मधेशमा दसैँभरि गुञ्जिने ‘डिग्री ढोल’ सङ्कटमा: संरक्षण र सम्मानको पर्खाइमा पुर्ख्यौली बाजा शनिबार, असोज ३१, २०८३
एनपिएलमा विदेशी खेलाडीका लागि नयाँ मापदण्ड, एनओसी अनिवार्य
एनपिएलमा विदेशी खेलाडीका लागि नयाँ मापदण्ड, एनओसी अनिवार्य शनिबार, असोज ३१, २०८३
Add Add
लोकप्रीय
  • Week
  • Month
तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, चीनले आपतकालीन प्रतिक्रिया थाल्यो
तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, चीनले आपतकालीन प्रतिक्रिया थाल्यो
पर्साको राजनीतिमा नयाँ पुस्ताको उदय : २१ वर्षीय शहनवाज राकि बने जनमतका प्रवक्ता
पर्साको राजनीतिमा नयाँ पुस्ताको उदय : २१ वर्षीय शहनवाज राकि बने जनमतका प्रवक्ता
२ सय ३० विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण
२ सय ३० विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण
फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी
फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी
केन्द्रीय सदस्यमा सहराम गद्दी मैदानमा, ‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’लाई मूल आधार
केन्द्रीय सदस्यमा सहराम गद्दी मैदानमा, ‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’लाई मूल आधार
पर्साको लहावरथकरीमा मदिरा विवादपछि झडप,  आठ जना घाइते
पर्साको लहावरथकरीमा मदिरा विवादपछि झडप, आठ जना घाइते
25 25
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्