Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • मेसु नियुक्तिमा विवाद
मेसु नियुक्तिमा विवाद
Terai Report
Terai Report मंगलबार, साउन २४, २०७९

जनकपुर । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐनमा व्यवस्था नै नभएको मेडिकल सुपरिन्टेन्डेन्ट पदमा ११ औं तहका वरिष्ठ चिकित्सक डा. प्रमोदकुमार यादवलाई मधेस सरकारले नियुक्त गरेको छ । जनकपुरको प्रादेशिक अस्पताललाई प्रतिष्ठान मातहत ल्याउन जोडबल गरेको प्रदेश सरकारले ऐनमै नरहेको पदमा डा. यादवलाई सरुवा गरेको हो ।

प्रदेश सरकारले ०७७ कात्तिक २५ मा प्रदेश राजपत्रमा प्रकाशित गरी प्रतिष्ठान गठन गरेको थियो । ०७८ चैत ६ मा प्रादेशिक अस्पतालको सम्पूर्ण चल–अचल सम्पत्ति प्रतिष्ठानलाई हस्तान्तरण पनि गरेको थियो । तर, परिषद्को ऐनमा मेडिकल सुपरिन्टेन्डेन्टको पद छैन । सँगै स्वायत्त प्रकृतिको प्रतिष्ठानमा प्रदेश मातहतका कर्मचारीलाई काजमा खटाउने अधिकार भए पनि सरुवा गर्ने अधिकार भने छैन । तर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत बिहीबार मधेस प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा. यादवलाई प्रादेशिक अस्पताल जनकपुरको प्रमुख मेडिकल सुपरिन्टेन्डेन्टको पदमा सरुवा गरेको छ ।

प्रदेशका निमित्त मुख्य सचिव मेखबहादुर मंग्रातीले प्रादेशिक अस्पताल जनकपुरको नाममा लेखेको सरुवाको पत्रमा मन्त्रिपरिषद्को साउन १६ को निर्णयअनुसार प्रदेश निजामती सेवा ऐन २०७५ को दफा २५ को उपदफा २ बमोजिम सरुवा गरिएको उल्लेख छ । सरुवा पत्रमा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बोधार्थसम्म दिइएको छैन । यसैगरी, सामाजिक विकास मन्त्रालयले मधेस प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय र प्रादेशिक अस्पताल जनकपुरलाई पत्र लेखेर मेसु पदमा सरुवा भई जाने डा.यादवलाई प्रशासनिक तथा आर्थिक दायित्वसमेत प्रदान गरेको उल्लेख गरेको छ ।

प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा.रामकेवल साहले आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र लेखेर प्रादेशिक अस्पताल जनकपुरको सम्पूर्ण चल–अचल सम्पत्तिलगायतका दायित्व प्रतिष्ठानलाई हस्तान्तरण भइसकेको तथा प्रतिष्ठानअन्तर्गतको अस्पतालमा प्रमुख मेडिकल सुपरिन्टेन्डेन्टको पद कतै उल्लेख नभएकाले डा. यादवलाई उक्त पदमा हाजिर गराउन नमिल्ने जनाएका छन् ।

‘प्रतिष्ठानको ऐनमा अस्पताल निर्देशकको व्यवस्था छ । मेडिकल सुपरिन्टेन्डेन्टको होइन । प्रतिष्ठानले सामाजिक विकास मन्त्रालयलाई पत्र लेखेर ११ औं तहका वरिष्ठ कर्मचारी काजमा खटाई दिन आग्रहसमेत गरेका थियौं । तर मन्त्रालयले हुँदै नभएको पदमा कर्मचारी पठाएको छ । हामी द्विविधामा छौं,’ उपकुलपति साहले भने । सामाजिक विकास मन्त्रालयका सचिव इमनारायण श्रेष्ठले डा. यादवलाई प्रादेशिक अस्पतालको मेसुका रूपमा खटाइएको बताए । उनले प्रादेशिक अस्पतालाई संघीय स्वास्थ्य मन्त्रालयबाट प्राप्त हुने ससर्त अनुदान, अनिवार्य दायित्व शीर्षकको रकम सञ्चालनसँगै प्रशासनिक दायित्व दिएर सरुवा गरिएको बताए ।

मधेस स्वास्थ्य विज्ञान र प्रादेशिक अस्पताल जनकपुरको फरक–फरक व्यवस्थापन हुने संकेत पनि सामाजिक विकास मन्त्रालयका सचिव श्रेष्ठले गरे । नेपाल चिकित्सक संघ, जनकपुर शाखाका अध्यक्ष वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा.रामनरेश पण्डितले प्रदेश सरकार वीर अस्पतालको मोडलमा प्रतिष्ठान र प्रादेशिक अस्पताललाई फरकफरक व्यवस्थापनमा सञ्चालन गर्न खोजेको बताए । वीर अस्पतालमा शिक्षा विज्ञान हेर्ने नेसनल एकेडेमिक अफ मेडिकल साइन्स (न्याम्स) र स्वास्थ्य सेवा प्रदान गर्ने दुई फरक निकाय छन् । साभार : कान्तिपुरबाट
 


प्रकाशित मिति: मंगलबार, साउन २४, २०७९  १२:४७
प्रतिक्रिया दिनुहोस्
20 20
थप समाचार
१५ सदस्यीय ‘कानु यूथ समाज’ गठन, अध्यक्षमा मनोज कुमार साह चयन
१५ सदस्यीय ‘कानु यूथ समाज’ गठन, अध्यक्षमा मनोज कुमार साह चयन शनिबार, मंसिर १४, २०८२
त्रि.वि. अवकाशप्राप्त प्राध्यापकलाई ठाकुर राम बहुमुखी क्याम्पसबाट भावनात्मक विदाई
त्रि.वि. अवकाशप्राप्त प्राध्यापकलाई ठाकुर राम बहुमुखी क्याम्पसबाट भावनात्मक विदाई शुक्रबार, मंसिर १३, २०८२
नेशनल मेडिकल कलेज प्रधानमन्त्री कार्कीबाट सम्मानित
नेशनल मेडिकल कलेज प्रधानमन्त्री कार्कीबाट सम्मानित बिहीबार, मंसिर १२, २०८२
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ बिहीबार, मंसिर १२, २०८२
सिमरामा तनाव : कर्फ्यु अवज्ञा गर्दै प्रदर्शन, ६ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर
सिमरामा तनाव : कर्फ्यु अवज्ञा गर्दै प्रदर्शन, ६ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर बिहीबार, मंसिर ५, २०८२
नेपाली सेना–अमेरिकी सेनाबीच छैटौँ ‘Land Forces Talk’ जङ्गी अड्डामा सुरु
नेपाली सेना–अमेरिकी सेनाबीच छैटौँ ‘Land Forces Talk’ जङ्गी अड्डामा सुरु बुधबार, मंसिर ४, २०८२
सिमरामा कर्फ्यु जारी
सिमरामा कर्फ्यु जारी बुधबार, मंसिर ४, २०८२
Dibhijan Ban karyaly parsa Add Dibhijan Ban karyaly parsa Add
लोकप्रीय
  • Week
  • Month
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
नेशनल मेडिकल कलेज प्रधानमन्त्री कार्कीबाट सम्मानित
नेशनल मेडिकल कलेज प्रधानमन्त्री कार्कीबाट सम्मानित
त्रि.वि. अवकाशप्राप्त प्राध्यापकलाई ठाकुर राम बहुमुखी क्याम्पसबाट भावनात्मक विदाई
त्रि.वि. अवकाशप्राप्त प्राध्यापकलाई ठाकुर राम बहुमुखी क्याम्पसबाट भावनात्मक विदाई
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
अदालती प्रक्रिया पर्खिन नमान्ने वीरगंज महानगर: विवादित जग्गामा निर्माण, जनताको करोडौँ डुब्ने जोखिम
अदालती प्रक्रिया पर्खिन नमान्ने वीरगंज महानगर: विवादित जग्गामा निर्माण, जनताको करोडौँ डुब्ने जोखिम
मधेसका संवेदनशील क्षेत्रहरूमा सुरक्षा तैनाथीलाई थप व्यवस्थित गरिने
मधेसका संवेदनशील क्षेत्रहरूमा सुरक्षा तैनाथीलाई थप व्यवस्थित गरिने
सिमरामा कर्फ्यु जारी
सिमरामा कर्फ्यु जारी
सिमरामा तनाव : कर्फ्यु अवज्ञा गर्दै प्रदर्शन, ६ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर
सिमरामा तनाव : कर्फ्यु अवज्ञा गर्दै प्रदर्शन, ६ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

तराई रिपोर्ट

ठेगान: वीरगंज, पर्सा
इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

सम्पर्क नं:

९८४५०३५०५४
९८२७२६५५०४

सूचना विभाग दर्ता नंः

२५२३/०७७/०७८
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2025 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्