Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • १०१ बुँदे शासकीय सुधारको कार्यसूची स्वीकृत : १७ मन्त्रालय रहने
१०१ बुँदे शासकीय सुधारको कार्यसूची स्वीकृत : १७ मन्त्रालय रहने
Terai Report
Terai Report शनिबार, चैत १४, २०८२

काठमाडौँ । नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ चैत १३ गतेको बैठकले देशको समग्र विकास र प्रशासनिक सुधारका लागि 'शासकीय सुधार सम्बन्धी १०१ बुँदे कार्यसूची' स्वीकृत गरेको छ । स्वीकृत गरिएको विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शनिबार सार्वजनिक गरेको छ । 

बैठकले वि.सं. २०८२ भदौ २३ र २४ गतेको जेन–जी आन्दोलन तथा त्यसअघि भएका विभिन्न आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्ने सम्पूर्ण शहीदप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

२०८२ फागुन २१ गते सम्पन्न आम निर्वाचनबाट नेपाली जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई अत्यधिक बहुमतका साथ निर्वाचित गरी सरकार सञ्चालनको महत्त्वपूर्ण अभिभारा सुम्पेकोमा सरकारले सम्पूर्ण नेपाली जनतामा आभार व्यक्त गरेको छ ।

साझा प्रतिबद्धता र शासकीय सुधार

सरकारको समग्र कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी र जवाफदेही बनाउन 'नतिजामा आधारित शासकीय पद्धति' लागू गरिने भएको छ । यसका लागि प्रत्येक मन्त्रालयले ७ दिनभित्र प्रमुख १० कार्य, समयसीमा र जिम्मेवार अधिकारी तोकी कार्ययोजना पेस गर्नुपर्नेछ । यस्तै, निर्वाचनमा सहभागी राजनीतिक दलका घोषणापत्रहरूको संश्लेषण गरी 'राष्ट्रिय प्रतिबद्धता' तयार पारिनेछ ।

प्रशासनिक पुनर्संरचना र मितव्ययिता

मन्त्रालयहरूको सङ्ख्या धेरै हुँदा चालु खर्च बढेको निष्कर्ष निकाल्दै सरकारले अब सङ्घीय मन्त्रालयको सङ्ख्या १७ मा सीमित गर्ने निर्णय गरेको छ । यसका लागि ३० दिनभित्र 'नेपाल सरकार कार्य विभाजन नियमावली' संशोधन गरिनेछ । सार्वजनिक प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्न शिक्षक, प्राध्यापक र कर्मचारीलाई दलीय आबद्धताबाट अलग गरिने र दलीय ट्रेड युनियन खारेज गर्ने प्रक्रिया अघि बढाइने कार्यसूचीमा उल्लेख छ ।

डिजिटल शासन र सेवा प्रवाह

नागरिकलाई सरकारी सेवा लिन धाउनुपर्ने झन्झट अन्त्य गर्न प्रमुख सहरहरूमा 'नागरिक सेवा केन्द्र' सञ्चालन गरिनेछ । राहदानी, नागरिकता र राष्ट्रिय परिचयपत्र वितरणलाई पूर्णतः डिजिटल बनाइनेछ । 'एक पटकको विवरण सधैँका लागि' भन्ने मान्यताका साथ सरकारी तथ्याङ्क प्रणालीलाई एकीकृत गरिनेछ । 

यस्तै, हुलाक सेवालाई 'गभर्मेन्ट कुरियर सर्भिस' का रूपमा विकास गरी सरकारी कागजात घरमै पुर्‍याउने व्यवस्था १०० दिनभित्र लागू गरिने घोषणा गरिएको छ ।

भ्रष्टाचार नियन्त्रण र सम्पत्ति छानबिन

देशमा व्याप्त भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्न १५ दिनभित्र अधिकार सम्पन्न 'सम्पत्ति छानबिन समिति' गठन गरिने भएको छ । समितिले वि.सं. २०६२/६३ देखि हालसम्म सार्वजनिक पद धारण गरेका उच्चपदस्थ अधिकारी र राजनीतिज्ञहरूको सम्पत्ति छानबिन गर्नेछ । दोस्रो चरणमा २०४८ सालदेखि २०६१ सम्मका अधिकारीहरूको छानबिन गरिने छ ।

लगानी र पूर्वाधार विकास

लगानी वातावरण सुधार्न 'स्टार्टअप फास्ट ट्र्याक' र एकल बिन्दु सेवा केन्द्रलाई प्रभावकारी बनाइनेछ । रुग्ण आयोजनाहरूको पुनरावलोकन गरी ३० दिनभित्र भविष्य तय गरिनेछ । 

ऊर्जा निर्यातका लागि एक महिनाभित्र रणनीति तयार गर्ने र १८० दिनभित्र विद्युत् खरिद सम्झौता (पिपिए) सम्बन्धी निर्णय लिने लक्ष्य सरकारले राखेको छ । स्वास्थ्य र शिक्षा क्षेत्रमा पनि व्यापक सुधार गर्दै विपन्न नागरिकको उपचारमा सहज पहुँच सुनिश्चित गरिने प्रतिबद्धता सरकारले जनाएको छ । 


प्रकाशित मिति: शनिबार, चैत १४, २०८२  २२:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न
वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न सोमबार, जेठ ४, २०८३
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं सोमबार, जेठ ४, २०८३
नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले ISO 9001:2015 प्रमाणीकरण प्राप्त
नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले ISO 9001:2015 प्रमाणीकरण प्राप्त आइतबार, जेठ ३, २०८३
स्थानीय तहको पुनर्संरचना तयारी
स्थानीय तहको पुनर्संरचना तयारी आइतबार, जेठ ३, २०८३
सिंहदरबारकै जग्गा अतिक्रमण
सिंहदरबारकै जग्गा अतिक्रमण आइतबार, जेठ ३, २०८३
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न शनिबार, जेठ २, २०८३
मनसुनजन्य विपद् न्यूनीकरणका लागि प्रतिकार्य बेस स्थापना
मनसुनजन्य विपद् न्यूनीकरणका लागि प्रतिकार्य बेस स्थापना शनिबार, जेठ २, २०८३
लोकप्रीय
  • Week
  • Month
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
पोखरिया–श्रीसिया सडक निर्माण ठप्प
पोखरिया–श्रीसिया सडक निर्माण ठप्प
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
युरिया मल प्रहरीको नियन्त्रणमा
युरिया मल प्रहरीको नियन्त्रणमा
पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ क्षेत्रको प्रवर्द्धन गरिने
पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ क्षेत्रको प्रवर्द्धन गरिने
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
अवैध काठ र ट्याक्टरसहित  एक व्यक्ति पक्राउ, १५  लाख बढीको सामान बरामद
अवैध काठ र ट्याक्टरसहित एक व्यक्ति पक्राउ, १५  लाख बढीको सामान बरामद
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्