Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Main Navigation
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • हाम्रो टीम
Terai Report
Dashain Banner Dashain Banner
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार/ब्लग
  • समाज
  • खेलकुद
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • ग्यालरी
    • अडियो ग्यालरी
    • फोटो ग्यालरी
    • तराई रिपोर्ट टि. भि.
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • पर्यटन
    • पर्यावरण
    • अर्थ - वाणिज्य
    • फोटो फिचर
    • दृष्टिकोण
    • विज्ञान - प्रविधि
    • साहित्य
    • कला
    • संस्कृति
    • प्रेरक प्रसंग
    • जीवन शैली
    • मनोरञ्जन
    • विदेश
    • प्रेस विज्ञप्ति
    • सूचना पाटी
Search Here
समाचार
  • Home
  • समाचार
  • भिक्षा मागेरै भए पनि छठपर्व मनाइँदै
भिक्षा मागेरै भए पनि छठपर्व मनाइँदै
Terai Report
Terai Report सोमबार, कात्तिक २७, २०८०

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२७ की २८ वर्षीया सोमिन्त्रादेवी काखे बालकलाई च्यापी एकाबिहानै घण्टाघरमा देखा पर्नुभयो ।

हातमा बाँसले बनाइएको ढाकी बोक्नुभएकी उहाँले सडकमा हिँड्ने बटुवा होस् वा पसले सबैसँग सहयोग माग्नुहुन्छ । आस्था र विश्वासको पर्वको रूपमा रहेको छठपर्व गर्नलाई उहाँहरूले चन्दा माग्दै हिँड्नुभएको छ ।

सडकमा ढाकी बोकेर भिक्षा माग्दै भेटिनुभएकी सोमिन्त्रा देवीले भन्नुभयो, “त्यत्तिकै रहरले भिक्षा भागेको होइन, हरेक वर्ष भिक्षा मागेरै छठपर्व मनाउने गरेकाले यस वर्ष पनि छठपर्व गर्न भिक्षा माग्दै हिँडेकी हुँ ।” भिक्षा मागेर सङ्कलन भएको पैसाले छठ पूजाका सामग्री खरिद गरी पूजा गर्ने गरिएको उहाँको भनाइ छ ।

“मेरा छोरा थिएन, मैले छोरा पाउन छठ परमेश्वरीसँग मागेको थिएँ”, उहाँले भन्नुभयो, “पछि छोरा पाएँ, त्यसैले अहिले भिक्षा मागेरै भए पनि छठपर्व मनाइरहेकी छु ।” भिक्षा माग्दा बटुवा र पसलेले आफ्नो इच्छाअनुसारको चन्दा सहयोग दिने गरेको उहाँको भनाइ छ ।

यस्तै वीरगञ्ज महानगरपालिका–१६ का १२ वर्षीय रमेशकुमार सहनी पनि हातमा बाँसको डाली लिएर एकाबिहानै घण्टाघर आइपुग्नुभएको छ । उहाँ पनि छठपर्व गर्नु छ भन्दै सडकमा हिँड्नेसँग र पसल–पसलमा पुगेर चन्दा माग्ने गर्नुहुन्छ ।

यसरी सोमिन्त्रादेवी र रमेशमात्र होइन, लोक आस्था र श्रद्धाको पर्व छठ नजिकिएसँगै यतिबेला वीरगञ्जका सडकमा डाली, ढाकी र नाङ्लो बोकेर चन्दा माग्नेको सङ्ख्या अत्यधिक देखिन्छ । यसमा बढी महिला र बालबालिका छन् । 

गरिब, धनी सबैले मान्ने यो पर्वमा दलित, गरिब, असहायले मागेर भए पनि पर्वलाई निरन्तरता दिँदै आएका छन् । यही पृष्ठभूमिमा भाखल गरेका महिलाले चन्दा मागेर भए पनि यो पर्व मनाउँदै आएका छन् । व्यापारी तथा बटुवाले आफ्नो गच्छेअनुसार छठी मैयाको नाममा चन्दा दिने गरिन्छ ।

“यो नै एउटा यस्तो पर्व हो जसलाई धनी, गरिब सबै वर्गले आस्था र विश्वासका साथ मनाउँछन्”, वीरगन्जका स्थानीय विजय रौनियारले भन्नुभयो, “हुनेखानेले किनेर छठका सामग्रीको जोहो गर्छन् भने गरिब तथा असहायले मागेर भए पनि निष्ठापूर्वक यो पर्व मान्ने परम्परा रहिआएको छ ।”

तराई मधेसका जिल्लामा लोक आस्था र श्रद्धापूर्वक मनाइने छठपर्वको तयारी थालिएको छ । तराई मधेसमा छठको आफ्नो छुट्टै किसिमको महत्व रहेको छ । मिथिलाञ्चलको पौराणिक महत्व बोकेको सरोवर घडिअर्डवा, नगवापोखरी, छपकैया, श्रीपुर, रानीघाट, रामगढवालगायत ग्रामीण क्षेत्रमा रहेका पोखरीलाई स्थानीयवासीले विशेष सक्रियतामा सरसफाइ तथा सजाउने काम भइरहेको छ ।

प्रत्येक वर्ष छठ मनाउनेको सङ्ख्यमा वृद्धि भइरहेकाले छठका लागि आवश्यक पर्ने सामानको जोहो गर्न किनमेल गर्नेको बजारमा निकै भीड देखिन थालेको छ । छठपर्वमा प्रयोग हुने सामानको मूल्य निकै चर्को भए पनि यसको जोहो गर्न तयारी थालिएको वीरगञ्जका स्थानीय कृष्णकुमार कानुले बताउनुभयो ।

यस वर्ष मङ्सिर ३ गते षष्ठीको दिन विधिपूर्वक साँझको अघ्र्य दिने भए पनि यसको मुख्य विधि तीन दिनअगाबैदेखि निष्ठापूर्वक सुरु हुन्छ । अहिले गाउँगाउँ, घरघरमा छठपर्वको गीत गुन्जिने गरेको पाइन्छ । सूर्यषष्ठी अर्थात् छठपर्व प्रारम्भ हुनेछ । छठको पहिलो दिन बर्तालुले नहायखाय गरी छठपर्व आरम्भ  गर्ने गरेका छन् ।

छठपर्वको दोस्रो दिन खरना विधि गरिन्छ । खरनालाई पापको क्षय हुने दिन पनि भनिन्छ । खरनाका दिन राति गाईको गोबरले लिपपोत गरी अरबा चामलको पीठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर व्रतालु दिनभरि उपवास बस्ने गर्छन् ।

बेलुकीपख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्होमा र माटोकै नयाँ भाँडामा सख्खर, दूध र चामलको खिर पकाइन्छ । यस्तो खिर केराको पातमा राखेर छठिमातालाई चढाइन्छ  र चढाइसकेपछि बर्तालुले प्रसादका रूपमा ग्रहण गर्ने गर्छन् । यसलाई परिवारका अन्य सदस्यले पनि प्रसादका रुपमा ग्रहण गर्ने चलन रहेको पण्डित रामकुमार शास्त्रीले बताउनुभयो ।

अर्को दिन बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिन बर्तालुले रातभरि जाग्रामा बसी भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई फेरि अर्घ्य दिएर व्रत समाप्त हुन्छ । पारिवारिक सुख, शान्ति रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठपर्वका अवसरमा भीड लाग्ने गर्दर्छ ।

सूर्यको आराधनाबाट सुख, समृद्धि र सन्तान प्राप्ति एवं चर्मरोग निको हुने जनविश्वास छ । ज्योतिषशास्त्रका आधारमा छठपर्वको समयमा ब्रम्हाण्डमा सूर्य दक्षिणायनतिर हुने भएकाले कन्याराशि समय पर्ने र यस बेलालाई सूर्य प्रकाश प्रखर तथा प्रभावकारी र मानवका लागि फलदायी मानिएको छ ।

छठपर्वको मुख्य प्रसादका रूपमा रहेको केरा फलफूल, मिठाइ, अदुवा उखुलगायत बासबाट बनेका अन्य सामग्रीको किनमेल गर्ने गरेको पाइन्छ । छठ पूजाका लागि नगर क्षेत्रमा विशेष सुरक्षा व्यवस्था मिलाइएको पर्साका प्रहरी उपरीक्षक कोमल साहले बताउनुभयो । छठघाटमा सुरक्षाका लागि थप प्रहरी परिचालन गरिने उहाँको भनाइ छ ।

चार दिनसम्म मनाइने यो पर्वमा व्रती महिलाले भोजनमा माछा, मासु, लहसुन, प्याज, कोदो, मसुर आदि परित्याग गरी व्रत बस्ने गरिन्छ । महाभारतअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञात बासमा रहँदा उक्त गुप्तबास सफल होस् भनी सूर्यदेवतालाई आराधना गरेको उल्लेख गरिएको छ । उक्त समयमा पाण्डव मिथिलाको किरात राजाका राज्यमा बास बसेका थिए । लोकगाथाअनुसार गुप्तबास सफल भएपछि सो समयदेखि छठपर्व मनाउने परम्परा चलिआएको देखिन्छ ।

अर्कोतिर सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिका पत्नी अनसुयाले छठ व्रत गरेपश्चात अटल साैभाग्य र इच्छा पूरा भएपछि त्यही दिनदेखि छठपर्वको सुरुआत भएको पण्डित शास्त्रीको कथन छ । छठपर्वको मनाउनुको पछाडि धार्मिक मान्यता, वैज्ञानिक, ज्योतिषसम्बन्धी तत्व पनि त्यत्तिकै महत्व राख्दछ । जसअनुसार सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि महत्त्वपूर्ण ठानिन्छ । भनिन्छ भौतिक विकास सूर्यमाथि नै आधारित भएकाले रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु सबैको अस्तित्व सबै सूर्यमाथि निर्भर भएको हुन्छ । रासस


प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  ०७:५९
प्रतिक्रिया दिनुहोस्
20 20
थप समाचार
सहकारी पीडित र घाइतेहरूको तर्फबाट कुशलबलाई मन्त्री बनाउन माग
सहकारी पीडित र घाइतेहरूको तर्फबाट कुशलबलाई मन्त्री बनाउन माग बुधबार, कात्तिक १३, २०८२
धनुषा र रौतहटका एसपी फेरिए
धनुषा र रौतहटका एसपी फेरिए शुक्रबार, कात्तिक १, २०८२
चालु आवको तीन महिना सकियो, ४३ स्थानीय तहले हालसम्म ल्याएनन् बजेट
चालु आवको तीन महिना सकियो, ४३ स्थानीय तहले हालसम्म ल्याएनन् बजेट शुक्रबार, कात्तिक १, २०८२
बिहार विधानसभा निर्वाचन लक्षित गर्दै नेपाल–भारत सुरक्षा अधिकारीहरूको संयुक्त बैठक सम्पन्न
बिहार विधानसभा निर्वाचन लक्षित गर्दै नेपाल–भारत सुरक्षा अधिकारीहरूको संयुक्त बैठक सम्पन्न शुक्रबार, कात्तिक १, २०८२
पर्सा: १ अर्ब ६२ करोड बढी लगानी सहित ९ सय ६३ नयाँ घरेलु उद्योग दर्ता भई सञ्चालनमा
पर्सा: १ अर्ब ६२ करोड बढी लगानी सहित ९ सय ६३ नयाँ घरेलु उद्योग दर्ता भई सञ्चालनमा बिहीबार, असोज ३०, २०८२
प्रदेशसभा सदस्य सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता
प्रदेशसभा सदस्य सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता बिहीबार, असोज ३०, २०८२
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सहित दुई मन्त्रीको शपथग्रहण सम्पन्न
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सहित दुई मन्त्रीको शपथग्रहण सम्पन्न बिहीबार, असोज ३०, २०८२
23 23
लोकप्रीय
  • Week
  • Month
पर्यटन व्यवसायी शर्माद्धारा जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई २५ थान कुर्ची सहयोग
पर्यटन व्यवसायी शर्माद्धारा जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई २५ थान कुर्ची सहयोग
चुरियामाई मन्दिर नजिक बस दुर्घटना, दुई जनाको मृत्यु
चुरियामाई मन्दिर नजिक बस दुर्घटना, दुई जनाको मृत्यु
गृहमा २ घण्टा छलफल : नेताका बोलीदेखि काउन्टर जाहेरीले पार्न सक्ने सुरक्षा खतराको विश्लेषण
गृहमा २ घण्टा छलफल : नेताका बोलीदेखि काउन्टर जाहेरीले पार्न सक्ने सुरक्षा खतराको विश्लेषण
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा जसपाले भाग लिनेः पुर्वमन्त्री यादव
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा जसपाले भाग लिनेः पुर्वमन्त्री यादव
चार हजार हेक्टरमा लगाइएको बाली डुबानमा
चार हजार हेक्टरमा लगाइएको बाली डुबानमा
24 24
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

तराई रिपोर्ट

ठेगान: वीरगंज, पर्सा
इमेल: [email protected]
[email protected]
URL: www.teraireport.com

सम्पर्क नं:

९८४५०३५०५४
९८२७२६५५०४

सूचना विभाग दर्ता नंः

२५२३/०७७/०७८
Team
अध्यक्ष तथा प्रधान सम्पादक दिपेन्द्र गिरी
Follow us on Twiitter Terai Report
Like us on Facebook
Terai Report
© 2025 Terai Report. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्