Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
Dashain Banner Dashain Banner
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • बाराको प्रसौनीमा वडाध्यक्ष र सचिवबिच विवाद, दुई सातादेखि कामकाज ठप्प हुँदा सेवाग्राही समस्यामा
बाराको प्रसौनीमा वडाध्यक्ष र सचिवबिच विवाद, दुई सातादेखि कामकाज ठप्प हुँदा सेवाग्राही समस्यामा
Terai Report
Terai Report शनिबार, भदौ २, २०८०

बारा । वडाध्यक्ष र सचिवबिच विवाद हुँदा सेवाग्राही समस्यामा परेका छन् । बाराको प्रसौनी गाउँपालिका–३ का वडाध्यक्ष छोटेलालप्रसाद कानु र वडाका कार्यालय सचिव राजवंशीप्रसाद यादवबिच विवाद हुँदा स्थानीय बासिन्दाले पाउनुपर्ने सेवा सुविधाबाट वञ्चित भएका छन् ।

नागपञ्चमीका दिन सो वडामा प्रत्येक वर्ष महाविरी झन्डा मेला लाग्दै आएकोमा यस वर्ष पनि मेला लगाउने सम्बन्धमा दुवैबिच कुरा नमिल्दा सामान्य विवाद भएपछि १५ दिनदेखि कार्यालयको कामकाज ठप्प भएको स्थानीयवासीले गुनासो गरेका छन् । वडा सचिव यादव पनि सोही वडाका बासिन्दा हुन् । 

वडाध्यक्षले वडा सचिवको कक्षमा ताला लगाएर बाहिर घुम्ने गरेका छन् । छोरीको जन्मदर्ता बनाउन १५ दिनदेखि वडा कार्यालयमा धाउँदै आउनुभएका राकेश साहले भन्नुभयो, “वडाध्यक्ष र वडा सचिवबिचको विवादले हामी सेवाग्राहीको काम रोकिएको छ, सेवाग्राही दिनहुँ कार्यालय आउने जाने गरेका छन् ।”

वडा कार्यालयमा स्थानीयवासीको निवेदन र दैनिक गरिनुपर्ने नागरिकता सिफारिस, जन्मदर्ता, सामाजिक सेवा सुरक्षाको नवीकरणलगायतका कामको फाइल थन्किएका छन् । जीवन बिमा र जग्गाको सिफारिसका लागि १२ दिनदेखि वडा कार्यालयमा धाउँदै आएको अर्का सेवाग्राही रामनरेश साहले बताउनुभयो । 

वडाध्यक्ष कानुले स्टाम्प, स्टेपलर र लेटरप्याड लिएर आफ्नो कक्षमा राखेर ताला लगाएर बाहिर बाहिरै घुम्ने गरेको वडा सचिव यादवले बताउनुभयो । मेला लगाउने विषयमा वडाध्यक्ष कानुले मनपरी गर्न खोजेपछि त्यसको विरोध गर्दा यो अवस्था आएको उहाँले स्वीकार गर्नुभयो । 

वडाध्यक्ष र सचिवको विवादले कार्यालय नै ठप्प भएपछि स्थानीय बासिन्दाले प्रसौनी गाउँपालिका कार्यालयमा दुःखेसो पोखेका छन् । वडा सचिव यादवको अन्य वडामा सरुवा गरेर अर्को वडा सचिव अमित दुलाललाई शुक्रबार पठाइएको गाउँपालिकाका कार्यालय प्रमुख सुमितकुमार सिंहले जानकारी दिनुभयो ।


प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  १८:०६
प्रतिक्रिया दिनुहोस्
20 20
थप समाचार
सहकारी पीडित र घाइतेहरूको तर्फबाट कुशलबलाई मन्त्री बनाउन माग
सहकारी पीडित र घाइतेहरूको तर्फबाट कुशलबलाई मन्त्री बनाउन माग बुधबार, कात्तिक १३, २०८२
धनुषा र रौतहटका एसपी फेरिए
धनुषा र रौतहटका एसपी फेरिए शुक्रबार, कात्तिक १, २०८२
चालु आवको तीन महिना सकियो, ४३ स्थानीय तहले हालसम्म ल्याएनन् बजेट
चालु आवको तीन महिना सकियो, ४३ स्थानीय तहले हालसम्म ल्याएनन् बजेट शुक्रबार, कात्तिक १, २०८२
बिहार विधानसभा निर्वाचन लक्षित गर्दै नेपाल–भारत सुरक्षा अधिकारीहरूको संयुक्त बैठक सम्पन्न
बिहार विधानसभा निर्वाचन लक्षित गर्दै नेपाल–भारत सुरक्षा अधिकारीहरूको संयुक्त बैठक सम्पन्न शुक्रबार, कात्तिक १, २०८२
पर्सा: १ अर्ब ६२ करोड बढी लगानी सहित ९ सय ६३ नयाँ घरेलु उद्योग दर्ता भई सञ्चालनमा
पर्सा: १ अर्ब ६२ करोड बढी लगानी सहित ९ सय ६३ नयाँ घरेलु उद्योग दर्ता भई सञ्चालनमा बिहीबार, असोज ३०, २०८२
प्रदेशसभा सदस्य सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता
प्रदेशसभा सदस्य सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता बिहीबार, असोज ३०, २०८२
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सहित दुई मन्त्रीको शपथग्रहण सम्पन्न
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सहित दुई मन्त्रीको शपथग्रहण सम्पन्न बिहीबार, असोज ३०, २०८२
23 23
लोकप्रीय
  • Week
  • Month
पर्यटन व्यवसायी शर्माद्धारा जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई २५ थान कुर्ची सहयोग
पर्यटन व्यवसायी शर्माद्धारा जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई २५ थान कुर्ची सहयोग
चुरियामाई मन्दिर नजिक बस दुर्घटना, दुई जनाको मृत्यु
चुरियामाई मन्दिर नजिक बस दुर्घटना, दुई जनाको मृत्यु
गृहमा २ घण्टा छलफल : नेताका बोलीदेखि काउन्टर जाहेरीले पार्न सक्ने सुरक्षा खतराको विश्लेषण
गृहमा २ घण्टा छलफल : नेताका बोलीदेखि काउन्टर जाहेरीले पार्न सक्ने सुरक्षा खतराको विश्लेषण
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा जसपाले भाग लिनेः पुर्वमन्त्री यादव
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा जसपाले भाग लिनेः पुर्वमन्त्री यादव
चार हजार हेक्टरमा लगाइएको बाली डुबानमा
चार हजार हेक्टरमा लगाइएको बाली डुबानमा
24 24
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

तराई रिपोर्ट

ठेगान: वीरगंज, पर्सा
इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

सम्पर्क नं:

९८४५०३५०५४
९८२७२६५५०४

सूचना विभाग दर्ता नंः

२५२३/०७७/०७८
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2025 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्