Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • घुस लिएर लाइसेन्स पास, प्रमुखको जिम्मेवारी खोसियो
घुस लिएर लाइसेन्स पास, प्रमुखको जिम्मेवारी खोसियो
Terai Report
Terai Report मंगलबार, चैत १७, २०८२

इटहरी । इटहरीस्थित यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमतिपत्र) मा लाइसेन्स परीक्षामा अनुत्तीर्ण भएकालाई समेत सेटिङ मिलाएर पास गराउने गरिएको रहस्य बाहिरिएको छ ।

कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय मातहत रहेको उक्त कार्यालयमा बिचौलियाको अवैध समन्वय र कर्मचारीको मिलेमतोमा अनुत्तीर्ण भएकालाई पनि उत्तीर्ण गराइने गरेको खुलेको हो । यस विषयमा अनुसन्धान, छानबिन र कारबाही गर्ने क्रममा कार्यालय प्रमुख तथा नवौँ तहका अधिकृत सतीश सत्याललाई मन्त्रालयमा तानिएको छ । मन्त्रालयले छानबिन समिति गठन गरेर थप अनुसन्धान सुरु गरेको छ ।

मन्त्रालयका सचिव आस्मान तामाङका अनुसार विशेषगरी लाइसेन्स बनाउन गरिने स्वास्थ्य परीक्षणमा फेल भएकालाई पास गराएको उजुरीका आधारमा मन्त्रालयको निर्णयअनुसार सत्याललाई मन्त्रालय तानिएको हो । मन्त्रालयमा तानिएपछि उहाँलाई हाल कुनै जिम्मेवारी दिइएको छैन ।

मन्त्रालयले गरेको छड्के अनुगमनका क्रममा सवारी चालक अनुमतिपत्रको स्वास्थ्य परीक्षणमा अनुत्तीर्ण भएकालाई उत्तीर्ण गराएको भेटिएपछि सत्यालमाथि कारबाही प्रक्रिया अघि बढाइएको हो ।

सचिव तामाङका अनुसार लाइसेन्स लिँदा वा नवीकरण गर्दा अनिवार्य रूपमा गरिने स्वास्थ्य परीक्षणमा फेल भएका व्यक्तिलाई पैसा लिएर पास गराउने गरेको आरोप कार्यालय प्रमुख सत्यालसहित केही कर्मचारीमाथि लागेको छ । बिचौलियाको समन्वयमा कार्यालय प्रमुख सत्याल, इन्जिनियर गोपीचन्द्र बोहोरा, छैटौँ तहका अधिकृत शक्ति रेग्मी, श्याम लामालगायतको मिलेमतोमा इटहरीमा फेल भएकालाई समेत पास गराई लाइसेन्स दिने गरेको आरोप छ ।

यस विषयमा लिखित तथा मौखिक रूपमा गुनासो आएपछि आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीको निर्देशनमा छड्के अनुगमन गरिएको थियो । अनुगमनका क्रममा केही कैफियत र अनियमितता भेटिएपछि पहिलो चरणमा सत्याललाई मन्त्रालय तानिएको सचिव तामाङले जानकारी दिनुभयो ।

चौतर्फी गुनासो बढेपछि सचिव तामाङकै नेतृत्वमा गरिएको अनुगमनमा अनियमितता पुष्टि भएपछि सत्याललाई मन्त्रालय तानिएको आन्तरिक मन्त्रालयले जनाएको छ ।

यस विषयमा मन्त्रालयले यातायात व्यवस्था महाशाखाकी प्रमुख उर्मीला निरौलाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिलाई प्रतिवेदन बुझाउन दुई साताको समय दिइएको छ ।

समितिले बुझाउने प्रतिवेदनका आधारमा थप कारबाही अघि बढाइने मन्त्रालयले जनाएको छ । यस क्रममा कार्यालय प्रमुख सत्याललाई मन्त्रालय तानिएपछि वरिष्ठ शाखा अधिकृत सुभाष कार्कीलाई कार्यालयको निमित्त जिम्मेवारी दिइएको छ ।

यसअघि कोशी प्रदेश सरकारका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री रेबतीरमण भण्डारीले कार्यालय प्रमुख सत्याल, इन्जिनियर गोपीचन्द्र बोहोरा, छैटौँ तहका अधिकृत श्याम लामा लगायतका कर्मचारीलाई इटहरीस्थित यातायात व्यवस्था कार्यालयमा जिम्मेवारी दिनुभएको थियो । केही कर्मचारी करिब दुई दशकदेखि इटहरी, बिर्तामोडलगायत आसपासका यातायात र मालपोत कार्यालयमै कार्यरत रहेको स्रोतको भनाइ छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट काजमा इटहरी आएका अधिकृत लामालाई तत्कालीन मन्त्री भण्डारीले इटहरीमै दरबन्दी कायम गरी सरुवा गरिदिएको पनि खुलेको छ । गोरखापत्र अनलाइन


प्रकाशित मिति: मंगलबार, चैत १७, २०८२  ०९:०६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न शनिबार, जेठ २, २०८३
मनसुनजन्य विपद् न्यूनीकरणका लागि प्रतिकार्य बेस स्थापना
मनसुनजन्य विपद् न्यूनीकरणका लागि प्रतिकार्य बेस स्थापना शनिबार, जेठ २, २०८३
पच्चिस हजार दरबन्दी कटौती
पच्चिस हजार दरबन्दी कटौती शनिबार, जेठ २, २०८३
थियो लालपुर्जाको आस, भयो उठिबास
थियो लालपुर्जाको आस, भयो उठिबास शनिबार, जेठ २, २०८३
करेन्ट लगाएर गैँडा मारेको आशंका, एक पक्राउ
करेन्ट लगाएर गैँडा मारेको आशंका, एक पक्राउ शनिबार, जेठ २, २०८३
सय रुपैयाँ बढीको सामानमा भन्सार शुल्क लिने निर्णयमा सर्वोच्चको रोक
सय रुपैयाँ बढीको सामानमा भन्सार शुल्क लिने निर्णयमा सर्वोच्चको रोक शुक्रबार, जेठ १, २०८३
फ्लोर क्रसको त्रासमा मधेश सरकार, विश्वासको मत लिन मुख्यमन्त्री यादव पछि हटे
फ्लोर क्रसको त्रासमा मधेश सरकार, विश्वासको मत लिन मुख्यमन्त्री यादव पछि हटे शुक्रबार, जेठ १, २०८३
लोकप्रीय
  • Week
  • Month
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
युरिया मल प्रहरीको नियन्त्रणमा
युरिया मल प्रहरीको नियन्त्रणमा
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
पोखरिया–श्रीसिया सडक निर्माण ठप्प
पोखरिया–श्रीसिया सडक निर्माण ठप्प
पर्सा वन कार्यालय निष्क्रिय ? अवैध रुख कटान प्रकरणमा स्थानीय अख्तियारदेखि प्रधानमन्त्रीसम्म गुहार्न बाध्य
पर्सा वन कार्यालय निष्क्रिय ? अवैध रुख कटान प्रकरणमा स्थानीय अख्तियारदेखि प्रधानमन्त्रीसम्म गुहार्न बाध्य
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्