Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
Dashain Banner Dashain Banner
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • बोक्सी आरोपमा समाजसामु महिलालाई अर्धनग्न बनाएर कुटपिट
बोक्सी आरोपमा समाजसामु महिलालाई अर्धनग्न बनाएर कुटपिट
Terai Report
Terai Report सोमबार, भदौ ११, २०८०

पीडकहरू पक्राउपछि वडाध्यक्ष र समाजका अगुवा पीडितको घरमै पुगेर मिलापत्रका लागि दबाब
पाँचजनाविरुद्ध किटानी जाहेरी, चार पक्राउ

कथित बोक्सी आरोपमा आमाहरू कुटिन्छन्, सार्वजनिक बेइज्जती भोग्छन् । पीडकहरू पक्राउ पनि पर्छन्, तर उनीहरूले सजिलै उन्मुक्ति पाउँदा फेरि उस्तै घटना दोहोरिन्छन् । खासगरी मधेसमा यस्तो नियति व्याप्त छ । महोत्तरीमा फेरि छिमेकी महिलालाई केही पुरुषले बोक्सी आरोपमा अर्धनग्न बनाएर सार्वजनिक स्थलमै कुटपिट गरेका छन् ।प्रत्यक्षदर्शी छिमेकी रमिते बनेका छन् । 

मनरा–सिसवा नगरपालिका– १० मरुवाहीकी ५७ वर्षीया सतीदेवी चौधरीमाथि स्थानीय रामसिंहासन चौधरी, उनका छोराहरू रामविनय चौधरी र रामसिकल चौधरी तथा नाति साजन चौधरी र छिमेकी राजकुमार चौधरीले बेइज्जत र आक्रमण गरेका हुन् । घटना गत बुधबार ९६ भदौ०को हो । पीडितका श्रीमान् भोला चौधरी साँझपख बाहिरबाट घर फर्किँदै थिए । बाटोमै रोकेर रामसिंहासनले ‘तेरो बोक्सी श्रीमती कहाँ छ रु मेरो नातिनीलाई बिरामी बनाउने रु तेरो श्रीमतीलाई मेरो नातिनी ठीक पार्न भन्’ भन्दै छोरा–नातिसमेत लगाएर कुटपिट गर्न थाले । त्यतिवेला श्रीमान्ले हारगुहार गरेपछि घटनास्थल पुगेकी सतीदेवीमाथि रामसिंहासनको परिवार नै खनियो । उनीहरूले आफ्नो चुल्ठो समातेर लछारपछार पारेको तथा पेटिकोटबाहेक सबै कपडा फुकालिदिएर समाजको अगाडि बेइज्जत गरेको सतीदेवीले बताइन् । त्यतिवेला सिंगो समाज नै रमिते बनेको उनको गुनासो छ । 

आफूमाथि भएको अत्याचारबारे सतीदेवीले बेलिविस्तार लगाइन्, ‘बुध के घर पवनी छल । हम नहा के कपरा पहिनते छली । साया आ सारी मात्रै लगइने छली । हमर लुल्हाके आवाज सुइनके सरक पर गेली त हमरा पकैरके मारेलागल आ हमर सारी खिच देलक । दमासा लेखेवाला बहुत लोक छल लेकिन केउ नई बचइलक । हमर पूरा शरीर पर सिर्फ साया बचल, हम जल्दवाजी मे सरक पर गिरल सारी उठाके देह झपली । हमर इज्जत और प्रतिष्ठा सब लेललक । आव अहिसबके सहारा हव । हमारा डाइन कहिके अश्लील गारी देलक, चप्पल से मारलक, हमर सारी खोइल देलक । आव हमरा पास कुछ नै बाँकी हई । अइ उमरमे हमर इज्जत सरक पर लुटा देलक पापी सब । ९बुधबार घरमा कुलपूजा थियो ।

मैले नुहाएर पेटिकोट र सारी मात्र लगाएकी थिएँ । सारीकै फेरोले माथिको शरीर ढाकेकी थिएँ । श्रीमान्को गुहार सुनेपछि त्यही अवस्थामा सडकमा पुगेँ । उनीहरूले मलाई नै समातेर कुटपिट गर्न थाले, मेरो सारी तानिदिए । मेरो शरीरमा पेटिकोट मात्र बाँकी थियो । सडकमा फ्याँकिदिएको सारी हतारहतार उठाएर नांगो जिउ छोपेँ । हामीले गुहार मागिरहँदा त्यहाँ तमासा हेर्ने धेरै थिएँ, तर बचाउने कोही भएन । मलाई बोक्सी भनेर अश्लील गाली–गलौज गरे, चप्पलले हिर्काए । अब मसँग केही बाँकी छैन । यो उमेरमा मेरो इज्जत, प्रतिष्ठा सबै डुबाए । ’

त्यस दिन साँझ अमानवीय व्यवहार गरेको रामसिंहासनको परिवारले भोलिपल्ट बिहान पनि उही हर्कत दोहोर्‍यायो । बिरामी नातिनीलाई उनको आँगनमै पुर्‍याएर बोक्सी लागेको ठीक गर्न आदेश गरे । तर, सतीले आफू बोक्सी नभएको र ठीक पार्न पनि नजानेको भन्दै याचना गरिन् । त्यसपछि आक्रामक बनेका उनीहरूसँग जोगिन सतीले मोबाइलमा भिडियो खिच्ने र प्रहरीमा जाने भनेपछि पछि हटेका थिए । रामसिंहासनकी १०–१२ वर्षकी नातिनीको बिमारबारे सती अनविज्ञ छिन् । 

बिहीबारै ९७ भदौ० सतीदेवीले प्रहरीमा पाँचजनाविरुद्ध किटानी जाहेरी दिएपछि चार आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । रामसिंहासन चौधरीका छोराहरू रामविनय चौधरी र रामसिकल चौधरी, नाति साजन चौधरी र छिमेकी राजकुमार चौधरीलाई नगरपालिका चोकबाट नियन्त्रणमा लिएर थुनामा राखेको हो । रामसिंहासन भने फरार रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी प्रकाश मल्लले बताए । मल्लका अनुसार आरोपीविरुद्ध सात दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ । 

पक्राउ परेकाहरूले भने सामान्य भनाभन मात्र भएको दाबी गरेका छन् । छरछिमेकमा कहिलेकाहीँ हुने सामान्य भनाभनको विषयलाई निराधार आरोप लगाएर ठूलो पारिएको उनीहरूको तर्क छ । उनीहरूले पक्राउ परेकामध्ये १९ वर्षीय भनिएका साजन चौधरी १४ वर्षको मात्रै रहेको पनि बताएका छन् । 

एसपी मल्लले भने सतीदेवीको घटना संवेदनशील भएकाले घटनाको सूक्ष्म अनुसन्धान भइरहेको र दोषीले उन्मुक्ति पाउने अवस्था नरहेको बताए । यसअघि बोक्सी आरोपमै कुटपिटमा परेकी काजल दासको मुद्दामा पनि यस्तै अवस्था रहेको उनको भनाइ छ । सतीदेवी गाउँमै भए पनि प्रहरीको सुरक्षामा रहेको मल्लले बताए । उनका अनुसार काजल भने सेफ हाउसमा छिन् । 

गैरसरकारी संस्था ह्युमन रिह्याबिटेसन सेन्टर ९एचआरसी०की लीला दयालीले भने पीडित सतीदेवी अझै पनि गाउँमा रहेकाले उनलाई घटनामा होस्टाइल गर्न सक्ने भएकाले सेफ हाउसमा वा प्रहरीको सुरक्षामै राख्नुपर्ने बताएकी छिन् । ‘जनप्रतिनिधि र गाउँका अगुवा भन्नेहरूबाटै मिलापत्रको नाममा घटना सामसुम पार्न दबाब दिँदा पनि पीडित पक्षले हिम्मत गरेर काकुनको ढोका ढकढक्याएका छन् । यस्तो अवस्थामा पीडितलाई गाउँमै राख्दा असुरक्षासँगै होस्टाइल गर्न सक्ने सम्भावना रहन्छ,’ दयालीले भनिन्, ‘उनको सुरक्षा मुख्य सवाल हो ।’ 

आफूमाथि कुटपिट र श्रीमतीमाथि बेइज्जतीसहितको कुटपिट भएको घटनामा न्याय दिलाउनुको सट्टा वडाध्यक्ष र गाउँसमाजले मिलापत्रमा टुंग्याउन जोड गरेको पीडित पक्षको आरोप छ । आरोपीहरू पक्राउ परेको दिन वडाध्यक्ष अरुणकुमार चौधरी र गाउँसमाजका अगुवा आएर मिलापत्रका लागि दबाब दिएको सतीका श्रीमान् भोलाले बताए । पीडक परिवारले समेत खुट्टा समातेर माफी मागेकामा आफूले माफी होइन न्याय खोजेको जवाफ दिएपछि फर्किएको भोलाले बताए । कानुनले न्याय दिलाउनेमा विश्वस्त रहेकाले आफ्नो प्रतिष्ठामा आँच पु¥याउनेसँग मिलापत्र नगर्ने उनको भनाइ छ । 

तर, वडाध्यक्ष अरुणकुमार चौधरीले भने आफूहरूले पीडितलाई दबाब दिएको नभई, पीडकलाई सामाजिक रूपमा दण्डित गर्न खोजेको दाबी गरे । पीडित भोला चौधरी आफूकहाँ आएर कुटपिटबारे जानकारी गराएपछि निवेदन लेख्न सल्लाह दिएको, तर उनी निवेदन दिन नआएको उनले बताए । ‘गाउँमा कसैमाथि कुटपिट भए गाउँस्तरमै दण्डित गर्ने भन्ने मेरो मनसाय हो, मिलापत्र गराउन खोजेको होइन । तर, प्रहरीमै जाहेरी दर्ता भएको जानकारी पाएपछि म तत्काल पछि हटेँ । अब कानुनबमोजिम नै हुने भएकाले वडातहबाट यस विषयमा थप कुनै कारबाही वा छलफल भएको छैन । आवश्यक पर्दा पीडितलाई मेरो सहयोग रहन्छ ।’ 

परिवारबाटै बोक्सी आरोपमा यातना भोगेकी काजलदेवीको मुद्दा
प्रहरीले अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा पठायो मिसिल

श्रीमान्सहित परिवारकै सदस्यबाट बोक्सी आरोपमा कुटपिट र यातना भोगेकी महोत्तरीकै पिपरा गाउँपालिका– ३ की ३२ वर्षीया काजलदेवी दासको मुद्दा जिल्ला सरकारी वकिलको कार्यालयमा पुगेको छ । प्रहरीले अध्ययन सकाएर आइतबार मिसिल पठाएको हो । अब सरकारी वकिल कार्यालयले उक्त मिसिल अध्ययन गरेर अदालतमा मुद्दा दायर गर्नेछ । श्रीमान् विनोद दास र उनकी पहिलो श्रीमती शिलादेवी दासले गत ३१ असार राति र १ साउनको बिहान काजलमाथि कुटपिट गरेका थिए । धामी दिनेश यादवले बोक्सी करार गरेको आधारमा उनीमाथि कुटपिट भएको थियो । 

घटनाकै दिन प्रहरीमा पुगेकी काजललाई सामान्य कुटपिट भएको भन्दै प्रहरीले पनि सामान्यीकरण गरेर अबउप्रान्त झगडा नगर्ने कागज गराएर पठाएको थियो । तर, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रबाहिर लेखनदासबाट उनको श्रीमान् पक्षले अबउप्रान्त सम्बन्ध नरहने, अंश नलाग्ने र गाउँ छोडेर जाने भन्दै तमसुक बनाएर पठाएपछि नयाँ पत्रिकाले १८ साउनमा समाचार प्रकाशित गरेको थियो । समाचार आएपछि प्रहरी न्यायको बाटोमा फर्किएर काजललाई जाहेरी दिन आग्रह गरेको थियो । काजलले घटनाको १९ दिनपछि जाहेरी दिएसँगै श्रीमान् विनोद र उनकी पहिलो श्रीमती शिलादेवीलाई पक्राउ गरेको थियो । काजललाई बोक्सी करार गर्ने धामी दिनेश यादव भने अझै फरार छन् । 

आफूमाथि भएको अत्याचारबारे सतीदेवी–सडकमा फ्याँकिदिएको सारी हतारहतार उठाएर नांगो जिउ छोपेँ, तमासा हेर्ने धेरै थिए, बचाउने कोही भएनन्
बुधबार घरमा कुलपूजा थियो । मैले नुहाएर पेटिकोट र सारी मात्र लगाएकी थिएँ । सारीकै फेरोले माथिको शरीर ढाकेकी थिएँ । श्रीमान्को गुहार सुनेपछि त्यही अवस्थामा सडकमा पुगेँ । उनीहरूले मलाई नै समातेर कुटपिट गर्न थाले, मेरो सारी तानिदिए । मेरो शरीरमा पेटिकोट मात्र बाँकी थियो । सडकमा फ्याँकिदिएको सारी हतारहतार उठाएर नांगो जिउ छोपेँ । हामीले गुहार मागिरहँदा त्यहाँ तमासा हेर्ने धेरै थिएँ, तर बचाउने कोही भएन । मलाई बोक्सी भनेर अश्लील गाली–गलौज गरे, चप्पलले हान्दै कुटपिट गरे । अब मसँग केही बाँकी छैन । यो उमेरमा मेरो इज्जत, प्रतिष्ठा सबै डुबाए ।

मधेसमा बोक्सीको नाममा बर्बरता मलमूत्र खुवाउनेदेखि चरम यातना दिएर हत्यासम्म

महोत्तरी गाउँपालिका– ३ मडईकी ४२ वर्षीया शिलादेवी झाको शव २८ असोज ०७८ मा फेला पर्‍यो । टाउकोमा हथौडा प्रहार गरी हत्या गरिएको अवस्थामा प्रहरीले शव फेला पारेको थियो । प्रहरीले हत्या आरोपमा उनकै देवर ४२ वर्षीय सञ्जयकुमार झालाई पक्राउ गर्‍यो । सञ्जयले आफूले नै भाउजूको हत्या गरेको मात्र स्वीकार गरेनन्, समाजलाई झस्काउने सोच सार्वजनिक गरे । शिलाले दिएको केरा खाँदा आफ्नी श्रीमतीको गर्भमा रहेको बच्चा तुहिएको र धामीलाई देखाउँदा ‘तिम्री भाउजू बोक्सी’ बताएपछि हत्या गरेको बयान दिएका थिए । 

प्रहरीले घटनाको प्रतिवेदनमा समेत बोक्सी आरोपमा भाउजूको हत्या गरेको भनेर उल्लेख गरे पनि मृतक शिलाका छोरा राहुलकुमार झालाई भने कर्तव्य ज्यान मुद्दामा मात्र जाहेरी दिन लगाइयो । प्रहरीले यो घटनामा धामीलाई अनुसन्धानमा तानेन ।

मुद्दामा प्रहरीको प्रतिवेदन, आरोपीको बयानलगायतका विभिन्न सबुत हुँदाहुँदै ‘कर्तव्य ज्यानसम्बन्धी कसुर’ शीर्षकमा मात्र मुद्दा विचाराधीन छ । जिल्ला अदालत महोत्तरीले २२ जेठ ०८० मा साक्षी बुझ्ने आदेश दिएको छ । अदालतले मुद्दालाई हालसम्म तीनपटक पेसी र ६ पटक तारेखमा राखिसकेको छ । 

शिलाको हत्या भएकै दिन २८ असोज बिहीबार साँझ औरही नगरपालिका–९ अगलेसराका ५५ वर्षीय झवसी ठाकुर ९लोहार० र उनकी भाउजू ५६ वर्षीया सुनैनादेवी ठाकुरलाई मलमूत्र खुवाएर कुटपिट गरियो । स्थानीय रामकलेवर मण्डलकी श्रीमती ३५ वर्षीया रामशिलादेवी मण्डललगायतका केही व्यक्तिले घरमै मलमूत्र खुवाएर कुटपिट र लुटपाट गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बोक्सी, कुटपिट र लुटपाट कसुरमा किटानी जाहेरी दिए ।

तर, प्रहरीले अगलेसराकी रामशिलादेवी मण्डललाई तत्काल पक्राउ गरे पनि थप आरोपी रामतलेवर मण्डल, अकवर बैठा, सोनेलाल मण्डल, रामउदय मण्डल भन्ने रामउदेश मण्डल, हासिम बैठा, शान्ति मण्डल, दुखनी मण्डल र कृष्णा मण्डल फरार भए । प्रहरीले जाहेरीका आधारमा अनुसन्धान गरेर सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालत महोत्तरीमा मुद्दा दायर गर्‍यो । मुद्दा अदालतमा पुगेपछि आरोपीहरू हाजिर हुँदै धरौटीमा छुट्दै गए । अझै अदालतले मुद्दालाई तारेखमा राखेको छ । पीडक पक्षबाट धम्की आइरहेको र बोक्सीको आरोपमा मानसिक तनाव दिइरहेको पीडित झवसी ठाकुर बताउँछन् । ‘तिमीले हामीलाई जेलमा हाल्ने रु मुद्दा किनारा लागेपछि तिमीसँग हिसाब गर्छौँ’ भनेर धम्की दिने गरेको झवसीले बताए । 

तत्कालीन सिमरदही गाउँ पञ्चायत– २ ९हालको मटिहानी नगरपालिका– ९० निवासी रामलखन साहकी श्रीमती मरनीदेवीको चर्चित बोक्सी काण्डपछि सरकारले ६ असार ०५८ मा बोक्सी आरोपमा चरम यातनाविरुद्ध कानुन बनाएर कार्यान्वयनमा त ल्यायो । तर, बोक्सी आरोपमा कुटपिट, यातना, मलमूत्र खुवाउनेदेखि हत्यासम्मका घटना अझै कायमै छन् ।

बोक्सी आरोपका घटना बढेपछि सरकारले पछिल्लोपटक अझ कडा कानुनी व्यवस्था लागू गरेको छ । बोक्सीको आरोप ९कसुर र सजाय० ऐन, २०७२ अनुसार बोक्सीको आरोपमा कुटपिट गर्नेलाई आठ वर्षसम्म कैद र एक लाखसम्म जरिवाना हुने व्यवस्था छ । यो ऐनमा ‘कुनै व्यक्तिलाई कुटपिट गर्ने, खोप्ने, डाम्ने, पोल्ने, रासायनिक, विषालु, जैविक पदार्थ प्रयोग गरी वा अन्य किसिमले यातना दिने, मलमूत्र खुवाउने, चारपाटा मुड्ने, नग्न पारी र नपारी कुनै ठाउँमा घुमाउने वा कुनै किसिमले क्रूर, अमानवीय वा अपमानजनक व्यवहार गर्नेलाई पाँचदेखि आठ वर्षसम्म कैद सजाय र ५० हजारदेखि एक लाखसम्म जरिवाना’को व्यवस्था छ । 

पाँच वर्षमा बोक्सी आरोपका दुई सय ३३ उजुरी दर्ता भएका छन् । यी घटनामा दुई सय ६२ पीडित छन् भने सात सय ७६ पीडक छन् । यो नेपाल प्रहरीको आव ०७५र७६ देखि ०७९र८० सम्मको तथ्यांक हो । 

सबैभन्दा बढी घटना मधेसमा भएका छन् । मधेसमा पाँच वर्षमा बोक्सी आरोपका एक सय २३ मुद्दा दर्ता भएका छन् जुन देशभरको ५२ प्रतिशत हो । यही अवधिमा मधेसमा बोक्सी आरोपमा एक सय ३४ पीडित भएका छन्, जसमा एक बालिका, एक सय २७ महिला र ६ पुरुष छन् । अधिवक्ता रिंकुकुमारी यादव विभिन्न बहानामा महिलालाई लक्षित गरेर यातना दिने काम भइरहेको बताउँछिन् । ‘सरकारले कानुन त ल्याएको छ, तर परिपालना भएको छैन,’ उनले भनिन् । साभार : नयाँ पत्रिका 

​


प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  ०८:०९
प्रतिक्रिया दिनुहोस्
20 20
थप समाचार
सहकारी पीडित र घाइतेहरूको तर्फबाट कुशलबलाई मन्त्री बनाउन माग
सहकारी पीडित र घाइतेहरूको तर्फबाट कुशलबलाई मन्त्री बनाउन माग बुधबार, कात्तिक १३, २०८२
धनुषा र रौतहटका एसपी फेरिए
धनुषा र रौतहटका एसपी फेरिए शुक्रबार, कात्तिक १, २०८२
चालु आवको तीन महिना सकियो, ४३ स्थानीय तहले हालसम्म ल्याएनन् बजेट
चालु आवको तीन महिना सकियो, ४३ स्थानीय तहले हालसम्म ल्याएनन् बजेट शुक्रबार, कात्तिक १, २०८२
बिहार विधानसभा निर्वाचन लक्षित गर्दै नेपाल–भारत सुरक्षा अधिकारीहरूको संयुक्त बैठक सम्पन्न
बिहार विधानसभा निर्वाचन लक्षित गर्दै नेपाल–भारत सुरक्षा अधिकारीहरूको संयुक्त बैठक सम्पन्न शुक्रबार, कात्तिक १, २०८२
पर्सा: १ अर्ब ६२ करोड बढी लगानी सहित ९ सय ६३ नयाँ घरेलु उद्योग दर्ता भई सञ्चालनमा
पर्सा: १ अर्ब ६२ करोड बढी लगानी सहित ९ सय ६३ नयाँ घरेलु उद्योग दर्ता भई सञ्चालनमा बिहीबार, असोज ३०, २०८२
प्रदेशसभा सदस्य सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता
प्रदेशसभा सदस्य सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता बिहीबार, असोज ३०, २०८२
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सहित दुई मन्त्रीको शपथग्रहण सम्पन्न
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सहित दुई मन्त्रीको शपथग्रहण सम्पन्न बिहीबार, असोज ३०, २०८२
23 23
लोकप्रीय
  • Week
  • Month
पर्यटन व्यवसायी शर्माद्धारा जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई २५ थान कुर्ची सहयोग
पर्यटन व्यवसायी शर्माद्धारा जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई २५ थान कुर्ची सहयोग
चुरियामाई मन्दिर नजिक बस दुर्घटना, दुई जनाको मृत्यु
चुरियामाई मन्दिर नजिक बस दुर्घटना, दुई जनाको मृत्यु
गृहमा २ घण्टा छलफल : नेताका बोलीदेखि काउन्टर जाहेरीले पार्न सक्ने सुरक्षा खतराको विश्लेषण
गृहमा २ घण्टा छलफल : नेताका बोलीदेखि काउन्टर जाहेरीले पार्न सक्ने सुरक्षा खतराको विश्लेषण
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा जसपाले भाग लिनेः पुर्वमन्त्री यादव
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा जसपाले भाग लिनेः पुर्वमन्त्री यादव
चार हजार हेक्टरमा लगाइएको बाली डुबानमा
चार हजार हेक्टरमा लगाइएको बाली डुबानमा
24 24
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

तराई रिपोर्ट

ठेगान: वीरगंज, पर्सा
इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

सम्पर्क नं:

९८४५०३५०५४
९८२७२६५५०४

सूचना विभाग दर्ता नंः

२५२३/०७७/०७८
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2025 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्