Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
अर्थ - वाणिज्य
  • Home
  • अर्थ - वाणिज्य
  • सिर्सिया सुक्खा बन्दरगाहबाट चोरी भएका १० मध्ये ८ कन्टेनर फिर्ता
सिर्सिया सुक्खा बन्दरगाहबाट चोरी भएका १० मध्ये ८ कन्टेनर फिर्ता
Terai Report
Terai Report मंगलबार, भदौ १९, २०८०

पर्सा । सिर्सिया सुक्खा बन्दरगाह परिसरबाट चोरी भएका १० मध्ये ८ कन्टेनर फिर्ता भएको छ । २ वटा कन्टेनर भने श्री एयरलाइन्सले आकार परिमार्जन गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रयोग गरिरहेको बन्दरगाह सञ्चालक कम्पनी प्रिष्टिन भ्याली स्रोतले दाबी गरेको छ । 

भ्यालीका एक अधिकृतले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘श्री एयरलाइन्सका अधिकारीहरुसँग कन्टेनर फिर्ता गरिदिनेबारे पटक पटक छलफल भइसकेको छ, यसअघि हामीले चोरी भएको कन्टेनर प्रयोग नगर्न सचेत गर्दागर्दै पनि ती कन्टेनर मोडिफाई र रंगरोगन गरेर प्रयोग गरेको छ ।एयरलाइन्स व्यवस्थापनले आफूले दुवै कन्टेनर नेपाल सिपिङ एयर लजिष्टिक कम्पनीसँग खरिद गरेको र खरिदको आधिकारिक बिलबिजक समेत रहेको दाबी गरिरहेको ती अधिकारीको भनाइ छ ।

‘चोरीको कन्टेनर प्रयोग नगर्न हामीले सचेत गरेपछि हतार हतारमा दुवै कन्टेनर रंगरोगन समेत गरियो’ उनले भने ।साउनको पहिलो दुई साताभित्र (जुलाई मध्यदेखि अन्त्यसम्म) ती कन्टेनर विभिन्न पक्षलाई बिक्री गरेको पाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रिष्टिन भ्याली प्रशासनले कन्टेनर चोरीको घटना जानकारी भए लगत्तै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गरिसकेको र प्रहरीले पनि घटनामा अनुसन्धान प्रक्रिया अघि बढाएको थियो ।

घटना सार्वजनिक भएपछि व्यवस्थापनले प्रिष्टिन भ्यालीका तत्कालीन कस्टम रिलेसनसिप म्यानेजर विक्रम सिंहसँग आवश्यक केरकार र आन्तरिक अनुसन्धान पनि सुरु गरेको थियो । लगत्तै भारतीय नागरिक सिंह फरार भएका थिए । उनी भारत नै भागेको अनुमान गरिएको छ । उनको बैंक खातामा पनि ठूलो रकम नभेटिएकाले कन्टेनर बेचेर आएको रकम लिएर भागेको अनुमान गरिएको छ ।

सिंहले फर्जी गेट पास बनाएर नेपाली निर्यातकर्तालाई निकासी प्रयोजनका लागि भन्दै कन्टेनर बन्दरगाहबाट बाहिर लगेर विभिन्न व्यक्ति तथा कम्पनीलाई बिक्री गरेको पाइएको प्रिष्टिन भ्यालीका ती अधिकृतले बताए । ती मध्ये १/२ कन्टेनर मात्र पुराना र बाँकी नयाँ छन् ।फिर्ता भएका कन्टेनरहरु बाराको सिमरा, पोखरा, भरतपुर बिमानस्थल लगायत स्थानबाट आएको उनले बताए ।

सिंहले प्रतिकन्टेनर डेढ लाखदेखि १ लाख ८५ हजार रुपैयाँसम्म बिक्री गरेको पाइएको छ । प्रिष्टिन भ्याली प्रशासनले ३ महिनाको आफ्नो रेकर्ड हेर्दा १० वटा कन्टेनर हराएको एकीन भएको हो ।बन्दरगाह नियमनकारी निकाय इन्टर मोडल यातायात विकास समिति वीरगन्ज कार्यालय प्रमुख कमल ज्ञवालीले आफूले घटनाबारे जानकारी पाए लगत्तै बन्दरगाह सञ्चालक प्रिष्टिन भ्यालीसँग घटनाबारे पुरै जानकारी लिई समिति मुख्यालयलाई सूचित गरिएको बताए ।

‘हामीले केवल नियमन मात्र गर्ने हो, बन्दरगाह सञ्चालनको जिम्मेवारी प्रिष्टिन भ्यालीकै भएकाले घटनाबारे पूर्ण जिम्मेवार पनि उहीं हुन्छ’ उनले भने, ‘मैले समिति मुख्यालयलाई घटनाबारे पूर्ण जानकारी गराइसकेको छु ।’बन्दरगाहस्थित भन्सार कार्यालयका सूचना अधिकृत सन्तोष न्यौपानेले घटनाबारे आफूले पनि जानकारी पाएको बताए । उनले भन्सार कार्यालयले मालवस्तु जाँचपास गरी आयात निर्यातमा सहजीकरणसम्मको काम गर्ने बताए ।

‘घटनाबारे जानकारी पाए्पछि हामीले पनि गम्भीर चासो लिएका छौं,’ उनले भने, ‘बन्दरगाह सञ्चालक कम्पनी प्रिष्टिन भ्यालीलाई घटनाबारे थप तथा गम्भीर अनुसन्धान गर्न हामीले दबाब पनि दिइरहेका छौं ।’ उनले बन्दरगाहको इतिहासमा पहिलो पटक कन्टेनर चोरीको घटना भएकाले आफूहरु पनि गम्भीर भएको बताए । (साभार : इकान्तिपुर)

 

 

 

 

 


प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १४:४९
प्रतिक्रिया दिनुहोस्
20 20
थप अर्थ - वाणिज्य
अर्थ मन्त्रालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागू
अर्थ मन्त्रालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागू शुक्रबार, असोज १०, २०८२
सांसदलगायत अन्य राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज
सांसदलगायत अन्य राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज बुधबार, असोज ८, २०८२
वीरगञ्ज नाका हुँदै दुई महिनामा सात अर्बका सवारीसाधन भित्रिए
वीरगञ्ज नाका हुँदै दुई महिनामा सात अर्बका सवारीसाधन भित्रिए बुधबार, असोज ८, २०८२
गत आवमा वीरगञ्जका दुवै भन्सार कार्यालयको राजस्व सङ्कलनमा वृद्धि
गत आवमा वीरगञ्जका दुवै भन्सार कार्यालयको राजस्व सङ्कलनमा वृद्धि बिहीबार, साउन २, २०८२
असारमै मात्र सरकारी ढुकुटीबाट २ खर्ब २७ अर्ब खर्च
असारमै मात्र सरकारी ढुकुटीबाट २ खर्ब २७ अर्ब खर्च मंगलबार, असार ३१, २०८२
नेप्सेमा दोहोरो अङ्कको वृद्धि
नेप्सेमा दोहोरो अङ्कको वृद्धि मंगलबार, असार ३१, २०८२
ग्रिन हाइड्रोजन प्रयोगमा ल्याउने तयारी
ग्रिन हाइड्रोजन प्रयोगमा ल्याउने तयारी बिहीबार, असार २६, २०८२
Dibhijan Ban karyaly parsa Add Dibhijan Ban karyaly parsa Add
लोकप्रीय
  • Week
  • Month
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
नेशनल मेडिकल कलेज प्रधानमन्त्री कार्कीबाट सम्मानित
नेशनल मेडिकल कलेज प्रधानमन्त्री कार्कीबाट सम्मानित
त्रि.वि. अवकाशप्राप्त प्राध्यापकलाई ठाकुर राम बहुमुखी क्याम्पसबाट भावनात्मक विदाई
त्रि.वि. अवकाशप्राप्त प्राध्यापकलाई ठाकुर राम बहुमुखी क्याम्पसबाट भावनात्मक विदाई
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ
अदालती प्रक्रिया पर्खिन नमान्ने वीरगंज महानगर: विवादित जग्गामा निर्माण, जनताको करोडौँ डुब्ने जोखिम
अदालती प्रक्रिया पर्खिन नमान्ने वीरगंज महानगर: विवादित जग्गामा निर्माण, जनताको करोडौँ डुब्ने जोखिम
मधेसका संवेदनशील क्षेत्रहरूमा सुरक्षा तैनाथीलाई थप व्यवस्थित गरिने
मधेसका संवेदनशील क्षेत्रहरूमा सुरक्षा तैनाथीलाई थप व्यवस्थित गरिने
सिमरामा कर्फ्यु जारी
सिमरामा कर्फ्यु जारी
सिमरामा तनाव : कर्फ्यु अवज्ञा गर्दै प्रदर्शन, ६ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर
सिमरामा तनाव : कर्फ्यु अवज्ञा गर्दै प्रदर्शन, ६ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

तराई रिपोर्ट

ठेगान: वीरगंज, पर्सा
इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

सम्पर्क नं:

९८४५०३५०५४
९८२७२६५५०४

सूचना विभाग दर्ता नंः

२५२३/०७७/०७८
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2025 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्