Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
Chhat Banner Chhat Banner
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • छानबिनको दायरामा तिस हजार पदाधिकारी
छानबिनको दायरामा तिस हजार पदाधिकारी
Terai Report
Terai Report शुक्रबार, जेठ १, २०८३

काठमाडौँ । मुलुकमा बहुदलीय व्यवस्था बहाली भएसँगै सार्वजनिक पदमा आसीन बहालवाला र पूर्वपदाधिकारीको सम्पत्ति छानबिन गर्न गठन भएको सम्पत्ति छानबिन आयोगले कार्यारम्भ गरेसँगै विभिन्न पदमा रहेका ३० हजार जनामाथि छानबिन हुने भएको छ ।

आयोगले बिहीबार सूचना जारी गर्दै सार्वजनिक पद धारण गरेका तथा सेवानिवृत्त भएका उच्च पदस्थ व्यक्तिलाई आफ्नो तथा परिवारको सम्पत्ति विवरण अनिवार्य रूपमा पेस गर्न निर्देशन दिएको छ । आयोगले आर्थिक वर्ष २०८२/८३ सम्म सार्वजनिक पदमा रहेका वा सो अवधिपछि सेवानिवृत्त भएका व्यक्तिलाई तोकिएको ढाँचामा सम्पत्ति विवरण बुझाउन आग्रह गरेको हो ।

आयोगका प्रवक्ता पूर्वप्रहरी नायब महानिरीक्षक गणेश केसीले सबै सरोकारवाला तथा राजनीतिक तथा सार्वजनिक पद धारण गरेका राजनीतिक पदाधिकारी, नेपाल सरकारको तलब सुविधा लिने पूर्व तथा बहालवाला पदाधिकारीका हकमा यस्तो सूचना जारी गरिएको बताउनुभयो । छानबिन आयोगलाई अदालत सरहको अधिकार प्रत्यायोजन भएको स्मरण गराउँदै केसीले भन्नुभो, “हामीले जारी गरेको सूचनालाई आधार मानेर उहाँहरूले छानबिनलाई सहयोग गर्नुहुन्छ भन्ने अपेक्षा छ । यदि यसलाई बेवास्ता र इन्कार गर्नुभयो भने उहाँहरूमाथि आवश्यक कानुनी कारबाहीका लागि आयोगले आवश्यक कदम चाल्ने छ ।” 

प्रारम्भिक रूपमा सङ्कलन गरिएको विवरणमा ३० हजारभन्दा बढी छानबिनको दायरामा पर्न सक्ने र पाँच हजारभन्दा बढी उजुरी पर्न सक्ने पूर्वानुमानसहित आयोगले नेपाल सरकार, प्रदेश सरकार तथा संवैधानिक निकायमा कार्यरत वा सेवानिवृत्त भएका विभिन्न पदाधिकारी, कर्मचारी र उनीहरूका परिवारका सदस्यको नाममा रहेको स्वदेश तथा विदेशको सम्पूर्ण सम्पत्ति विवरण खुलाउन भनिएको छ ।

यसका साथै आयोगले यो प्रक्रिया सार्वजनिक पदमा बसेकाको आर्थिक पारदर्शिता कायम गर्न तथा भ्रष्टाचार नियन्त्रणलाई प्रभावकारी बनाउन आवश्यक रहेको जनाउँदै पूर्वप्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री, सहायक मन्त्री, सङ्घीय संसद्का सदस्य, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश मन्त्री तथा प्रदेश सभा सदस्यलाई सम्पत्ति विवरण बुझाउनुपर्ने दायरामा राखेको छ । 

त्यसै गरी संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, पूर्वन्यायाधीश, नेपाली सेनाका उच्च अधिकृत, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभागका पदाधिकारी तथा नेपाल राष्ट्र बैङ्कका गभर्नर, डेपुटी गभर्नर, सञ्चालक समिति सदस्य, सरकारी बैङ्क तथा वित्तीय संस्थाका प्रमुख, सार्वजनिक संस्थानका अध्यक्ष, महाप्रबन्धक तथा प्रमुख कार्यकारी अधिकृतलाई पनि सम्पत्ति विवरण बुझाउन भनिएको छ । 

नेपाल सरकारबाट अनुदान प्राप्त विश्वविद्यालय, प्रतिष्ठान तथा नियोगका उच्च अधिकारीलगायतलाई आयोगले सम्पत्ति विवरणमा घरजग्गा, बैङ्क मौज्दात, सेयर लगानी, व्यवसाय, कृषि, पशुपालन, वैदेशिक आय, सवारीसाधनलगायतका चल तथा अचल सम्पत्ति खुलाउनुपर्ने जनाएको छ । साथै तलब, भत्ता, व्यावसायिक आम्दानी, लगानीबाट प्राप्त आम्दानी तथा अन्य आर्थिक स्रोतको विवरण पनि उल्लेख गरिएको छ ।

आयोगले सम्बन्धित व्यक्तिले आफ्नो नाममा मात्रै नभई पति वा पत्नी तथा परिवारका सदस्यको नाममा रहेको सम्पत्तिसमेत खुलाउनुपर्ने र आयोगले तोकिएको ढाँचामा फाराम भरेर आयोगमा पेस गर्नुपर्ने व्यवस्था गरेको छ । फाराम आयोगको कार्यालयबाट प्राप्त गर्न सकिने तथा आधिकारिक वेबसाइटबाट डाउनलोड गर्न सकिने जनाइएको छ ।

आयोगले सम्पत्ति विवरण नबुझाउने, ढिलाइ गर्ने वा झुटा विवरण पेस गर्ने व्यक्तिमाथि प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिँदै विवरण पेस नगर्ने वा गलत जानकारी दिने कार्यलाई गम्भीर कानुनी उल्लङ्घनका रूपमा लिइने जनाएको छ ।

आयोगले सेवानिवृत्त भइसकेका पदाधिकारी तथा कर्मचारीले समेत अनिवार्य रूपमा एक पटक सम्पत्ति विवरण बुझाउनुपर्ने तथा सार्वजनिक जवाफदेहिता र सुशासन प्रवर्धनका लागि सम्पत्ति विवरण सङ्कलन अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाइने जनाएको छ ।


प्रकाशित मिति: शुक्रबार, जेठ १, २०८३  १०:३७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
फ्लोर क्रसको त्रासमा मधेश सरकार, विश्वासको मत लिन मुख्यमन्त्री यादव पछि हटे
फ्लोर क्रसको त्रासमा मधेश सरकार, विश्वासको मत लिन मुख्यमन्त्री यादव पछि हटे शुक्रबार, जेठ १, २०८३
सात देशसँग श्रम सम्झौता प्रक्रिया अघि बढ्यो
सात देशसँग श्रम सम्झौता प्रक्रिया अघि बढ्यो शुक्रबार, जेठ १, २०८३
सुशासन र आर्थिक पुनर्संरचना प्राथमिकतामा
सुशासन र आर्थिक पुनर्संरचना प्राथमिकतामा शुक्रबार, जेठ १, २०८३
चिनी निर्यातमा भारतको प्रतिबन्ध
चिनी निर्यातमा भारतको प्रतिबन्ध शुक्रबार, जेठ १, २०८३
राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित बिहीबार, वैशाख ३१, २०८३
मधेशमा पोषण सुधार हुनुपर्नेमा सभामुख यादवको जोड
मधेशमा पोषण सुधार हुनुपर्नेमा सभामुख यादवको जोड बिहीबार, वैशाख ३१, २०८३
लोकप्रीय
  • Week
  • Month
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
युरिया मल प्रहरीको नियन्त्रणमा
युरिया मल प्रहरीको नियन्त्रणमा
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
पोखरिया–श्रीसिया सडक निर्माण ठप्प
पोखरिया–श्रीसिया सडक निर्माण ठप्प
पर्सा वन कार्यालय निष्क्रिय ? अवैध रुख कटान प्रकरणमा स्थानीय अख्तियारदेखि प्रधानमन्त्रीसम्म गुहार्न बाध्य
पर्सा वन कार्यालय निष्क्रिय ? अवैध रुख कटान प्रकरणमा स्थानीय अख्तियारदेखि प्रधानमन्त्रीसम्म गुहार्न बाध्य
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्