Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
2 2
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • भूकम्पबाट जाजरकोट र रुकुमका ४० हजार विद्यार्थी प्रभावित
भूकम्पबाट जाजरकोट र रुकुमका ४० हजार विद्यार्थी प्रभावित
Terai Report
Terai Report सोमबार, कात्तिक २७, २०८०

सुर्खेत । कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पका कारण ३० प्रतिशत विद्यार्थी प्रभावित भएको कर्णाली प्रदेश सरकारले जनाएको छ ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार प्रभावित विद्यालयमा अध्ययनरत कूल विद्यार्थीमध्ये ३० प्रतिशत भूकम्पबाट प्रभावित भएका हुन् । भूकम्पबाट क्षति भएका जाजरकोट र रुकुमपश्चिमका विभिन्न विद्यालयमा अध्ययनरत एक लाख ३३ हजार छ सय ८७ जनामध्ये ४० हजार एक सय १० विद्यार्थी भूकम्पबाट प्रभावित भएको सामाजिक विकास मन्त्रालय शिक्षा अधिकृत बलबीर सुनारले बताउनुभयो ।

जाजरकोटमा ७५ हजार आठ सय ५३ विद्यार्थीमध्ये २२ हजार सात सय ५९ र रुकुमपश्चिममा ५७ हजार आठ सय ३४ विद्यार्थीमध्ये १७ हजार तीन सय ५१ जना भूकम्पबाट प्रभावित भएको सुनारले जानकारी दिनुभयो । जाजरकोटमा चार सय २३ र रुकुम पश्चिममा तीन सय १३ गरी सात सय ३६ विद्यालयमध्ये दुई सय आठ वटा विद्यालय पूर्ण रूपमा क्षति भएका छन् भने चार सय १८ विद्यालय आंशिक रूपमा क्षति भएको जनाइएको छ ।

जाजरकोटका धेरै विद्यालयमा क्षति भएको छ । जाजरकोटमा मात्रै एक सय ७३ पूर्ण रूपमा र चार सय आठ विद्यालय आंशिक रूपमा क्षति भएका छन् । त्यसैगरी रुकुमपश्चिममा ३५ पूर्ण र १० विद्यालय आंशिक रूपमा क्षति भएका छन् ।

६७ विद्यार्थीको मृत्यु

भूकम्पमा परी ६७ विद्यार्थीको मृत्यु भएको सरकारी तथ्याङ्क रहेको छ । जसमा सबैभन्दा धेरै रुकुमपश्चिममा ३५ र जाजरकोटमा ३२ विद्यार्थीको मृत्यु भएको शिक्षा अधिकृत सुनारले जानकारी दिनुभयो ।

३६ रुकुमपश्चिम र ३५ जाजरकोटका गरी ७१ विद्यार्थी घाइते भएको जनाइएको छ । घाइतेमध्ये अधिकांशको अवस्था सामान्य रहेको सुनारको भनाइ छ । भूकम्पमा परी जाजरकोटका एक शिक्षकको मृत्यु भएको छ भने रुकुमपश्चिम र जाजरकोट गरी दुई शिक्षक घाइते भएका छन् ।

सरकारी योजना के छ ?

प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रमा तत्काल छ सय सिकाइ केन्द्रहरू स्थापना गर्ने योजना बनाएको छ । सामाजिक विकास मन्त्रालयका शिक्षा अधिकृत बलवीर सुनारले तत्काल भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा अस्थायी सिकाइ केन्द्रहरू निर्माण गरी विद्यार्थीको पठनपाठनमा सहयोग पु¥याउने योजना रहेको बताउनुभयो । विद्यालयमा भएको भौतिक क्षतिको लेखाजोखा गरी पुनःनिर्माणको कामलाई अगाडि बढाउने तयारी गरिएको छ । साभार : गोरखापत्र अनलाइन


प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  ०७:४५
प्रतिक्रिया दिनुहोस्
20 20
थप समाचार
चाडपर्व नजिकिँदै जाँदा माटो र बाँसको सामग्रीको माग बढ्यो
चाडपर्व नजिकिँदै जाँदा माटो र बाँसको सामग्रीको माग बढ्यो बुधबार, कात्तिक ११, २०८३
सुनकोसी दुर्घटना : बेपत्ताहरूको खोजी गर्न खटियो गोताखोरको टोली
सुनकोसी दुर्घटना : बेपत्ताहरूको खोजी गर्न खटियो गोताखोरको टोली आइतबार, कात्तिक १, २०८३
तातोपानी नाका तीन दिन खुल्ने
तातोपानी नाका तीन दिन खुल्ने आइतबार, कात्तिक १, २०८३
दुर्गा पूजा पण्डालमा भागदौड मच्चिँदा १९ जनाको मृत्यु, २५ घाइते
दुर्गा पूजा पण्डालमा भागदौड मच्चिँदा १९ जनाको मृत्यु, २५ घाइते आइतबार, कात्तिक १, २०८३
एमालेले साथ छाड्दा मधेस सरकार संकटमा, नयाँ गठबन्धनको कसरत
एमालेले साथ छाड्दा मधेस सरकार संकटमा, नयाँ गठबन्धनको कसरत शनिबार, असोज ३१, २०८३
मधेशमा दसैँभरि गुञ्जिने ‘डिग्री ढोल’ सङ्कटमा: संरक्षण र सम्मानको पर्खाइमा पुर्ख्यौली बाजा
मधेशमा दसैँभरि गुञ्जिने ‘डिग्री ढोल’ सङ्कटमा: संरक्षण र सम्मानको पर्खाइमा पुर्ख्यौली बाजा शनिबार, असोज ३१, २०८३
एनपिएलमा विदेशी खेलाडीका लागि नयाँ मापदण्ड, एनओसी अनिवार्य
एनपिएलमा विदेशी खेलाडीका लागि नयाँ मापदण्ड, एनओसी अनिवार्य शनिबार, असोज ३१, २०८३
Add Add
लोकप्रीय
  • Week
  • Month
तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, चीनले आपतकालीन प्रतिक्रिया थाल्यो
तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, चीनले आपतकालीन प्रतिक्रिया थाल्यो
पर्साको राजनीतिमा नयाँ पुस्ताको उदय : २१ वर्षीय शहनवाज राकि बने जनमतका प्रवक्ता
पर्साको राजनीतिमा नयाँ पुस्ताको उदय : २१ वर्षीय शहनवाज राकि बने जनमतका प्रवक्ता
२ सय ३० विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण
२ सय ३० विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण
फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी
फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी
केन्द्रीय सदस्यमा सहराम गद्दी मैदानमा, ‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’लाई मूल आधार
केन्द्रीय सदस्यमा सहराम गद्दी मैदानमा, ‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’लाई मूल आधार
पर्साको लहावरथकरीमा मदिरा विवादपछि झडप,  आठ जना घाइते
पर्साको लहावरथकरीमा मदिरा विवादपछि झडप, आठ जना घाइते
25 25
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

श्री नेपाल दशनामी मिडिया प्रा.लि.

ठेगान: वीरगंज, पर्सा
सम्पर्क नं: ९८४५०३५०५४
९८२७२६५५०४ इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

कम्पनी दर्ता नं.

३७५७२२/०८२–०८३
आमसञ्चार प्राधिकरण, मधेश प्रदेश
दर्ता नं. ००१००/०८२–८३
मिडिया काउन्सिल, मधेश प्रदेश
दर्ता नं. ११५/०८२–०८३
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
सम्पादक जितेन्द्र कुमार चौरसिया
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2026 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्