Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
Dashain Banner Dashain Banner
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • खडेरीले तराईका किसान मारमा
खडेरीले तराईका किसान मारमा
Terai Report
Terai Report बुधबार, साउन १०, २०८०

सर्लाही ।  झमझम झरी पर्नुपर्ने साउन महिनामा चैत, वैशाखमा झैँ हावा चलेर खडेरी लम्बिँदा सर्लाहीसहित तराई क्षेत्रका किसान चिन्तित बनेका छन्। पानी नपर्दा यहाँ धान रोपाइँ प्रभावित बनेको छ भने रोपिसकेको रोपो सुक्न थालेको छ। वर्षाले साथ नदिँदा सुत्ला लाग्न लागेको मकै बाली सुक्न थालेको किसानले गुनासो गरेका छन्। धान खेती हुने फाँट बाँझो छन्। “साउनको यो खडेरीले हामी किसानलाई अत्याँएको छ, पानी नभएर रोपाइँ गर्न पाइएको छैन,” लालबन्दी नगरपालिका–५ का किसान कमलप्रसाद बरालले भन्नुभयो, “रोपाइँ भई सक्नुपर्ने खेतमा सुक्खा भएर कमिला दौडिएका छन्। यो वर्ष के खाने होला ! भन्ने चिन्ताले सताउन थालेको छ।”

नहर तथा कुलोको पानी लाग्ने ठाउँ र पप्पसेट चल्ने क्षेत्रमा मात्रै फाट्टफुट्ट रोपाइँ भइरहेको देखिन्छ। नत्र भने आकाशे वर्षा नहुँदा अधिकांश खेतका फाँट बाँझो नै देखिन्छन्। रोपाइँ गर्न आली भित्ता गरेर राखे पनि पानी पर्न नसक्दा किसान चिन्तित बनेका छन्। हरिपुर नगरपालिका–१, जानकीनगरका किसान दीपमान दोङले यो वर्ष मौसमले किसानलाई निराश बनाएको गुनासो गर्नुभयो। 

असारमा एक/दुई पटक परेको पानीमा हतारमा रोपाइँ गरेका किसानको खेतमा पुग्दा पानी नपरेर धान सुकेको देखेर मन भक्कानिएर आउने गरेको दोङले सुनाउनुभयो। “अहिले सुत्ला च्याप्ने बेला भएको मकैलाई पानी चाहिएको छ, रोपाइँ गर्न नपाउँदा धानको ब्याड (बिउ) छिप्पिएर कामै नलाग्ने भइसक्यो,” दोङले भन्नुभयो, “धान रोपिसकेका किसानलाई पनि चिन्ता नै छ, धान खेतमा पूरै धाजा फाटेर सुक्न थालेको छ।”

खेतीको मुख्ययाम साउनको यो खडेरीले यो वर्ष हरेक खाद्यान्नको भाउ बढ्ने भन्दै सर्वसाधारणले चिन्ता व्यक्त गरेका छन्। हरिवन नगरपालिका–१, का किसान विप्लव घिसिङले पानी नपर्दा यो वर्ष मकैको उत्पादन राम्रो हुन नसकेको र धान रोप्ने बेला पनि खडेरी हुँदा महँगी बढ्ने निश्चित रहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो। दोङका अनुसार पर्याप्त वर्षा नभएकाले यो वर्ष चुरेभेग भएर बग्ने खोलामा पानी नै छैन। कुलोमा पानी घटेकाले पानी पटाउनका लागि किसानबिच हानाथाप नै चलिरहेको छ। 

लालबन्दी नगरपालिका–१६, परवानीपुरका किसान कृष्ण गौतमले पछिल्ला वर्षमा वर्षाले साथ नदिँदा खेती गर्नै गाह्रो पर्न थालेको दुःखेसो पोख्नुभयो। “हिजोआज खेती गर्न कामदार पाइँदैन, जसोतसो खेती लगायो मौसमले पनि साथ दिँदैन,” उहाँले भन्नुभयो, “पर्याप्त वर्षा हुनुपर्ने साउन महिनामा यसरी खडेरी परेको छ, यो अवस्थामा किसानले कसरी व्यवहार धान्नु ? खेतबारीमा लगाएको बाली सुकेर गएको छ। आय आर्जनको अन्य माध्यम छैन।”

कृषि ज्ञान केन्द्र मलङ्गवाका प्रमुख देवानन्द यादवले खडेरीका कारण धान रोपाइँमा उल्लेख्य प्रगति हुन नसकेको जानकारी दिनुभयो। “जिल्लामा अहिलेसम्म ४० देखि ५० प्रतिशतको हाराहारीमा रोपाइँ भएको छ,” उहाँले भन्नुभयो, “बागमती तथा मनुष्मारा सिँचाइको नहर लाग्ने र पप्पसेट तथा स्यालो ट्युबवेलको सुविधा रहेको क्षेत्रमा ७० प्रतिशत जति रोपाइँ भइसकेको छ तर आकाशे वर्षाको भरमा खेती हुने क्षेत्रमा ३० प्रतिशतजति मात्रै रोपाइँ भएको छ।” अहिलेको खडेरीले आफूहरूलाई चिन्ता थपेको कृषि ज्ञान केन्द्रका प्रमुख यादवले बताउनुभयो। कार्यालयका अनुसार जिल्लामा साढे ४४ हजार हेक्टर जग्गामा धान खेती हुन्छ। 


प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १०:१२
प्रतिक्रिया दिनुहोस्
20 20
थप समाचार
सहकारी पीडित र घाइतेहरूको तर्फबाट कुशलबलाई मन्त्री बनाउन माग
सहकारी पीडित र घाइतेहरूको तर्फबाट कुशलबलाई मन्त्री बनाउन माग बुधबार, कात्तिक १३, २०८२
धनुषा र रौतहटका एसपी फेरिए
धनुषा र रौतहटका एसपी फेरिए शुक्रबार, कात्तिक १, २०८२
चालु आवको तीन महिना सकियो, ४३ स्थानीय तहले हालसम्म ल्याएनन् बजेट
चालु आवको तीन महिना सकियो, ४३ स्थानीय तहले हालसम्म ल्याएनन् बजेट शुक्रबार, कात्तिक १, २०८२
बिहार विधानसभा निर्वाचन लक्षित गर्दै नेपाल–भारत सुरक्षा अधिकारीहरूको संयुक्त बैठक सम्पन्न
बिहार विधानसभा निर्वाचन लक्षित गर्दै नेपाल–भारत सुरक्षा अधिकारीहरूको संयुक्त बैठक सम्पन्न शुक्रबार, कात्तिक १, २०८२
पर्सा: १ अर्ब ६२ करोड बढी लगानी सहित ९ सय ६३ नयाँ घरेलु उद्योग दर्ता भई सञ्चालनमा
पर्सा: १ अर्ब ६२ करोड बढी लगानी सहित ९ सय ६३ नयाँ घरेलु उद्योग दर्ता भई सञ्चालनमा बिहीबार, असोज ३०, २०८२
प्रदेशसभा सदस्य सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता
प्रदेशसभा सदस्य सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता बिहीबार, असोज ३०, २०८२
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सहित दुई मन्त्रीको शपथग्रहण सम्पन्न
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सहित दुई मन्त्रीको शपथग्रहण सम्पन्न बिहीबार, असोज ३०, २०८२
23 23
लोकप्रीय
  • Week
  • Month
पर्यटन व्यवसायी शर्माद्धारा जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई २५ थान कुर्ची सहयोग
पर्यटन व्यवसायी शर्माद्धारा जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई २५ थान कुर्ची सहयोग
चुरियामाई मन्दिर नजिक बस दुर्घटना, दुई जनाको मृत्यु
चुरियामाई मन्दिर नजिक बस दुर्घटना, दुई जनाको मृत्यु
गृहमा २ घण्टा छलफल : नेताका बोलीदेखि काउन्टर जाहेरीले पार्न सक्ने सुरक्षा खतराको विश्लेषण
गृहमा २ घण्टा छलफल : नेताका बोलीदेखि काउन्टर जाहेरीले पार्न सक्ने सुरक्षा खतराको विश्लेषण
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा जसपाले भाग लिनेः पुर्वमन्त्री यादव
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा जसपाले भाग लिनेः पुर्वमन्त्री यादव
चार हजार हेक्टरमा लगाइएको बाली डुबानमा
चार हजार हेक्टरमा लगाइएको बाली डुबानमा
24 24
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

तराई रिपोर्ट

ठेगान: वीरगंज, पर्सा
इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

सम्पर्क नं:

९८४५०३५०५४
९८२७२६५५०४

सूचना विभाग दर्ता नंः

२५२३/०७७/०७८
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2025 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्