Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • एसईई परीक्षा कतै मर्यादित, कतै चोरी
एसईई परीक्षा कतै मर्यादित, कतै चोरी
Terai Report
Terai Report बिहीबार, चैत २३, २०७९

जनकपुरधाम । माध्यमिक शिक्षा परीक्षा (एसईई) जारी छ। मधेश प्रदेशमा एसईई परीक्षा विगतभन्दा यस वर्ष मर्यादित देखिएको छ। तर केही परीक्षा केन्द्रमा नयाँ प्रविधिको माध्यमबाट परीक्षामा अमर्यादित कार्यहरू भइरहेको पाइएको छ। नयाँ प्रविधिको प्रयोग गरेर चिट चोराउने कार्यमा विद्यार्थी, अभिभावक र शिक्षकको संलग्नता पाइएको छ।

सर्लाही समाचारदाताका अनुसार यो वर्षको एसईई मर्यादित देखिएको छ। बुधबारसम्म चारवटा विषयको परीक्षा सकिँदा कहिँकतै कसैलाई पनि कारबाही गर्नुपरेको छैन। प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सर्लाहीमा बुधबारसम्म एसईई मर्यादित रूपमा सञ्चालन भइरहेको जानकारी दिनुभयो। 

परीक्षालाई व्यवस्थित र मर्यादित ढङ्गले सञ्चालन गर्न प्रमुख जिल्ला अधिकारीसहितको टोलीले नियमित अनुगमन गरिरहेको छ। हालसम्मको अनुगमनमा कुनै पनि परीक्षा केन्द्रमा अमर्यादित गतिविधि नभएको र बालमैत्री वातावरणमा परीक्षा सञ्चालन गर्न सम्बन्धित केन्द्रका केन्द्राध्यक्षलाई निर्देशन दिइएको प्रजिअ यादवले बताउनुभयो। 

एसईई सञ्चालनका लागि सर्लाहीमा ३७ वटा परीक्षा केन्द्र तोकिएको छ। परीक्षामा जिल्लाबाट १० हजार आठ सयभन्दा बढी परीक्षार्थी सामेल भइरहेका छन्। एसईईलाई मर्यादित बनाउन प्रत्येक परीक्षा केन्द्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भइरहेका छन्। सरस्वती माध्यमिक विद्यालय ईश्वरपुर–३, भक्तिपुरका केन्द्राध्यक्ष एवं सोही विद्यालयका प्रधानाध्यापक सीताराम दाहालले एसईई परीक्षा सुधारोन्मुख रहेको बताउनुभएको छ। पहिलेजस्तो अभिभावकलगायत अन्य व्यक्ति परीक्षा केन्द्रमा आएर भिडभाड गर्नेजस्ता गतिविधि अहिले ठप्प जस्तै भएको प्रअ दाहालले बताउनुभयो। विद्यालयका तर्फबाट पनि विषयगत शिक्षकलाई निरीक्षक राखिदिन अनुरोध आउने गरेकोमा यो वर्ष कुनै पनि विद्यालयबाट त्यस्तो अनुरोध नआएको उहाँको भनाइ छ। 

नक्कली परीक्षार्थी पक्राउ

गौर समाचारदाता अनुसार एसईईअन्तर्गत बुधबार नेमधारी बासुदेव माध्यमिक विद्यालय मुडबलवा परीक्षा केन्द्रबाट एक जना नक्कली परीक्षार्थी पक्राउ परेको छ। राजदेवी नगरपालिकाको मुडबलवास्थित उक्त परीक्षा केन्द्रमा अरूको सट्टा परीक्षा दिइरहेको अवस्थामा ईशनाथ नगरपालिका–१, बन्जरहाका विष्णुबहादुर मालीलाई पक्राउ गरिएको हो। परीक्षा अनुगमन समितिले मुडबलवामा सिम्बल नम्बर ०२५००२५७ जि नुरेंन खानको सट्टा मालीले परीक्षा दिइरहेको अवस्थामा प्रहरीको जिम्मा लगाइएको जिल्ला शिक्षा समन्वय एकाइ कार्यालय रौतहटले जनाएको छ। उक्त परीक्षार्थीको आजको परीक्षा रद्द गरी पक्राउ परेका मालीमाथि आवश्यक कारबाही अघि बढाउने कार्य प्रहरीले गरिरहेको एकाइका प्रमुख रामविनोद सिंहले जानकारी दिनुभयो। 

सामाजिक सञ्जाल प्रयोग

बर्दिबास समाचारदाता अनुसार एसईई परीक्षामा अनियमितता गर्ने तीन केन्द्रका २३ जना परीक्षार्थीमाथि बुधबार कारबाही गरिएको छ। शिक्षा विकास तथा समन्वय एकाइ महोत्तरीका अनुसार सुगा केन्द्रबाट १५ जना, मटिहानीबाट सात जना र कन्या मावि केन्द्रबाट एक जना परीक्षार्थीमाथि कारबाही गरिएको हो। सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेसहितको अनुगमन टोलीले अनिवार्य विज्ञान विषयको परीक्षामा मोबाइल प्रयोग गरी अनियमिता गर्दै गरेको अवस्थामा पक्राउ गरेको थियो। एकाइ प्रमुख भरतबाबु सुवेदीले पक्राउ सबै परीक्षार्थीको मोबाइल जफत गरी विज्ञान विषयको परीक्षा रद्द गरिएको जनाउनुभयो। जिल्ला परीक्षा समन्वय समितिले परीक्षा केन्द्रमा मोबाइल लैजान र प्रयोग गर्न रोक लगाइएको छ तर परीक्षार्थीले भने लुकाइछिपाइ मोबाइल लाने र ह्वाट्स एप, म्यासेन्जर, इमो जस्ता सामाजिक सञ्जाल प्रयोग गरी प्रश्नपत्र बाहिर पठाउने गर्नुका साथै प्रश्नको उत्तरसमेत प्राप्त गर्ने जस्ता घटना बढेपछि परीक्षा समन्वय समिति कारबाहीमा उत्रेको हो। 

सुगा परीक्षा केन्द्रका केन्द्राध्यक्ष कृष्णचन्द्र चौधरीले परीक्षाअघि परीक्षार्थीको शरीर तलासी लिएर मात्र केन्द्रमा प्रवेश गराउने गरिएको बताउनुभयो। “फेरि पनि कसरी आँखा छलेर मोबाइल लगे हामी नै चकित परेका छौँ,” चौधरीले भन्नुभयो। यसअघि अनिवार्य गणित विषयको परीक्षामा समेत यसैगरी चिट चोराउँदै गरेको अवस्थामा प्रमुख जिल्ला अधिकारी दीपक पहाडी नेतृत्वको अनुगमन टोलीले भ्रमरपुरा केन्द्रका निरीक्षक विक्रमकुमार महतोलाई परीक्षा कोठाबाटै नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएको थियो। गोरखापत्र अनलाइन
 


प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  ११:५७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न
वीरगञ्जमा ६१ प्रतिशत आर्थिक गणना सम्पन्न सोमबार, जेठ ४, २०८३
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं सोमबार, जेठ ४, २०८३
नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले ISO 9001:2015 प्रमाणीकरण प्राप्त
नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले ISO 9001:2015 प्रमाणीकरण प्राप्त आइतबार, जेठ ३, २०८३
स्थानीय तहको पुनर्संरचना तयारी
स्थानीय तहको पुनर्संरचना तयारी आइतबार, जेठ ३, २०८३
सिंहदरबारकै जग्गा अतिक्रमण
सिंहदरबारकै जग्गा अतिक्रमण आइतबार, जेठ ३, २०८३
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न
अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक सम्पन्न शनिबार, जेठ २, २०८३
मनसुनजन्य विपद् न्यूनीकरणका लागि प्रतिकार्य बेस स्थापना
मनसुनजन्य विपद् न्यूनीकरणका लागि प्रतिकार्य बेस स्थापना शनिबार, जेठ २, २०८३
लोकप्रीय
  • Week
  • Month
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
पोखरिया–श्रीसिया सडक निर्माण ठप्प
पोखरिया–श्रीसिया सडक निर्माण ठप्प
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
वीरगञ्ज सडक विस्तार अन्योलबारे सांसद पन्तले गराए सरकारको ध्यानाकर्षण
युरिया मल प्रहरीको नियन्त्रणमा
युरिया मल प्रहरीको नियन्त्रणमा
पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ क्षेत्रको प्रवर्द्धन गरिने
पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ क्षेत्रको प्रवर्द्धन गरिने
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
अवैध साल काठ प्रकरणमा ‘सेटिङ’ को आरोप, वनरक्षककै गुनासो
बुवाको संघर्श र परिवारिक मायाँ
बुवाको संघर्श र परिवारिक मायाँ
“ मिलेमतोको छायाँमा खोला दोहन:  प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
“ मिलेमतोको छायाँमा खोला दोहन: प्रमाण मेटाउने खेल, दबाबमा वन प्रशासन”
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
बजेटका लागि सुझाव सङ्कलन पोर्टल सञ्चालन
अवैध काठ र ट्याक्टरसहित  एक व्यक्ति पक्राउ, १५  लाख बढीको सामान बरामद
अवैध काठ र ट्याक्टरसहित एक व्यक्ति पक्राउ, १५  लाख बढीको सामान बरामद
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्