काठमाडौं । नेपालीहरूको महान् पर्व बडादशैँलाई लक्षित गर्दै नयाँ दशैँ विशेष गीत “मै परे चटक्कै”सार्वजनिक भएको छ। नेपाली मौलिक संस्कृति, परम्परा र दशैँको उल्लासलाई उजागर गर्ने उद्देश्यले तयार पारिएको उक्त गीत Bidhan Kalikotey Official युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
गीतकार बिदुर राज गिरीको शब्द, धनबहादुर गिरी (बाबुल) को म्युजिक एरेन्जमेन्ट तथा मिक्सिङ /मास्टरिङ रहेको गीतमा लोकप्रिय गायिका मेलिना राई र गायक विधान कालिकोटेको सुमधुर स्वर रहेको छ।
गीतको भिडियोमा सरोज प्रजा, बिना राउत, रोशन तामाङ, रामहरि खड्का, पैसा घिमिरे र बद्री पुडासैनीलगायत कलाकारहरूको आकर्षक अभिनय देख्न सकिन्छ। पुनम श्रेष्ठको कोरियोग्राफी, अजय रेग्मीको सिनेमाटोग्राफी तथा सङ्गीत सागर बुर्जाको निर्देशनमा तयार भएको भिडियोका निर्माता मेघराज धिमाल हुन्।
दशैँको उमङ्ग, पारिवारिक भेटघाट, नेपाली मौलिकता र सांस्कृतिक परम्परालाई गीत तथा भिडियोमार्फत प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ। आकर्षक सङ्गीत, सुमधुर स्वर, नृत्य र कलाकारहरूको उत्कृष्ट अभिनयले गीतलाई थप मनोरञ्जनात्मक बनाएको छ।
नेपाली गीत सङ्गीत तथा मौलिक संस्कृतिको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षासहित सार्वजनिक गरिएको यस गीतलाई हेरेर, सुनेर, लाइक, कमेन्ट तथा सेयरमार्फत साथ र समर्थन गरिदिन निर्माण टोलीले सम्पूर्ण दर्शक तथा सङ्गीतप्रेमीहरूलाई आग्रह गरेको छ।