Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
Chhat Banner Chhat Banner
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • सुशासन र आर्थिक पुनर्संरचना प्राथमिकतामा
आव २०८३/८४ को बजेट सुशासन र आर्थिक पुनर्संरचना प्राथमिकतामा
Terai Report
Terai Report शुक्रबार, जेठ १, २०८३

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट मुलुकका विद्यमान आर्थिक चुनौतीलाई सम्बोधन गर्दै समुन्नत नेपालको दिगो आधार तयार गर्ने गरी तयार पारिएको बताउनुभएको छ । सङ्घीय संसद्का दुवै सदनबाट नेपाल सरकारको नीति तथा कार्यक्रम पारित भएपछि आगामी आवको बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै उहाँले रोजगारी केन्द्रित आर्थिक वृद्धि, संरचनागत सुधार, डिजिटल रूपान्तरण र सुशासनलाई केन्द्रमा राखिने जनाउनुभयो । 

सङ्घीय संसद्का दुवै सदनका बेग्लाबेग्लै बैठकमा सुशासनको लाभांश, अर्थतन्त्रको पुनर्संरचना, सन्निकटताका लागि एकीकृत पूर्वाधार, सर्वव्यापी सामाजिक उन्नयन र मध्यमवर्गको विस्तार तथा सौम्य शक्तिको सुदृढीकरणसमेत गरी विनियोजन विधेयक, २०८३ का पाँच वटा मार्गदर्शक सिद्धान्त रहेको बताउनुभयो । 

त्यसै गरी अर्थमन्त्रीले विधेयकका प्राथमिकतामा सेवा प्रवाहका लागि कानुनी तथा संस्थागत सुधार र सूचना प्रविधिको सदुपयोग, आर्थिक वृद्धिका क्षेत्रगत स्रोतको पुनःप्राथमिकीकरण, भौतिक पूर्वाधारका लागि बहुपक्षीय पुँजी परिचालन, अवसरको समानताका लागि सामाजिक लगानी र बहुआयामिक अन्तर्राष्ट्रिय सम्बन्धको विविधीकरणलाई राखिएको पनि सदनलाई जानकारी गराउनुभयो । सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै उहाँले निजी क्षेत्रको आत्मविश्वास पुनस्र्थापन, लगानीमैत्री वातावरण निर्माण र प्रविधिमैत्री सार्वजनिक सेवा प्रवाहमार्फत नागरिकको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने प्रतिबद्धता विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा रहेको स्पष्ट पार्नुभयो ।

अर्थमन्त्री डा. वाग्लेले आफूले प्रस्तुत गरेका सिद्धान्त तथा प्राथमिकताउपर गहन रूपमा छलफल हुने अपेक्षा गर्दै छलफलबाट प्राप्त हुने सुझावलाई आगामी आवको बजेट निर्माणको मार्गदर्शकका रूपमा ग्रहण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अर्थमन्त्रीले सरकारले थिति बसाल्ने सङ्कल्पसाथ सुशासन, रोजगारीमूलक आर्थिक वृद्धि र गुणस्तरीय सार्वजनिक सेवालाई बजेटको केन्द्रमा राखिने जानकारी दिनुभयो । 

नागरिकले प्रत्यक्ष अनुभूत गर्ने गरी शासकीय सुधार गर्ने लक्ष्य राखिएको र सेवा प्रवाहमा हुने ढिलाइ र मध्यस्थताको अन्त्य गर्न एकीकृत डिजिटल सुशासन र नागरिक एपमार्फत सेवा उपलब्ध गराइने विषय बजेटमा रहने जानकारी दिनुभयो । सम्पत्ति शुद्धीकरण, राजस्व चुहावट र सार्वजनिक स्रोतको दुरुपयोगविरुद्ध परिणाममुखी अभियान चलाइने, एक पटक विवरण–सबै सेवामा प्रयोगको सिद्धान्त अनुसार राष्ट्रिय परिचयपत्रमा आधारित एकीकृत डाटाबेस विकास गरिने उहाँले बताउनुभयो । अर्थतन्त्रको पुनर्संरचना र निजी क्षेत्र अन्तर्गत अर्थतन्त्रलाई उपभोगमुखीबाट लगानी र उत्पादनमुखी बनाउने सरकारको योजना रहेको अर्थमन्त्रीको भनाइ छ । त्यस्तै उहाँले निजी क्षेत्रको आत्मविश्वास जगाउन निजी क्षेत्रका अवरोध हटाई सामाजिक बजार अर्थतन्त्र सुदृढ गरिने र निजी सम्पत्तिको सुरक्षाको ग्यारेन्टी गरिने स्पष्ट पार्नुभयो । ंडिजिटल अर्थतन्त्र, सफ्टवेयर निर्यात, स्वच्छ ऊर्जा र उच्च मूल्ययुक्त कृषिको आर्थिक रूपान्तरणलाई बजेटको संवाहकका रूपमा लिइएको पनि अर्थमन्त्रीको भनाइ थियो । उद्योग र पूर्वाधार परियोजनाको स्वीकृति प्रव्रिmयालाई सरल बनाउन बजेटमा लगानी एक्सप्रेस नीति अवलम्बन गरिने उहाँले जानकारी दिनुभयो । 

कृषि पुनर्संरचना अन्तर्गत कृषिलाई ग्रामीण समृद्धिको आधार बनाइने छ र खाद्यान्न बालीमा न्यूनतम समर्थन मूल्य लागु गरिने अर्थमन्त्रीले बताउनुभयो । उहाँले नयाँ आयोजना थप्नुभन्दा चालुलाई प्राथमिकता दिने र काठमाडौँ–तराई मधेश द्रुततमार्ग र उत्तर–दक्षिण कोरिडोर जस्ता अधुरा रणनीतिक आयोजना सम्पन्न गर्न लाग्ने बताउनुभयो । नदी प्रवाहका भन्दा जलाशययुक्त जलविद्युत् आयोजना अघि बढाउँदै क्षेत्रीय ऊर्जा व्यापार विस्तार गरिने पनि बजेटका प्राथमिकता रहने उल्लेख अर्थमन्त्रीले गर्नुभयो । 

शिक्षा प्रणालीलाई श्रम बजारसँग आबद्ध गरिने र स्वास्थ्य बिमा प्रणालीको पुनर्संरचना गरी नागरिकको पहुँच वृद्धि गरिने तथा कर्णाली, मधेश र सुदूरपश्चिम जस्ता पिछडिएका क्षेत्रको रूपान्तरणलाई शीर्ष प्राथमिकतामा राखिएको जानकारी अर्थमन्त्री डा. वाग्लेले दिनुभयो । विज्ञान र प्रविधिको विकासका लागि राष्ट्रिय अनुसन्धान तथा नवप्रवर्तन कोष स्थापना गरिने तथा राष्ट्रिय हितमा आधारित सन्तुलित परराष्ट्र सम्बन्ध र आर्थिक कूटनीतिमा जोड दिँदै विदेशमा रहेका नेपालीको सिप र पुँजीलाई डायस्पोरा साझेदारीमार्फत राष्ट्रिय विकासमा परिचालन गरिने बजेटका प्राथमिकतामा रहेको उहाँले स्पष्ट पार्नुभयो । 


प्रकाशित मिति: शुक्रबार, जेठ १, २०८३  १०:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
फ्लोर क्रसको त्रासमा मधेश सरकार, विश्वासको मत लिन मुख्यमन्त्री यादव पछि हटे
फ्लोर क्रसको त्रासमा मधेश सरकार, विश्वासको मत लिन मुख्यमन्त्री यादव पछि हटे शुक्रबार, जेठ १, २०८३
सात देशसँग श्रम सम्झौता प्रक्रिया अघि बढ्यो
सात देशसँग श्रम सम्झौता प्रक्रिया अघि बढ्यो शुक्रबार, जेठ १, २०८३
चिनी निर्यातमा भारतको प्रतिबन्ध
चिनी निर्यातमा भारतको प्रतिबन्ध शुक्रबार, जेठ १, २०८३
छानबिनको दायरामा तिस हजार पदाधिकारी
छानबिनको दायरामा तिस हजार पदाधिकारी शुक्रबार, जेठ १, २०८३
राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित बिहीबार, वैशाख ३१, २०८३
मधेशमा पोषण सुधार हुनुपर्नेमा सभामुख यादवको जोड
मधेशमा पोषण सुधार हुनुपर्नेमा सभामुख यादवको जोड बिहीबार, वैशाख ३१, २०८३
लोकप्रीय
  • Week
  • Month
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
युरिया मल प्रहरीको नियन्त्रणमा
युरिया मल प्रहरीको नियन्त्रणमा
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
पोखरिया–श्रीसिया सडक निर्माण ठप्प
पोखरिया–श्रीसिया सडक निर्माण ठप्प
पर्सा वन कार्यालय निष्क्रिय ? अवैध रुख कटान प्रकरणमा स्थानीय अख्तियारदेखि प्रधानमन्त्रीसम्म गुहार्न बाध्य
पर्सा वन कार्यालय निष्क्रिय ? अवैध रुख कटान प्रकरणमा स्थानीय अख्तियारदेखि प्रधानमन्त्रीसम्म गुहार्न बाध्य
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्