Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
अर्थ - वाणिज्य
  • Home
  • अर्थ - वाणिज्य
  • सन्दर्भ मूल्य विवादले सिर्सिया सुक्खा बन्दरगाहमै थन्कियो साढे ३ हजार टन कोइला
सन्दर्भ मूल्य विवादले सिर्सिया सुक्खा बन्दरगाहमै थन्कियो साढे ३ हजार टन कोइला
Terai Report
Terai Report बिहीबार, साउन ११, २०८०

पर्सा । चार साताअघि वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा पहिलो पटक रेलबाट आयातित कोइला आयातकर्ताले अझै जाँचपास गरेका छैनन् । वीरगन्जकै लतिका कम्बोडिटी सप्लायर्स प्रालिले भारतको झारखण्डस्थित धनबादबाट ५९ वटा बक्स एन वागनमा ३ हजार ६ सय ५० टन कोइला बोकेको रेल्वे र्‍याक असार १६ गते सुक्खा बन्दरगाहमा भित्र्याएको थियो । सन्दर्भ मूल्यको अन्यौलले आयातकर्ताले जाँचपास नगरेका हुन् ।

नेपालमा पहिलो पटक सोझै रेलबाट कोइला आयात भएको थियो । यसअघि वीरगन्जको सीमावर्ती भारतीय सहर रक्सौलस्थित रेल्वे स्टेसनमा रेलबाट कोइला ल्याएर त्यहाँबाट टिपरमा ढुवानी गरी नेपालसम्म ल्याइन्थ्यो ।

कोइला आयातकर्ता लतिका कम्बोडिटी सप्लायर्सका सञ्चालक निश्चल लालवानीले भन्सार कार्यालयको सन्दर्भ मूल्य पुस्तिकामा हाल पनि कोइलाको प्रतिकिलो मूल्य भारु १२ रुपैयाँ उल्लेख रहेको तर अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य घटेर प्रतिकिलो भारु ८ रुपैयाँमा झरिसकेको बताए । ‘८ महिनाअघि अन्तर्राष्ट्रिय बजारमा कोइलाको मूल्य बढेको थियो, हाल घटिसकेको छ,’ उनले भने, ‘यस्तो अवस्थामा पुरानै सन्दर्भ मूल्यको आधारमा आयातित कोइलाको भन्सार महसुल कायम गर्दा हामीलाई व्यापाक घाटा हुन्छ ।’

कोइलाको अर्को आयातकर्ता कमला मोहन इन्टरनेसनल प्रालिका सञ्चालक माधव राजपालले भन्सारको पुरानै सन्दर्भ पुस्तिका र मूल्यले कोइला आयातकर्तालाई धेरै घाटा भइरहेको बताए । ‘भन्सारले हाल भारु १२ रुपैयाँ भन्दा कम सन्दर्भ मूल्य कायम गर्न मानेको छैन, हामीले भारु ८ रुपैयाँमै ल्याएका हुन्छाैं तर भन्सारमा भारु १२ रुपैयाँ मान्नुपर्ने बाध्यता भयो,’ उनले भने, ‘निर्यातकर्ता भारतीय पार्टीले ओभर बिलिङ गर्न मान्दैन, कोइलाको मूल्य अन्तर्राष्ट्रिय बजारमा घटबढ भइरहन्छ, जुन विषय भन्सारले बुझेन ।’

चर्को भन्सार शुल्क तिरेर ल्याइने कोइलाको मार अन्ततः आम उपभोक्तालाई नै पर्न जाने उनले बताए । माग घटेको तथा भन्सार शुल्क समेत चर्को भएकाले हाल कोइलाको आयात पनि घट्दो क्रममा रहेको उनले बताए । ‘सामान्य अवस्थामा रक्सौलमा मासिक ३० वटासम्म रेल्वे र्‍याकमा कोइला आउने गरेकोमा हाल भने मासिक ५ वटा रेल्वे र्‍याकमा कोइला आइरहेको छ,’ उनले भने, ‘नेपालमा वार्षिक २५ देखि ३० लाख टन कोइला आयात हुन्छ, ठूला आयातकर्ता जम्मा ५ /६ कम्पनी छन् ।’ आयातित कोइलामध्ये ७५ प्रतिशत सिमेन्ट उद्योग, २० प्रतिशत इट्टा उद्योग र ५ प्रतिशत फलाम उद्योगले खपत गर्छन् । सिमेन्ट उद्योगले कच्चा पदार्थको रुपमा कोइला प्रयोग गर्छन् । इट्टा र फलाम उद्योगले भट्‍टी तताउन कोइला प्रयोग गर्छन् ।

कोइला सामान्य अवस्थामा दक्षिण अफ्रिका, इन्डोनेसिया, अमेरिका, रुस आदि मुलुकबाट आयात हुने गरेकोमा हाल भने भारतीय कोइला सस्तो भएकाले भारतबाटै आयात गर्ने गरिएको राजपाल बताउँछन् ।

सुक्खा बन्दरागाह सञ्चालक कम्पनी प्रिस्टिन भ्यालीका प्रशासन प्रमुख अतुल शर्माले लामो प्रयास र प्रतिक्षा पछि नेपालमै पहिलो पटक रेलबाट कोइला आयात गर्न सफलता मिलेकोमा आयातकर्ताले आयातित कोइला नलग्दा आफूहरु निरास भएको बताए । ‘हामीले आयात निर्यात कार्यमा सहजीकरणसम्म गर्ने हो, पहिलो पटक सोझै नेपाली भूमिमै कोइला आयात हुँदा त्यसले आयातकर्ताको लागत बचत हुने अवस्था छ,’ उनले भने, ‘सहजै रुपमा कोइला जाँचपास हुने वातावरण बने पाइपलाइनमा अन्य कोइला आयातकर्ता पनि रहेका छन् ।’

यसरी भारतबाट रेलमा सिधै नेपालसम्म कोइला ल्याउँदा आयातकर्ताको ढुवानी लागत सस्तिने र भारतमा कोइला चोरी हुने र हराउने जस्ता समस्याबाट पनि नेपाली आयातकर्ताले मुक्ति पाउने शर्मा बताउँछन् । पहिलो पटक यसरी नेपालमै कोइला भित्रिँदा ३ महिना्सम्ममा रक्सौल रेल्वे स्टेसनको भार ५० प्रतिशतले घटाउने र त्यसपछि रक्सौलको भार शत प्रतिशत घटाउने लक्ष्यका साथ आफूहरु लागि परेकोमा हाल भने अड्चन आएको उनले बताए ।

सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुखरामप्रसाद मैनालीले हाल कोइलाको सन्दर्भ मूल्य प्रति किलो भारु १२ रुपैयाँ रहेको र भन्सार कार्यालयले यसकै आधारमा जाँचपास गर्ने गरेको बताए । कोइला आयात गर्दा मूल्यको ५ प्रतिशत भन्सार र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्ने गरेको उनले बताए । हाल देखिएको समस्या समाधानको प्रयास आफूले गरिरहेको उनको भनाइ छ । ‘सम्बन्धित आयातकर्तासँग मेरो यसै विषयमा आजै पनि छलफल भइरहेको छ,’ उनले भने, ‘अन्य नाकाबाट पनि यही सन्दर्भ मूल्यमा कोइला भित्रिरहेको छ, हामी छलफलको क्रममा छौं, आवश्यक कागजात हेर्ने काम गरिरहेका छाैं, विभागको निर्देशन पनि लिने काम गर्दैछाैं ।’ इकान्तिपुर


प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १४:४९
प्रतिक्रिया दिनुहोस्
20 20
थप अर्थ - वाणिज्य
अर्थ मन्त्रालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागू
अर्थ मन्त्रालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागू शुक्रबार, असोज १०, २०८२
सांसदलगायत अन्य राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज
सांसदलगायत अन्य राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज बुधबार, असोज ८, २०८२
वीरगञ्ज नाका हुँदै दुई महिनामा सात अर्बका सवारीसाधन भित्रिए
वीरगञ्ज नाका हुँदै दुई महिनामा सात अर्बका सवारीसाधन भित्रिए बुधबार, असोज ८, २०८२
गत आवमा वीरगञ्जका दुवै भन्सार कार्यालयको राजस्व सङ्कलनमा वृद्धि
गत आवमा वीरगञ्जका दुवै भन्सार कार्यालयको राजस्व सङ्कलनमा वृद्धि बिहीबार, साउन २, २०८२
असारमै मात्र सरकारी ढुकुटीबाट २ खर्ब २७ अर्ब खर्च
असारमै मात्र सरकारी ढुकुटीबाट २ खर्ब २७ अर्ब खर्च मंगलबार, असार ३१, २०८२
नेप्सेमा दोहोरो अङ्कको वृद्धि
नेप्सेमा दोहोरो अङ्कको वृद्धि मंगलबार, असार ३१, २०८२
ग्रिन हाइड्रोजन प्रयोगमा ल्याउने तयारी
ग्रिन हाइड्रोजन प्रयोगमा ल्याउने तयारी बिहीबार, असार २६, २०८२
Dibhijan Ban karyaly parsa Add Dibhijan Ban karyaly parsa Add
लोकप्रीय
  • Week
  • Month
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
नेशनल मेडिकल कलेज प्रधानमन्त्री कार्कीबाट सम्मानित
नेशनल मेडिकल कलेज प्रधानमन्त्री कार्कीबाट सम्मानित
त्रि.वि. अवकाशप्राप्त प्राध्यापकलाई ठाकुर राम बहुमुखी क्याम्पसबाट भावनात्मक विदाई
त्रि.वि. अवकाशप्राप्त प्राध्यापकलाई ठाकुर राम बहुमुखी क्याम्पसबाट भावनात्मक विदाई
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
अदालती प्रक्रिया पर्खिन नमान्ने वीरगंज महानगर: विवादित जग्गामा निर्माण, जनताको करोडौँ डुब्ने जोखिम
अदालती प्रक्रिया पर्खिन नमान्ने वीरगंज महानगर: विवादित जग्गामा निर्माण, जनताको करोडौँ डुब्ने जोखिम
मधेसका संवेदनशील क्षेत्रहरूमा सुरक्षा तैनाथीलाई थप व्यवस्थित गरिने
मधेसका संवेदनशील क्षेत्रहरूमा सुरक्षा तैनाथीलाई थप व्यवस्थित गरिने
सिमरामा कर्फ्यु जारी
सिमरामा कर्फ्यु जारी
सिमरामा तनाव : कर्फ्यु अवज्ञा गर्दै प्रदर्शन, ६ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर
सिमरामा तनाव : कर्फ्यु अवज्ञा गर्दै प्रदर्शन, ६ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

तराई रिपोर्ट

ठेगान: वीरगंज, पर्सा
इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

सम्पर्क नं:

९८४५०३५०५४
९८२७२६५५०४

सूचना विभाग दर्ता नंः

२५२३/०७७/०७८
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2025 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्